ओखल महिला नगर विभागको आयोजनामा तीजी कार्यक्रम सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

151 जनाले पढ्नु भयो ।

ओखला, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा तिजि एबं जलपान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्रीय समिति कोषाध्यक्ष तिलक पाण्डे र क्षेत्रीय सल्लाहकार कन्या गुरुङको बिषेश उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगर महिला बिभागका सचिव गिता पौडेलले र अध्यक्षता माया गुरुङले गर्नुभएको थियो । शहिदहरूप्रति एकमिनेट मौनधारण पश्चात कार्यक्रममा सहभागीहरुलाई राधा पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।

क्षेत्रीय समिति कोषाध्यक्ष तिलक पाण्डेले उपस्थित महिला दिदीबहिनीहरूलाई शुभ कामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *