कथा : अर्ध पागल

94 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

माईली आमा केछ सञ्चै हुनु हुन्छ ? ढोग्दिन्छु है म’ भन्दै सेतेले आर्ने माईलीको हात छोप्छ ।

उनले पनि हात अगाडि सार्दै टाउँकोमा राख्छिन ।

सेते मुस्किलले १५/१६ बर्षको थियो होला, “अनि यिनिहरुले के खाँदैछन त ?” बाहिर बसेर बटुकामा खाँदै गरेका स–साना भाई बैनि तिर ईसारा गर्दै भन्छ ।

“शिस्नो र आटो खाँदैछन् बाबु हजुरले खानु हुन्छ र” भनेर ब्यांग्या कसिन ।

“छ र ? ल्याउँनुस मलाई पनि” सेतेले मागि हाल्छ ।

उनले आनाकानि गर्दै थिईन ।

“ल्याउनु के भयो छैन होला नी ?” सेतेले अर्को प्रश्न गर्छ ।

“के साँच्चै खानु हुन्छ र बाबुले हामीले छोएको ?” भन्दै फेरी सोध्छिन् ।

“दिए पो खाने !” सेतेको कुरा सुनेर उनी आश्चार्य महशुष गर्दै भित्र पस्छिन् अनि थोरै खटो र शिस्नो ठुलो बटुकामा ल्याई दिन्छिन ।

सेतेले अति मिठो भयो भन्दै खान्छ अनि त्यहाँबाट बिदाबारी भएर जान्छ ।

करिब दश बजे बिहान तिरको कुरा हो, आर्ने माईलीले मनमनै यो केटाको हावा खुस्किएको रैच्छ । मलाई चिनेर पनि नचिने जस्तै गरेर मेरा घरमा शिस्नो आटो खायो । केहिन कहि त अबश्य छ भन्दै ओत्तिर पत्तिरका महिलाको बिच कुराहरु भए । उनको मनले कत्ति मानेनछ उनी सेतेका घर गएर खास कुरा के हो बुझ्ने मन जाग्यो ।

सेतेले म तल गाउँ तिर जाने कामछ भन्दै निस्किएकोले यति बेला मौका छ घरमा सेते कि आमा मात्रै भएको बेला सोध्नु ठिक होला भन्ने मनमा कुरा खेलाईन ।

“नमस्ते दिदी भन्दै माईली सेतेको आमासँग केहि कुरा थियो, एक छिन माथि आउँनुस त !” भन्छिन आमाले तल मुलाबारीमा केहि काम गर्दै हुनुहुन्थ्यो ।

“भन माईली कसरी आयौँ के काम छ ?” आमले प्रश्न गर्नु भयो ।

“हजुरको छोरा क्या माईला चाहिनी लाहूरबाट आउँनु भाको रैछ” माईलीले भन्छिन् ।

“हो अस्ती त आएको हो के भयो र ?” सेतेको आमाले भन्नु भएछ ।

“अहिले कहाँ जानु भाको छ त बाबु ?” उनले सोँच्छिन् ।

“कुन्नि कता गयो, कतै गाउँ तिर गएको होला” आमाले भन्नु हुन्छ ।

हो “मनले सोँच्छ मुडा बञ्चराले सोँच्च घुँडा” भनेको जस्तै हो केटाकेटिहरु त, भन्दै माईलिले “होईन बाबुलाई अलि बिसञ्चो रैछ कि ?”

“किन हो, ठिकैछ देख्दा त” आमाले कुरा नबुझेरै उत्तर दिनु भएछ ।

“देख्दा त कति राम्रा ज्युडाल बनेको अँसिला तर ब्यबहारमा अर्कैअर्कै लाग्यो । म छिम गएर पहिले ता ढोग्दिन्छु माईली आमाँ भने मैले हात दिई र ढोग गरे अनि के पकाछौ भने मैले मकैको आटो र शिस्नुको पकाएकी छु खानु हुन्छ भनेको के थिएँ नखाएर मान्दै मानेन् बाबुले त्यसैले बाबुलाई बिसन्चो छ कि भनेर पत्ता गर्न आएकि हुँ म ता” माईलीले भनिन् ।

“सेते की आमाले हो त्यो उहिलैदेखि त्यस्तै हो” भनेर उनलाई सम्झाउँनु भयो । उनी त्यहाँबाट बिदा भयर आफ्नो घर तर्फ लाग्छिन् । ठ्याक्कै सेते घर आई पुघ्छ ।

“हो त्यस्तै गरे छोरा, दुनियाँले नगरेको काम तैँले गर” भन्दै आमा कराउँनु हुन्छ ।

“के भयो आमा के नगर्ने काम गरे तँ मैले ?”

“आर्नेका घर गएर शिस्नो आटो खाँदा तलाई लाज लागेन ?” आमा रिसाएर कराउँनु हुन्छ ।

“ओ त्यहि पो आमा । हजुरलाई कसरी थाहा भयो छोराले के–के गर्छ आमालाई सबै जानकारी हुनेरैछ !” भन्दै खिसिक्क हास्छ ।

“माईली भर्खररै गईन, तेरो हावा कहिलेदेखि खुस्केको रैछ भनेर उनी त्यहि पत्ता गर्न आएकि रहेछिन । मैले पनि उहिलैदेखि हो हावा खुस्केको भनिदिएँ । अब हेर कहाँसम्म तेरो प्रचार हुन्छ । तँ त भोलि पर्सि लाहुर गैहाल्छस दुनियाँको कुरा मलाई सुन्नु पर्छ बुझिस ।” आमा मलिनो अनुहार गराएर सम्झाउँदै अब यस्तो गलति नगर्न अह्राउँनु हुन्छ ।

“आमा कसले के भन्छ, त्यो गौण बिषय हो । हामीले के गर्नुपर्छ यो प्रमुख बिषय हो । उनीहरु पनि हामी जस्तै मान्छे त हुन् मैले गरेको ब्यबहार उनलाई अहिले पचेन होला तर छिट्टै बुझ्छिन्” सेतेले आमालाई सम्झाउँने प्रयत्न गर्छ ।

नभन्दै पुरै गाउँमा प्रचार भै सकेको रैच्छ । सेते अर्को गाउँमा जाँदा बासुले बाटामा “कराएर होईन डराई डराई कतै ढुङ्गाले हान्छ कि भनेर टाडैबाट ए बाबु भन्दै बोलाए ।”

सेते उनलाई पछिबाट आएको देखेर ठिङ्ग उभियो दिउसो पख घाम बिस्तारै अस्ताउँने तरखरमा थिए । उनी पनि सेतेलाई उभिएको देखेर उभिए, “होईन किन त्यति टाडै उभिनु भयो त ?” सेतेले भनेपछि बासु बिस्तारै डराई डराई सेतेको नजिकै आए ।

“होईन बाबु तलाई यो बिमारी कैलेदेखि भएको हो ?” उनले आश्चार्य हुँदै सोधे ।

“हजुर मलाई के भयो र ?” सेते पनि आश्चार्य प्रकट गर्छ ।

“गाउँभरी हल्ला छ, तेरो हावा खुस्कियो भनेर” उनले भन्छन् ।

“हिँजो पल्ला घरे साईँलोले हाम्रा घर आएर भनेपछि मलाई त ठुलो पिर लाग्यो । तेरो आमाले कति दुःख गरेर तिमिहरुलाई हुर्काईन् आखिरीमा तेरो हावा खुस्किए पछि उनको केहाल भएको होला भनेर साँझ तिर फर्किँदा तेरा घर पसुला भनेको थिएँ । धन्न तँलाई यहिं भेटाएँ बाबु दलितका घरमा गएर आटो खाएछस् अब त्यसो नगरेस” भन्दै बासुले सेतेलाई सम्झाउँछन् ।

“मेरो हावा खुस्किएर होईन, वास्तबमा हामी सबै मानिस हौँ । दलितहरु पनि मानिस नै त हुन् । अनि मैले उनीहरुको घरमा गएर उनीहरुले छोएको खाएँ भन्दैमा मेरो हावा बिग्रिएको अनुमान लगाउँनेहरुको हावा खुस्केको हुनसक्छ ।” भनेर भन्छ ।

“हो, बाबु तेरा कुरा तैँले जान, समाजमा बाँच्नको लागि समाज सँगसँगै हिड्नु पर्छ बाबु आमालाई दुःख नदिएस्, अरु त मैले के भनौँ” भन्दै उनी तल्लो बाटो जान्छन् ।

सेतेले पहिल्यै माथिको बाटो छोपेको थियो । गाउँमा मात्रै होईन वरपरका सबै जसो गाउँहरुमा बनमा आगो लाग्या जस्तै फैलिएको थियो ।

“कस्तो समाज हो ? मैले कुनै जातिय आधारमा अपमान गर्नु हुँदैन भेदभाव गर्नु हुँदैन भनेर दलितहरुलाई जि हजुर भन्दा उल्टै उनैहरुले नै हावा खुस्कियो भनेर प्रचार गर्दैछन् ।” उसले मनमनै गन्थन गन्थन गर्छ ।

“समाजसँग हिंड्ने कि थोरैथोरै समाजलाई मिच्ने ? आजको एक्काईसौं शताब्दिमा पनि हाम्रो समाजमा यस्तो हाल छ । नियम कानून् बनाएर मात्रै केहि हँुदैन समाजको नजरियामा परिवर्तन गर्नुपर्छ” भन्दै एक्लै गनगन गरेकै थियो अचानक अर्का छिमेकि बाटामा भेटिन्छन् । उनले सेतेलाई केहि बोलेको गुनगुनाएको सुन्दै आएका थिए ।

“नमस्कार हजुर” सेतेले उनलाई नमस्कार गर्छ तर उनी खासै केहि नबोली नचिनेको झैँ गरेर अँघि निस्किन्छन् । सेतेले उनको ब्यबहार देख्दा कुरा बुझिहाल्छ । “होईन किन डराएर भागेको हजुर ?”

“होईन बाबु डराएको मलाई अलि छिट्टै पुग्नुछ तिमि आउँदै गरे है !” भन्दै उनी छिटोछिटो हिँड्छन् ।

भोलि पल्ट बिहानै सेते पँधेरामा नुहाउँदै गर्दा केहि महिलाहरु पानी भर्न आएका थिए उनी मध्य कि एउटी बृद्धा महिलाले घरिघरि सेतेले नुहाउँदा केहि ईसारा गर्दै अर्किलाई भन्दै थिईन । साहेद उनले सेते हुनि नभएको त्यो जनैईको बारेमा भन्दै दिईन ।

अनि अर्किले कोखे आँखाले सेतेको छाति तिर नियाल्दै थिईन । उनीहरु पानी भरेर गएपछि बल्ल सेते कुवाको नजिक आएर नुहाउँन थाल्छ ।

“होईन बाबुले त जनै पनि फालेका रैछन !” जाँदाजाँदै बृद्ध महिलाले भनिन् ।

सेतेलाई फेरी उहि कुराले झसंग गरायो । “समाजको यहि ब्यबहारले धेरै युवाहरुले बिद्रोह गर्न नसकेर आफ्नो मनले नमान्दा नमान्दै पनि सामाजिक कुरितिहरुलाई फाल्न पन्छाउन नसकेर गलेसडेको सस्कारलाई बोकेर हिंडेका हुन्छ ।” सेतेले फेरि उनीहरु तिर हेर्दै गनगन गर्छ ।

२५ मई २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *