एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता

नयाँ दिल्ली । एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ऐक्यवद्धता प्रकट गरेको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले एक प्रेस विज्ञप्ती जारी गरि आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको हो ।

“यति वेला मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (Millennium Challenge Corporation) विरुद्ध नेपाली जनता सड्कमा ओर्लिएका छन् ।” केसीले भन्नु भएको छः– “नेपाल र नेपाली जनताको पक्षमा नेपाली जनताद्वारा गरिएको एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ऐक्यवद्धता प्रकट गर्दछ ।”

विज्ञप्तीमा लेखिएको छः

‘यति वेला मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (Millennium Challenge Corporation) विरुद्ध नेपाली जनता सड्कमा ओर्लिएका छन् । नेपाल र नेपाली जनताको पक्षमा नेपाली जनताद्वारा गरिएको एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ऐक्यवद्धता प्रकट गर्दछ ।

एमसिसिको विषयमा नेपाली राजनैतिक दलहरु दुई कित्तामा बाँडिएका छन्, एकथरि पास गराउने र अर्को थरि खारेज गराउने । केही व्यक्ति वा राजनीति दलहरु एमसिसिले दिने अनुदानलाई मात्रै निकै महत्व दिइरहेका छन् तर त्यसले भविष्यमा देशमाथि पर्ने नकारात्मक असर वा परिणामको बारे ध्यान दिएका छैनन् । देशभक्त जनतान्त्रिक शक्तिहरुले एमसिसि नेपालमा भित्रिएमा नेपाल विदेशीको रणभूमिको रुपमा साम्राज्यवादी शक्तिहरुबाट उपयोग हुने र नेपाल ध्वस्त हुने तर्क सहित आन्दोलनमा छन्, नीतिगत रुपमा र व्यवहारत ः पनि सत्य यहि हो । केही व्यक्तिहरुले भने मध्यमार्गी बाटो अपनाउने कोशिस गरिरहेका छन्, उनीहरुले आंशिक संशोधन सहित पास गर्नु पर्ने तर्क पनि ल्याएका छन् । जुन संशोधन सहित पास गर्ने कुरा छ, त्यो कुरा एमसिसि विरुद्धको आन्दोलनलाई दिशा विहिन बनाउने र अमेरिकी साम्राज्यवादको वफादार बनिरहन गरिएको प्रयत्न बाहेक अरु केही होइन ।

एमसिसि अमेरिकाको सैन्य रणनीति हिन्द प्रशान्त रणनीति (Indo-Pacific Strategy) कै अभिन्न अंगको रुपमा नै अगाडि सारिएको हो भन्ने प्रमाणित र स्पष्ट भैसकेको छ । अमेरिकाले आफ्नो प्रतिपर्धी देशलाई घेर्नको निम्ती नेपाली भूमिलाई प्रयोग गर्ने प्रयत्नमा नेपाल सामेल हुनु नेपालको हित विपरित र नेपालको असंगलग्न परराष्ट्र नीतिको पनि विरुद्ध छ । एमसिसिले दिने अनुदान भन्दा राष्ट्रहित सर्वोपरि छ । त्यसैले एमसिसिलाई कुनै पनि हालतमा पारित गरिनु हुँदैन, त्यसलाई खारेज गर्नु पर्दछ ।

अन्तमाः हामीले नेपालमा राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) लगायत १० दलको संयुक्त आन्दोलन, राष्ट्रियताको पक्षमा विभिन्न संघसंस्था एवं आम नेपाली जनाताले चलाएको आन्दोलनलाई भारतस्थित नेपालीहरुको तर्फबाट ऐक्यवद्धता प्रकट गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार