कथा : आज केही राम्रो पढ्ने छौं

  •   
  •  
  •  
  •  
  •  
  •  

701 जनाले पढ्नु भयो ।

“हरेक व्यक्तिको उपलब्धिलाई देखेर हजुरलाई रिस उठ्छ, मनमा डाह उत्पन्न हुन्छ भने, त्यो व्यक्तिले तपाईलाई केहि न केहि सिकाउने क्षमता राख्दछ ।”

कुनै शहरमा रोहित र मोहित नाम गरेका दुई वालकहरु थिए, उनी दुबै जनाले साथसाथै पढे, साथसाथै उच्च शिक्षा पनि हाँसिल गरेका थिए । उच्च शिक्षा हासिल पछि उनीहरु दुबैजना एउटै कम्पनीमा जागिर पनि लागेका थिए । जागिर त दुबै जनाको साथसाथै लागेको थियो, तर कामको अगाडि बढ्ने रफ्तार फरक थियो ।

रोहितलाई कम्पनीमा निकै सोधपुछ हुन्थ्यो, सम्मान पनि मिल्दथ्यो । सबैलाई लाग्दथ्यो कि मालिकको विश्वासिलो पात्र बन्दैछ रोहित । मोहितलाई भने कसैले ध्यान दिंदैन थिए । जब कम्पनीमा काम गर्न थालेको दुई वर्ष भयो, कम्पनी मालिकले आफ्नो क्याविनमा बोलाएर रोहितलाई प्रोहत्साहित गर्नुका साथसाथै पदउन्नती पत्र समेत हस्तान्तरण गरे । त्यो पदउन्नती पत्र देखेर त झन् मोहितलाई जलन भयो, रिस, डाहा जाग्यो, मनमा आगो नै सल्कियो र निकै दुःख लाग्यो । ‘यो कम्पनीमा मेहनत गर्नेहरुको कदरै नै हुँदैन, मेरो कामको केही भ्यालु नै गरिंदैन यहाँ भन्ने लाग्यो । तर उसँग कुनै विकल्प थिएन । सुस्त सुस्त रोहितप्रति दूर्भावना बढ्दै गयो र साथमा काम गर्न मोहितलाई अप्ठ्यारो लाग्न थाल्यो । त्यसैले मोहितले रिजाइन दियो र रिजाईन दिने वेलामा मालिकलाई भन्यो– ‘तपाईको कम्पनीमा मेहनत गर्नेहरुको कुनै महत्व छैन, कुनै सुरक्षा छैन, बराबरको अधिकार दिइंदैन, बरु आफूलाई मन पर्नेहरुलाई मात्रै महत्व दिनुहुन्छ हजुरले त्यसैले मैले रिजाइन दिएको हुँ ।’

मोहितको मन र मस्तिष्कमा के चलिरहेको छ भन्ने मालिकले सबै कुराहरु सुनेका र बुझ्ेका थिए । किन कि उनले जान्द थिए कि मोहित एक मेहनती व्यक्ति हो, रोहित भन्दा पनि धेरै मेहनत गर्दछ । उनले मोहितलाई संझाउन चाहन्थे– ताकि उ कुनै गलत भ्रममा परेर कम्पनी नछाडोस् । कम्पनी मालिकले भने ‘के तिमिले जानु भन्दा पहिला मेरो एउटा काम गर्दिन सक्छौ ? जाउ गएर पत्ता लगाउ, यो शहरमा तर्भुजा कसले विक्रि गर्दछ ।’ हुन्छ, भनि मोहित निस्कियो । केही बेरमा मोहित– ‘फलना फलना चोकमा एउटा विक्रेटा छ, उसले तर्भुजा विक्रीमा राखेको छ’ भन्न आयो । मालिकले फेरी जाउ अनि कति रुपैयाँ किलोका दरले विक्रि गरेको छ, त्यो पनि पत्ता लगाएर आउ भने । मोहित फरि गयो र भाउ बुझेर १३ रुपैयाँ किलो बिक्रि गरेको छ, भन्न आयो ।

ठिक छ, यहि काम अब रोहितलाई दिन्छु । मोहितको उपस्थितिमा रोहितलाई बोलाएर मालिकले भने– ‘के तिमीले यो शहरमा कसले तर्भुजा विक्र गर्दछ पत्ता लगाउन सक्छौ ?’ रोहितले अवश्य भन्यो र निस्कियो ।

जब रोहित फर्कियो उसले पुरै विबरण लिएर आएको थियो । ‘महसय, पुरै शहरमा केवल एक जना तर्भुजा विक्रेता छ, उसले १३ रुपैयाँ प्रति किलोका दरले तर्भूजा विक्रि गरिरहेको छ । उसँग निकै राम्रा क्वालिटिका तर्भुजाहरु छन् । प्रत्येक तर्भुजाको भाउ करिब ४२ रुपैयाँ रहेको छ र आधा तर्भुजको भाउ करिब २२ रुपैयाँ पर्दछ । उसँग एउटा फाम छ, जसबाट करिब ४ महिना जति आपूर्ति गर्न सकिने तर्भुजाहरु छन् र मैले उसँग कुराकानी पनि गरेको छु, उसँग हामीले सम्झौता गर्दछौं भने हामीलाई उसले ४ महिनासम्म तर्भुजा दिन सक्छ । उसले हामीलाई प्रत्येक हप्ता १०४ वटा तर्भुजा दिन्छु भनेको छ । उसले हामीलाई ३८ रुपैयाँ प्रति तर्भुजको भाउले दिनेछ, जुन तर्भुजाहरु करिब ७ किलोग्रामका छन् । यदि हाम्रो कम्पनीले उसँग सम्झौता गर्दछ भने हाम्रो मुनाफा गतवर्ष भन्दा यो वर्ष ३.७८ प्रतिशत बृद्धि हुनेछ ।’

यो सबै सुनेर केवल मालिक मात्रै हैन मोहित पनि चकित भयो र रोहितसँग इम्प्रेस भयो । बल्ल उसलाई रियलाइज भयो कि के फरक छ आफूमा र रोहितमा । कम्पनी नछोडेर रोहितसँग सिक्ने मोहितले निर्णय लियो ।

हामी सबै पनि यहि गर्दछौं, नजिकका र छिमेकका मानिसहरुले प्रगति गरेको देख्दा जल्ने, चिढिने, रिस डाहा गर्ने गर्दछौं तर हामीले सोंच्दैनौं कि अरुले मैले भन्दा के फरक काम गरेको छ । हामीले के गरेका छौं, यसले महत्व राख्दैन । हामीले गरेको काम कसरी उत्कृष्ठ गर्न सकिन्छ त्यो महत्वपूर्ण हो । आवश्यक छैन कि तपाई निकै धेरै कठिन काम गर्नुस्, हुन सक्छ कि थोरै स्मार्ट कामले तपाईलाई निकै उत्कृष्ठ नतिजा दिन सक्दछ । जसले उपलब्धि हाँसिल गरेका छन्, पक्कै पनि उनीहरुको काम गर्ने तरिकाम फरक छ । त्यसैले किन हामीले उनीहरुसँग सिक्ने कोशिस नगर्ने ? तरक्कि गर्ने गर्नेहरुसँग जल्ने, रिसाउने, निन्दा गर्नुको साटो किन हामीले केही नसिक्ने ? जसले हामी पनि तरिक्कीको बाटोमा अगाडि बढ्न सक्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *