एमसीसी खारेजीको माग गर्दै गुल्मीमा मसाल जुलुस प्रर्दशन

  •   
  •  
  •  
  •  
  •  
  •  

443 जनाले पढ्नु भयो ।

शंकर प्रसाद पोख्रेल,

गुल्मी ।राष्ट्रिय जनमोर्चाले विवादित अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ खारेजीको माग गर्दै गुल्मीमा मसाल जुलुस प्रदर्शन गरेको छ । गुल्मी जिल्लाको सत्यबती गाउँपालिका चेहमिमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको हो ।

मसाल जुलुस प्रदर्शनका क्रममा ‘राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद , संघीयता खारेज गर, सम्पूर्ण देशभक्त नेपालीहरू एक हौं, नेकपा (मसाल) जिन्दावाद ,राष्ट्रिय जनमोर्चा जिन्दावाद’ लगायत विभिन्न नारा लगाउँदै स्थानीय बजार परिक्रमा गरिएको थियो ।

जुलुस पछि आयोजित कोणसभामा नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले सम्बोधन गर्दै एमसीसी परियोजना राष्ट्रघाती भएकोले यो तुरुन्तै खारेज हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनमोर्चाले गलतको विरोध र सही कामको समर्थन गर्ने परम्परा रहेको भन्दै अहिलेको देउवा सरकारलाई पनि सही काम गरे समर्थन र गलत गरे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले अहिलेसम्म कुनै पनि सरकारले गरिखाने वर्गका जनतालाई गास, बास र कपासको ग्यारेन्टी नगरेकोले अब सबै राष्ट्रवादीहरु एक पटक राष्ट्रिय जनमोर्चाको झण्डा समाउन आव्हान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा सत्यबतीका अध्यक्ष मित्रलाल तरामी मगरले पनि मन्तव्य राख्नुभएको थियो भने राजमो सत्यबती गाउँपालिका वडा नं २ का अध्यक्ष रोम बहादुर कुँवर र अखिल नेपाल महिला संघ गुल्मिकी सचिव जमुना कुँवरको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *