ओलीका कदमलाई समर्थन गरेको राप्रपाले भन्यो : राजतन्त्र पुनर्स्थाना गर्ने उपयुक्त समय आयो

  •   
  •  
  •  
  •  
  •  
  •  

257 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संवैधानिक संकटमा धक्का दिन सके राप्रपाका एजेण्डा स्थापित हुनेसक्ने बताएको छ । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपाले आफ्ना एजेण्डा स्थापित गर्ने उपयुक्त समय आएको बताएको हो ।

राप्रपाले प्रधानमन्त्री केपी ओलीका पछिल्ला कदमहरुलाई समर्थन गर्दैै आएको छ । ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्र राष्ट्रियता खतरामा पारको भन्दै विपक्षी दलहरुले विरोध गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाको यस्तो धारणा आएको हो ।

बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको दाबी गर्नुभएको छ । संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने थापाको भनाई छ ।

विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको थापाले औँल्याउनुभयो ।

‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ। यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रुपमा स्थापित हुने। यो धरातलीय यथार्थ छ। अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ’ थापाले भन्नुभयो, ‘विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफूलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता छ।’

प्रधानमन्त्री ओलीका गलत कदमका कारण २०६२÷०६३ सालको जनआन्दोलनका उपलब्धि गुम्ने र देशमा लोकतन्त्र तथा धर्मनिरपेक्षता खतरामा पर्ने दलहरुको आशंकाबीच पूर्वपञ्चहरुको पार्टीका नेताहरुा उत्साहीत देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *