“कठै! मेरो देशको संस्कार”

खिमराज चालिसे–चंडीगढ़

कठै ! मेरो देशको संस्कार कस्तो,
चुनाव हार्नेले इनाम पाउने यस्तो ।
वार्डवाट हारे पनि राष्ट्रिय सभामा,
पालीका हारे पनि राष्ट्रिय सभामा ।।

सत्तरी करोडको भष्टाचार गर्छ,
तर पनि इनामको लिस्टमा पर्छ ।
सातै पटक हारेनी के फरक पर्छ,
कुर्सी राष्ट्रियसभाले सुरक्षित गर्छ ।।

अब प्रदेशमा हारे पनि आनन्द हौ,
संसदमा सधै हारे पनि आनन्द हौं ।
आसिर्वाद दिने मान्छे भए पुग्छ,
नियम कानुन त निर्धोलाई पो हुन्छ ।

शक्ती र सत्ता भए जे गरेनी हुन्छ,
कम्युनिस्ट नाम राखेर हिडे हुन्छ ।
महंगी, भष्टाचार, बेरोजगार वढदैछ,
यता कोरोना काल चक्रभ्यु चल्दैछ ।।

पुरस्कार पनि किसीम किसिमका
कतै कुर्सीलाई नै इनाममा दिइन्छ ।
कतै तक्मा भिराइ सम्मान दिईन्छ,
यहा त गद्धारलाई नि आश्रय दिइन्छ ।।

कठै ! मेरो देशको संस्कार कस्तो,
भ्रष्ट सम्मानित इमानदार घृणित ।
देशभक्तलाई चोट भष्टलाई भोट,
एकचौटा, एक गिलासमा विक्छ भोट ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार