कथाः गरिब र दम्पती

0Shares

99 जनाले पढ्नु भयो ।

  • रबि पौडेल (पाण्डेचरी)

झ्याम–झ्याम पानी परिरहेको थियो । सांझको समय निकै अत्यास लाग्दो थियो । चारैतिर, मकैवारीमा कोदो पनि रोपिसकिएको थियो । अबको समय कोदो गोड मेल गर्ने नै कामको पर्खाईमा नै थिए सबै गाउलेहरु । गाउँ पनि निकै छरिएर रहेको थियो । पानी परिरहेको र सबै हरियाली, निछ्याम्प परेको समय बोलाएर पनि कसैले सुन्न सक्ने जस्तो थिएन । सबै आ–आफ्नो घर भित्र पापी पेटको जोहो गर्ने तयारी नै थिए ।

करिव आठ बजिसकेको थियो । घांसपात गरेर श्रीमान अझै घरमा आईसकेका थिएनन् । घरमा बुढि श्रीमतीले के–के गरि होली भन्दै टुपलुक्क बुढा घरभित्र पस्दा बुढिले सकि नसकि आगो सल्काउन कसिएकि थिईन् । मानौ आगोले निहूँ नै खोजिरहेको थियो । कसै गरे पनि सल्कन मानेको थिएन । श्रीमानले हातमा केही सुकेका डांठ र खरको त्यान्द्रा देखाउँदै– “खै छट बुढि म सल्काई दिन्छु” भन्दै अगेना छेउमा पसे र केही समय मै आगो सल्काई दिए ।

गरिबी बिपन्नताले भरिएको त्यो परिवारमा जम्मा चार जना थिए । अर्कैको दाउरा घाँस, मेलापात गर्ने त्यो जोेडिका दुई सन्तान एक छोरा र एक छोरी थिए । निकै कठिन परिस्थिति थियो ।

स्कुल जाने समयमा नजिकैको खोला किनारबाट दाउरा ल्याउनु र साहुकोमा बेचेर दुई चार पैसा ल्याई आफ्ना बाबू आमालाई दिने गर्थें । फाटेका कपडा मैलो शरीर, गरिबि र अभावका दिनहरु काट्नु थियो, काटिरहेका थिए । हुने खानेहरु समयमा खान्थे र सुत्थे तर त्यो परिवारमा निद्रा के हो थाहा नै थिएन । भोको पेट बच्चाहरु भुईमा पल्टिरहेका थिए ।

“ए बुढि छिटो पका न नानिहरु निदाई सके ।”

श्रीमानको यो शब्द कानमा पर्दा साथ श्रीमतीले भन्छिन– “कति आत्तिनु हुन्छ ? दाउरा चिसा छन्, आगो सल्कदैन ।”

“छोरीले त बिहान पनि खाएकि होईन, थोरै थियो । भाइलाई दिएर भोकै बसिछ । भाईको कति ख्याल गर्छे !” मायालु स्वरमा श्रीमती गुनगुनाउ छिन् ।

बल्लतल्ल थोरै भात र गुन्द्रुक र आलुको झोल पकाएर सकेपछि बुढा श्रीमानलाई अह्रयाउँदै– “खोई यता आउनु त ! खाना पाक्यो अब नानीहरूलाई पनि उठाएर ख्वाउनु पर्याे ।” यति भनिसकेपछि हेर्छिन त सबै निदाई रहेका थिए पालै पालो उठाउछिन् र आफ्नो श्रीमान र नानीहरूलाई खाना ख्वाउ छिन् ।

नारी र घर कि गृहिणी भएको पुरपुर महसुस गर्छिन् । आफुले बचेको थोरै भात र झोल खान्छिन् र थोत्रो गुन्द्रीमा गम्छा बिछ्याएर सुत्छिन् ।

“आमा नभएको भए आज हामी भोकै सुत्ने होईन भाइ ?” छोरीले आफ्नो भाईतिर फर्केर भन्छिन् । भाईले स्वीकारोक्तीको मुण्टो हल्लाउँछ ।

सबै निदाउँछन् । रातभरि पानी परिरहेको हुन्छ । चट्याङ, हावा, हुरि, मौसम अलि डरलाग्दो छ । गाउँको कुनामा रहेको त्यो चुहिने घरमा कसरी दिन बितिरहेको छ भन्ने कुरा साहेद बाहिरका कसैलाई थाहा होला । गरिबी, अशिक्षा, रोगब्यथा उसलाई मात्र थाहा हुन्छ, जो जसले भोगेको हुन्छ ।

गाउँको छेउ मै स्कुल भएर पनि पढाउन नसक्नु ती दम्पतीको कुनै दोष थिएन । दोष थियो केवल गरिबीसँग । गरिबी हुनु आफैमा नराम्रो नभए पनि गरिबीको कारणले देखिन आउन जनजिवन नै यसको कारक बनेको थियो । नयाँ लुगा लगाउने दिन ती भाइ बैनिलाई कहिले पनि आएन । साहु माहजनहरुले दिने पुराना कपडा नै त्यो परिवारमा नयाँ लुगा बनेर आउँथे । गरिव हुनुमा चिन्ता थिएन । चिन्ता त यो थियो कि बिहान र बेलुका कसरी खाने भन्ने सवाल खड्किरहेको थियो । बिचरा भन्ने कोहि थिएन । यो स्वार्थि समाज नहुनेलाई कसले पो हेर्छ र ? उहीं काम गरे मेलापात गरे मात्र केही गेडा चामल, आटो दिने मात्र त हुन् । फेरि पनि जीवन निर्वाह गर्न त्यो परिवारले गरेको संघर्ष निकै महान थियो । बिहान जुरुक्क उठे पछि सांझ सिमिक्क हुनजेल मेलापात, घाँसदाउरा एकमुठि राशन जुटाउन गर्नु पर्ने संघर्ष निकै कठिन थियो । फेरि पनि यी दिनहरू बितिरहेकै थिए ।

अहिलेको समाजमा मिहिनेत गर्ने, आधापेट खाने, भुईमा सुत्ने, रातदिन हलो, कोदाली, उकाली, ओरालि गर्न सक्ने र गर्नुपर्छ गर्ने मानिस निकै कम पाईन्छन् । हामीले ती दम्पतीबाट केही त सिक्नु पर्छ । अशिक्षित हुनु, एक छाक खानु, पुराना र थोत्रा लुगा लगाउनु यो ईतिहासले गरेको मजाक नै हो भन्ने लाग्छ । कोहि गरिवबाट झनै गरिव हुनु र कोहि धनीबाट झन धनी हुनु । यो कदापि समानता हुन सक्दैन । समानताको व्यवहार भए कै छैन । ती दिनहरु स्याउलाले बारेको घर जहाँ घाम पानी दुबै छेकिदैन । अध्यारो, निछ्याम्म बस्ति, भिर पाखाको झरनाको एकोहोरो आवाज कसैलाई राम्रो लागे पनि ती दम्पतिलाई कति र कतै, कहिले पनि सुखका दिन आएनन । आउने सपना पनि देख्न कठिन थियो । मानौ प्रकृति र यो संसारले गरिबीको मजाक गरिरहेको छ । यस्ता लाखौं दम्पती छन् जसको कानुनी उपचार छैन ? छ तर राज्य गरिबी र विपन्न बर्गको लागि छुट्याइएको रकम सहि ठाउँमा सदुपयोग गरे । यस्ता दम्पतिको जीवन माथि उकासीने थियो ।

समय आउँछ, परिस्थिति बदलिन्छ । सरकार फेरिन्छन् तर मान्छे उहीं सरकार बदलिएको छ तर मान्छे उहीं छ । हिजो पनि सरकारमा उहीं थियो । आज पनि उहीं छ । समय परिस्थितिमा परिवर्तन भए पनि गरिबीको लागि कुनै परिवर्तन नभएको पुष्टि भईसकेको छ । आम नागरिक, गरिबी र विपन्नतालाई हटाउनको लागि आमुल परिवर्तनको खाँचो छ । यो खाँचो पूरा गर्न लाखौं करोडौ किसान मजदुरहरु गरिबी र विपन्नतामा पिल्सिएका हजारौं दम्पतीहरु एक ठिक्का भए र उठ्न जरुरी छ । त्यो ज्वारभाटाले सामन्ती संरचना ध्वस्त पार्ने छ र नयाँ जनबादी ब्यबस्थाको स्थापना हुने छ । जब नयाँ जनबादी राज्यब्यबस्था आउने छ तब मात्र सबै बर्ग र विभेदको अन्य हुनेछ । यसैमा आशाबादी बन्दै त्यो दिशातर्फ अगाडि बडे करोडौं दम्पतीको समस्या समाधान हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *