कटक नगर समितिका सहसचिव मातृशोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कटक नगर समितिका सहसचिव लक्ष्मण राना मातृ शोकमा पर्नुभएको छ । रानाकी ममतामयी आमा कमला रानाको ६७ वर्षको उमेरमा २९ जुन २०२१ का दिन उच्च रक्तचापका कारण मृत्यु भएको छ । ममतामयी आमा बुद्धभूमि १० कपिलवस्तु लोहारौलास्थित आफ्नै निवासस्थानमा दुखद निधन भएको थियो । मृतक कमला रानाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कटक नगर समितिले हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार