एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । तत्कालिन नेकपाबाट निर्वाचित सांसद भुसालले आफू स्वतन्त्र सांसदको हैसियतमा रहन चाहेको संसद सचिवालयलाई जानकारी गराउनुभएको छ ।

भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको  र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको बताउनुभएको छ ।

भुसालले पत्रमा भन्नुभएको छ, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ ।

तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

भुसाल एमालेभित्र माधव नेपाल पक्षका महत्वपूर्ण नेता मानिनुहुन्छ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला भुसालले गरेको घोषणाले एमालेमा तरंग उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार