कथा : चिहानबाट निस्केको चित्कार

  • सुरेशकुमार पाण्डे

चर्को घामबाट जोगिन मणि एउटा बृक्षको छायाँ मुनी भएको ढुँङ्गा माथि बस्छ । एकछिन पछि कतै ख्यार–ख्यार गरेको स्वर सुनेर मणि उभिएर चारै तिर नियाल्छ, तर त्यहाँ ढुङ्गा र बाँया पट्टि किनारामा जंगल बाहेक केहि देखिदैन । न त त्यहाँ पानी, न कतै चहल–पहल मणिले आफ्नो भ्रम भन्दै ढुङ्गामा पुनः बसेकै थियो ख्यार–ख्यारको आवाज फेरी सुनियो तर कतै कोई पनि देखिदैन । मणिले जंगलमा दाउरा घाँस काट्नेहरु होला भन्दै अबिचलित भएर बस्यो । उसले बसेरै खोलाको त्यो बगर नियाल्दै जाँदा एउटा ढुङ्गामा खरिले केहि लेखेको जस्तो देखेर उ त्यो ढुङ्गाको नजिकै पुग्छ । “चिहानबाट निस्केको चित्कार” हो यहि त्यो ढुङ्गामा लेखिएको थियो र त्यसैको नजिक आर्को ढुङ्गामा “देशको रक्षक बन” भनेर खरिले लेखेको थियो ।

मणिले त्यो कुनै बालखहरुले लेखेको अनुमान लगाउँदै त्यहि ढुङ्गामा बसेर मनमनै “जुन देशका बच्चाहरु यस्ता देशभक्त छन्, त्यो देशलाई कसैले छुँन नसक्नु पर्ने तर पनि देशमा निरन्तर अतिक्रमण भएकै छ” भन्दै गनगन गर्दै थियो कि फेरी त्यहाँबाट चर्को रुपमा ख्यार–ख्यारको आवाज सुनियो । जस्तो कि कसैले खुकुरी वा कुनै हथियार उदाएको आभाश हुन्थ्यो । मणि यसपटक ढुङ्गामा चडेर गम्भिर रुपबाट चारैतिर नियाल्न थाल्यो । उसले नजिकैको एउटा रुखमा “वीर बलभद्र कुँवर अंमर रहुन !” लेखेको देखिन्छ, यति राम्रो शब्द र लेखाई कुनै बालखको हुन सक्दैन भन्ने सोंचेर उसले अरु चारैतिर नियाल्न थाल्छ । अलि पर एउटा युवकले केहि गर्दै गरेको देख्छन् । ए–भाई मणिले युवा तिर आवाज लगाउँ छन् ।

मणिले बोलाएको सुनेपछि त्यो युवा मणिको नजिकै आएर आफ्नो हातमा भएको खुकुरीलाई दावमा राख्दै हजूर किन बोलाउँनु भयो ? अनि हजूर को हुनुहुन्छ ? प्रश्न गर्छ । मुश्किलले बाईस–तेइस बर्षको नव युवा जोशिलो वा निडर, उज्यालो अनुहार मज्बुत जिउडाल भएको ठिटोको प्रश्नको उत्तर दिँदै म यो ठाउँमा अजनवी हुँ एउटा परदेशी प्रचण्ड घामबाट जोगिन एकछिन एसो बाटो छलेर रुखको ओटलागेको थिएँ भन्छन् ।

यो ढुङ्गामा लेखेको हजूरले हो ? मणिले युवातिर फर्कदै सोध्छन् । होईन ! यो त चिहानबाट निस्केको चित्तकार हो ! युवाले आफुले मुख छोपेको मास ठिक गर्दै उत्तर दिन्छ ।

कस्को चिहानबाट निस्केको चित्कार हो त ? मणिले आश्चार्य हुँदै प्रश्न गर्छन् ।

खलङ्गाको नालापानीमा शाहेद भएका पाँच सय तीस जना महिला बाल–बृद्धा देशभक्तहरुको चित्कार हो यो । “देशलाई जोगाउ” भन्दै आव्हान गरेका छन् । त्यो युवाले अगाडि भन्छ– मैले पढेर डिग्रि पास गरेँ तर छिमेकमा गएर नोकरी माग्न होईन यो देशको लागि शहिद हुनलाई अब कालापानी जाने तैयारीमा छु । त्यसैको लागि मैले अभ्यास गर्दै छु ! त्यो युवकले निर्धक्क भएर भन्दै जान्छ उसमा डर नामको रत्ति चिन्ह देखिदैन । उ जोशिलो, फुर्तिलो निडर छ, यस्ता देशभक्त युवाहरु जन्माएको यो शक्तिशाली देशलाई कसले खोस्न सक्छ ? कसैको हिम्मत छैन । मणिले आफ्नो मन मनै त्यो युवालाई गहिरेर नियाल्दै भन्छ ।

अनि नालापानीको बारेमा केहि भन्दिनु भाई मलाई पनि ! मणिले युवा तिर हेर्दै जिज्ञाशा राख्छन् । “यो देश सदियौँदेखि संघर्ष गरेर बाँचेकोछ “त्यहाँ ति ढुङ्गाहरु देख्नु हुन्छ ? युवाले ठुला–ठुला ढुङ्गातिर ईसारा गर्दै भन्छ । देखे किन ? मणिले प्रश्न गर्छन् ! तिनि वास्तबमा ढुङ्गा होईनन् युवाको कथन सुँने पछि, ति ढुङ्गा नभएर के हुन त ? मणिले आश्चार्य दर्शाउँछन् । त्यहाँ भएका पाँच सय चालिस ढुङ्गाहरु जस्तै देखिने वास्तबमा नालापानीका शहिदहरु हुन् । युवाले बढो गम्भिर लहेजमा भन्छ, उ त्यता हेर्नुस् त युवाले अर्को तिर ईसारा गर्दै भन्छ ! मणिले उसले गरेको ईसारा तर्फ नियाल्दै केछ त्यहाँ ? सोध्छन् । त्यहाँ भएका ति चट्टानहरु मध्यका सत्रवटा एकिकरणमा बीर गति पाएका महान शहिदहरु हुन् । भन्दै उ अगाडि बढ्छ अहिले मणि उसको पछि–पछि हिडेका छन् ।

यहाँ हो, काजि कालु पाण्डे– वि.स १८१४ कृतिपुरको लडाईमा शहिद भएका “चट्टानको माथि लेखिएको थियो । त्यस्तै गरी उ भन्दै जान्छ– काजी तुलाराम पाण्डे– कान्तिपुरको लडाईमा शहिद भएका, काजी नयनसिंह थापा अल्मोडाको लडाईमा शहिद भएका, सरदार भक्तिथापा– १८७१ देउथलको युद्धमा, सेनापति शिवराम सिंह थापा– साँग चोकको लडाईमा, वीर अंमर सिंह थापा– पलाञ्चौकको लडाईमा, जयकृष्ण कुवाँर– तिमालको लडाईमा, प्रशुराम थापा– समनपुरको लडाईमा, सरदार गन्धर्व राणा– काँगडाको लडाईमा, भाष्कर राणा– दिगर्चाको लडाईमा, चौतरिया हस्तिदल शाह– १८७१ अलमोडाको लडाईमा, केहेर सिंह बस्नेत– सतुहुँको लडाईमा भन्दै ति ढुङ्गाहरुमा खरिले लेखेको तिर देखाउँदै, हो यिनै देशभक्त एकिकरणका दूतहरुको चित्कार हो आव्हान हो । हजूरले सुन्नु भएको । यो देशलाई अखण्ड राख्न पृथ्वीनारायण शाहको आव्हान हो । सबैले आ–आफ्नो उदेश्य चिहानबाट सुनाएका छन् । उनीहरु मरेर पनि जिउँदा छन् र हामीलाई प्रेणा दिईराखेका छन् । उक्त युवाको आँखामा ज्वाला थियो, उसले अर्को तिर ईसारा गर्दै भन्छ– उता हेर्नुस् पाँच सय तिसवटा ढुङ्गाहरु जस्मा नाम थिएनन् तर सबैमा नालापानीका वीर शहिद लेखिएको थियो ।

उता ईसारा गर्दै मणिलाई अगाडि भन्दै जान्छ– वि.स.१८७१ मा भएको अंग्रेज र नेपाल बिचको युद्धको बारेमा सुनाउँदै– त्यो ढुङ्गा देख्नु हुन्छ ? त्यो ढुङ्गामा “लाहुरे” लेखिएको थियो । देखे तर त्यसमा लाहुरे किन लेखिएको छ त ? मणिले सोधे ! हो त्यसैको बारेमा भन्दैछुँ मैले “युवाले कथा सुनाउँन थाल्छ– वीर बलभद्र कुँवरले आफु सहित ६०० जना महिला बृद्ध र बालखहरुको फौज लिएर खलङ्गाको नालापानीमा अंग्रेजहरुसँग युद्ध लड्छन् । उनले महिनौं त्यो किल्लाको रक्षाका लागि संघर्ष गरेका छन्, अंग्रेजहरुको आधुनिक हथियार र बिशाल फौजसँग बलभद्र कुँवरले खुकुरी, भाला, हशियाँ, बन्चरा र ढुङ्गाहरुद्वारा मुकाविला गरेका हुन्छन् ।

अंग्रेजका सेनापति जनरल जिलेप्सी समेत कयौँलाई ढेर गराई दिन्छन् तर…के तर मणिले सोध्दछन् । कायर अंग्रेजी हुकुमतले ठुलो षडयन्त्र रच्छ किल्लामा आउँने पानीको मुहान समेत थुनि दिन्छन् तर पनि हप्तौँ भोकै प्यासै संघर्ष गरेर किल्ला गब्जा गरे । अन्तिममा बचेका सहत्तर जाना सिपाही सहित नाङ्गो खुकुरी लिएर बलभद्र किल्लाबाट बाहिर निस्किन्छन् ।

जब अंग्रेज किल्ला भित्र प्रवेश गरे उनी हक्का बक्का भए । युवाले ठुलो स्वस फेर्छ अनि मणि तिर हेर्छ, फेरी के भयो ? मणिले अगाडि प्रश्न गर्छन् । किल्ला भित्र अबोध महिला, बालक र बृद्धाहरुको लास बाहेक केहि थिएन । हतियारको नाममा हँसिया, खुकुरी, खुणा, बञ्चराहरु थिए । भित्र प्यासले र भोकले मरेका बच्च महिलाहरुको लास गनाउँथ्यो । उनीहरुलाई जसले रिङाएका थिए, त्यो शक्ति देखेर अंग्रेजहरु आश्चार्य हुँदै एउटा स्मार्क तैयार पारे “हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खा साथीहरुमा सम्मानोपहार “लेखेको ब्यानर लगाएर शुलुट ठोकेका थिए ।

त्यो १८७१– बाट १८७३ सम्म चलेको युद्धमा हाम्रो देशले ठुलो नोक्सानी ब्यहोर्नु परेको थियो । बलबद्र त्यो सम्झौताको बिरुद्धमा थिए । पछि उनी यो देश नै छाडेर “लाहूर” भन्ने ठाउँमा गए अनि फेरी कहिलेई फर्किएनन्, भन्दा उसको उनुहार रातो पिरो देखिन्थ्यो । आँखामा ज्वाला बोलेको आभाष हुनथ्यो । मणिलाई यो युवाको कथाले आँखा रसाउँन बाध्य गरायो । सुर्यले नेटो काट्दै थिए, युवा यति भनेर बिदा लिईसकेको थियो । मणि बिस्तारै पाईला अगाडि बढाउँदै जान्छन् ।
१८ मई २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार