कथाः केही राम्रो पढने छौं

हामी अधिकांशलाई लाग्ने गर्दछ कि मानिसहरु मलाई त्यो सम्झन्छन्, जो म हैन, जो म हो, त्यो सम्झँदैनन् । लाग्दछ, मानिसहरु मलाई कदर गर्दैनन्, मेरो राम्रो क्षमताको कदर गर्दैनन् र लाग्ने गर्दछ कि मैले त सबैलाई राम्रो गर्दछु । तर मलाई अरुले किन राम्रो मन्दैन वा गर्दैन ? यस्तै खालका कुराहरु खेल्छन् नि मनमा ? यस्तै यस्तै मनका कुराहरुमा केन्द्रीत रहेर प्रस्तुत छ एउटा कथा ।

एकजना समाज सेवी थियो । उसका काम गराई पनि राम्रो थियो । दुःख सुख तथा परेको वेलामा मानिसहरुलाई सहयोग गर्ने पनि गर्दथ्यो, जहाँ उबाट हुँदैनथ्यो उसले हरसम्भव कोशिस गर्दथ्यो । तर मानिसहरुबाट उसलाई राम्रो व्यवाहर पाइरहेको थिएन । यो कुराले उसलाई कहिं न कहिं दुखी बनाउन थालेको थियो । बडो हतास र निरास हुन लागेको थियो । उसलाई लाग्दथ्यो– “यस दुनियाँमा राम्रो कामको कसैबाट पनि मुल्यांकन र कदर हुँदैन ।”

एक दिन उसलाई कसैले एकजना महान व्यक्तिको बारेमा जानकारी दियो । त्यो समाजसेवी व्यक्ति ति महान व्यक्तिसँग भेट हुन पुग्यो । उसले आफ्नो समस्या जस्ताको तस्तै प्रस्तुत गर्यो । ति महान व्यक्ति भनिँदा व्यक्तिले त्यस व्यक्तिका सबै कुराहरु सुने र आफ्नो खोल्टीबाट एउटा अँगुठी निकालेर दिए । समाजसेवी व्यक्तिले भन्यो– “मैले हजुरसँग कुनै उपहार मागेको होइन, समस्याको समाधान खोजेको हो ।”

महान व्यक्तिले भने– “समाधन नै हो यो । यो अँगुठी लैजाउ र एक हप्ता पछि मलाई फर्काइदेउ । तर छुट्टाछुट्टै मानिसहरु समक्ष पुगेर यस अँगुठीको मूल्य थाहा पाउने हो । मानिसहरु यस अँगुठीको मुल्य कति लगाउँछन् । तर तिमीले यस अँगुठीलाई विक्री गर्न पाउने छैनौं ।”

ठिक छ, भनेर त्यो समाजसेवी व्यक्ति त्यहाँबाट विदा भयो । सबै भन्दा पहिला एक जना व्यापारीकोमा पुग्यो र अँगुठी मुल्य सोध्यो ? व्यापारीले एक हजारसम्म पर्ने जानकारी दियो ।
त्यस्तै अर्को व्यापारीकोमा पुग्यो र उलाई आफूसँग भएको अँगुठीको मुल्यो कति पर्छ भनि सोध्यो । त्यस व्यापारिले अलिक बारिकीसँग हेर्यो र भन्यो दश हजारसम्म आफूले दिन सक्ने बतायो ।

त्यस पछि एकजना सुनारकोमा पुग्यो र सोध्यो । सुनारले निकै मसिनो गरि हेर्यो र भन्यो एक लाख रुपैयाँ दिने बतायो । त्यो समाजसेवी व्यक्तिले आफूले अँगुठी नबेच्ने जानकारी गराएर हिंड्यो । उसलाई निकै अचम्मै लाग्दै थियो कि एउटै अँगुठीलाई हरेक व्यक्तिहरुले फरक–फरक दाम लगाइरहेका छन् ।

निकै चिन्तित हुँदै शहरको नामी एकजना गरगहना पसलेकोमा पुग्यो । आफुसँग भएको अँगुठीको मुल्यो सोध्यो । व्यापारीले निकैबेरसम्म र राम्रोसँग त्यस अँगुठीलाई निरिक्षण गर्यो भन्यो– “भाई मैले मेरो आफ्नो सबै सम्पत्ती विक्री गरेर पनि यो अँगुठी किन्न सक्दिन । यो निक अमुल्यो अँगुठी हो ।”

यो सबै भैसक्दा पनि त्यो समाजसेवीको समस्या समाधान भएको थिएन, बरु बढेको थियो । उसले जान्न सकिरहेको थिएन कि यो के भइरहेको छ । एक हप्ता पछि उसले निकै व्याकुलताका साथ ति महान व्यक्ति समक्ष पुगेर सम्पूर्ण कुराहरु भन्यो । महान व्यक्तिले भने– “अझैसम्म तिमीले आफ्नो समस्याको उत्तर पाएनौं ? हेर, अँगुठी त उही हो, तर जुन जुन व्यक्तिहरु जस्ता जस्ता थिए, उसको जति क्षमता थियो, उसले त्यही हिसावले यसको मुल्यो निर्धारण गर्यो ।”

यो सानो कथाले तपाई, म तथा सबैको माथि हुने र लाग्ने गर्दछ, म निकै राम्रा छु । तर हाम्रो अगाडिको व्यक्ति भएन । उसले हाम्रो राम्रो पक्षलाई देख्न सकेन, कदर गर्न सक्दैन । तर उत्कृष्ठ व्यक्तिले आफ्नो अगाडिको व्यक्तिमा केही राम्रो पक्ष भएको देख्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार