एमसिसि खारेज गर्न देश उठनै पर्दछ

जनक बिसि

एमसिसि नेपालमा उत्पादन भएको
बिजुली भारत लैजाने
कर–व्याट नेपालले लिन नपाउने,
नेपालको बैंक खातामा थोरै पैसा र यो भने
ब्याज समेत एमसिसिलाई फर्काउने ।

एमसिसि निर्धन मुलुकहरु
माथिको लुटपाटको यन्त्र हो
साम्राज्यवादीहरुको नव औपनिवेशिक करण हो,
सामाजिक बृटिशहरु भारत आउँदा
भारतलाई नियन्त्रणमा राख्दछौ भने कै होईनन्
बिस्तारै सिङ्गो देश कब्जामा लिएर
साम्राज्यवादी दश नङ्ग्रा गाडेका हुन्
यहाँ यसैले नयाँ प्रकारको अव्यासमा
अमेरिकी साम्राज्यवाद “महान” षड्यन्त्र कुदेका हुन् ।

एमसिसि र सरकार बिचको सम्झौता
नेपाल स्वाधिन देश भनेको छ ,
नेपालको संबैधानिक कानुन भन्दा
एमसिसि माथि हुने भनिएको छ
जालझेल षड्यन्त्र भईरहेकोछ ,
बुद्धिजीवी बैज्ञानिक सर्कल
किन चुप छ ?
देशमा ठुलै धोका भएको छ ।

एमसिसि इन्डो – प्यासिफिकको अङ्ग हो
होईन भने पनि इन्डो–प्यासिफिक
(आईपिएल) कै दस्तावेज हो,
एमसिसि मार्फत देश साम्राज्यवादको
आफ्नो सुरक्षा भित्र नियन्त्रण गर्न
रणनीति स्थलको रूपमा प्रयोग गर्न खोजिए कै हो
यसैले इन्डो– प्यासिफिक कै कारण परराष्ट्र
नीति कालो अध्यारो रातमा डोराईएको छ।

एमसिसि युरेनियम बिस्फोट पदार्थको
लागि प्रयोग हुने भएकाले
युरेनियम खानिको लागि दुरुपयोग हुने
यसैले त सत्ताको बलमा साम्राज्यवादीहरुका
नम्बर १ का दलालहरु जनतालाई झुट बोलेर हाँसि रहने
खोला वारिपारिका साम्राज्यवादीहरुसँग
एमसिसि पारित हुन्छ खुट्टामा लम्पसार परेर रुने
साम्राज्यवादहरुको “जालो”
एमसिसि खारेज गर्न देश उठनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार