एमसीसी खारेज गर्न अघि बढौं

  •   
  •  
  •  
  •  
  •  
  •  

2504 जनाले पढ्नु भयो ।

रबि पौडेल (पाण्डेचरी)

सीमाबाट साम्राज्यवाद भगाउनु पर्छ,
एकदुई पटक धावा बोले बल्ल शत्रु डर्छ ।
हाम्रो सीमा कसैगरि जोगाउनु पर्छ,
मर्न परे एउटा छोरा देशको लागि मर्छ ।

जनताको आन्दोलनले यो एमसीसी रोक्छ,
दुश्मनलाई पस्न दिए छातीमा नै टोक्छ ।
मुटु मेरो नेपाल हो एमसीसी चाहिंदैन,
जनताको आवाजलाई हेप्न पाईदैन ।

लाठि खाँदै राष्ट्रियता जोगाउनु पर्ने,
सत्ता स्वाद तिम्ले खाने, हामी भोकै मर्ने ?
बिकास हुन नसके बरु यसै बसौ,
एमसीसीको जालोमा माछा सरि नफसौ ।

जालमा फसे माझी दाईले पकाएर खान्छ,
त्यो नदिमा माझी दाई कै रजाइँ नै चल्छ ।
टनकपुर र महाकालीको ईतिहास पढौँ,
एमसीसी खारेज गर्न अझै अघि बढौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *