ए बा अति भो, राष्ट्रलाई क्षति भो !

  •   
  •  
  •  
  •  
  •  
  •  

177 जनाले पढ्नु भयो ।

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुर्नस्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्तामा माग गर्दै प्रदर्शन गरेका छन् । अखिल (छैठौं) सहित पाँच विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका हुन् ।

बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारका विरुद्धमा नाराबाजी समेत गरेका थिए भने डकैत गरिएको सार्वभौम संसद पुर्नस्थापना गर, ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो, पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए । माग पुरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *