एक वर्षदेखि सम्पर्क विहिन भएकी कल्पनाको श्रीमानसँग भेट

  •   
  •  
  •  
  •  
  •  
  •  

906 जनाले पढ्नु भयो ।

अगस्त, २८ अगस्त । गत २०७७ असौज ५ गतेदेखि सम्पर्क एक छोरा सहित सम्पर्क विहिन भएकी कल्पना गुरुङलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजविन गरि श्रीमान मन बहादुर गुरुङलाई हस्तान्तरण गरेको छ । उनलाई मन बहादुर गुरुङले सोही दिन स्वदेश लगेका छन् ।

समाजको पुना नगर समितिका सदस्य एवं बिमाननगर एरिया समितिका अध्यक्ष धन बहादुर विक र कराटे मार्शलआर्टका प्रशिक्षक एवं मूल प्रवाहका सहयोगी दिपक मगरको पहलमा निज महिलालाई उनको श्रीमान मन बहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।

निज महिला पुनाको चाँदनीचौकमा नोकरी लागेकी थिइन् । उनलाई अखिल भारत नेपाली एकता मञ्च पुना नगर समितिका कार्यकर्ताहरुको सहयोगमा संरक्षण गरि राखिएको थियो । मञ्चका कार्यकर्ताहरुले निज कल्पना र छोरा अनमोललाई स्वदेश पठाउने जिम्मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समितिका सदस्य धन बहादुर विक र कराटे मार्शलआर्टका प्रशिक्षक एवं मूल प्रवाहका सहयोगी दिपक मगरलाई दिएका थिए ।

मूल प्रवाहले महिलाका श्रीमान मन बहादुर गुरुङलाई लुधियाना पञ्जाबबाट बोलाई २८ अगस्त २०२१ का दिन हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *