एकै दिन दुई आमाको शोक सभा
65 जनाले पढ्नु भयो ।
केपि विरही, युएई ।
युएई नेपाली एकता समाज केन्द्रीय समिती र महिला विभाग क्षेत्रीय समितिको संयुक्त आयोजनामा दुई महान आमाहरुको सम्झनामा शोक सभाको आयोजना गरिएको छ । युएई एकता समाज केन्द्रिय कार्यवाहक अध्यक्ष दिनेश थापाको ममतामयी आमा र महासचिव टिकाराम नेपालीको ममतामयी आमाहरुको सम्झनामा शोक सभा सम्पन्न गरिएको हो ।
समाजका कार्यबाहक अध्यक्ष दिनेश थापाकी ममतामयी आमा अर्घाखाँचीको मालरानी गाउँपालिका–६ निवासी दुर्गाकुमारी थापाको मंसिर १८गते निधन भएको थियो भने महासचिव टिकाराम नेपालीकी ममतामयी आमा बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्ती निवासी भूमा नेपालीको मंसिर २५ गते निधन भएको हो ।
शनिबार भएको शोकसभामा दुवै आमाहरुको सम्झनामा एकमिनेट मौनधारण गरिएको थियो भने अविर र माला चढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य राम अविरले यी दुई आमाहरुको अकल्पनीय घटनाले सिङ्गो एकता समाज परिवार शोकमा डुबेको भन्दै सधैँ गरिखाने वर्गको हितमा राष्ट्र र राष्ट्रियताको पक्षमा समर्पित सहयोद्दा साथीहरुलाइ जन्म दिने महान आमालाई सलाम गर्नुभएको भएको थियो ।
उहाँले संसारको सबैभन्दा अमूल्य चिज आमा हो भन्दैआमाहरु उच्च सम्मान व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो
श्रद्धाञ्जली सभामा महिला विभाग केन्द्रीय सदस्य साबित्रा खनाल, महिला विभाग क्षेत्रीय उपाध्यक्ष मन्जु शर्मा, क्षेत्रीय सचिव बिना तामाङ, अनिल श्रेष्ठ, रिता घिमिरे, साबित्रा घर्ती, अर्जुन उपाध्य, नारायण केसी, नरबहादुर थापा, डिल्लीराम खनालले शोक मन्तब्य राख्नु भएको थियो ।
महिला विभाग क्षेत्रीय अध्यक्ष खिममाया तिवारीको अध्यक्षता र एकता समाज अबुधावी क्षेत्रीय समितिका सदस्य अर्जुन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।