एमसीसीले नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बन्नेछ : प्रदेश सांसद जिसी

टेकराज भुसाल (टेकु)
बुटवल । राष्ट्रिय जनमोर्चा कि सांसद तारा जिसीले संघीय सरकारले एमसीसीलाई संसदद्वारा पारित गराउने जुन प्रयत्न गर्दै छ, त्यसले नेपाललाई स्पष्ट रूपले नै अमेरिकी साम्राज्यवादको क्याम्पमा लैजाने, नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति समाप्त हुने बताउनु भएको छ । जिसीले आज आइतबार देखि शुरु भएको प्रदेश नं ५ को हिउँदे अधिवेशमा सो धारणा व्यक्त गर्नुभएको हो ।

“एमसीसी पारित भए नेपाल साम्राज्यवादको क्रिडा स्थल मात्र होइन सिरिया र इराक बन्ने छ ।” जिसजीले ठोकुवा सहित भन्नु भयो– “एमसिसीलाई खारेज गर्न सबै सांसदहरु र आम जनसमुदाय आ–आफ्नो ठाउँबाट सशक्त बिरोधमा लाग्नु पर्ने आवश्यकता छ ।”

प्रदेस ५ को पाचौं अधिवेशनको प्रथम बैठक माननीय प्रदेस प्रमुखको अधिवेशन आब्हानको पत्र माननीय सभामुखले पढेर सुनाए सँगै प्रारम्भ भएको बैठकमा राजमोको तर्फबाट अधिवेशन सफलताको शुभकामना दिदै नेतृ जिसीले अर्घाखाँचीको घुम्ती नजिकै भएको बस दुर्घटनामा र देशका अन्य भागहरूमा भएका घटनामा ज्यान गुमाउने नागरिक प्रति राजमो र स्वयं आफ्नो तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्नुभयो ।

झण्डै ४ महिना पछि प्रदेश सभामा उपस्थित छौ, अनुभव, जिज्ञासा र जनगुनासा धेरै हुदा हुदै पनि आज हिउँदे अधिवेशनको पहिलो दिन राम्रा र मिठासका कुरा मात्र उठाउने सहमति अनुसार अरू बिषय तर्फ नजादै देशको लागि अति महत्वपूर्ण बिषय भन्दै एमसीसीको चर्चा गर्नुभएको थियोे ।

बैठकमा नेकपाका दिपेश थारू र भूमिश्वर ढकाल, नेकाबाट निर्मला क्षेत्री र फकरूद्दिन खान, संघीय फोरमबाट सन्तोष कुमार पाण्डेले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार