कथा : छद्वम भेषी

  •   
  •  
  •  
  •  
  •  
  •  

524 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

सबैलाई चिन्न सकिन्छ तर छद्वमभेषीलाई चिन्न अपठ्यारो हुन्छ । आजको बिषय बस्तु यहि थियो ।

कति मिलेको परिवार छ, कहिल्यै त्यो परिवार भित्र झै झग्डा हुँदैन । आजको जमानामा पनि प्रत्येक परिवरका सदस्यहरुलाई सँगसँगै लिएर ब्यबस्थित रुपमा मिलाउँन जानेका छन् । रुपलालले मणिको परवार तिर ईसारा गर्दै भन्छन् । हो उनीहरुको परिवारमा राम्रो एकता छ, बिरेले रुपलालको कुरामा थप्छ ।

आज खालि बसेको बेला साथीभाई भेटघाटको क्रममा एउटा केन्टिनको बाहिर चियाको चुस्कि लिँदै गफ चलेको थियो । भर्खर चिसोको मौसममा आँशिक परिवर्तन हुँदा मार्च तिरको कुरा हो लकडाउँन भन्दा पहिलेको । भन्निन्छ “आलश सैतानको घर हुन्छ” खालि बस्यो कि कुनैन कुनैको पारिवारीक ब्यबहार वा ब्यक्तिगत टिकाटिप्णी सुरु भएकै पाउँछौँ ।

त्यस्तै आज यहाँ बसेका चारै जनाले मणिका कुरा काट्दै थिए, मणि एउटा राम्रो समाज सेवक ब्यक्ति हो । उसँग अरुको कुरा काट्ने खासै समय पनि हुँदैन बरु खालि भएको बेला बचेको समयलाई घरपरिवार, समाजको काममा लगाउँने गर्छन् ।

रुपलाल, बिरे र धनेले मणिको राम्रै तारिफ गर्दै जाँदा नजिकै बसेको चिबेलाई भने पचेको थिएन तर उ अहिलेसम्म केहि नबोलि उनीहरुका कुरा सुन्दै थियो । होनी मणि जीले सामाजिक काम पनि त उत्तिकै राम्रो गर्नु हुन्छ, साथी भाईको काममा रात दिन नभनि अघि सरेको हामीले पनि देखेकै छौँ ! धनेले मणिको प्रसंशा गर्दै भन्छ । क्या तारिफ गर्छौ यार, चिन्नु छैन, जान्नु छैन भन्दै चिवेले ला–प्रबाहीसँग धडाकले आफ्नो बिचार राख्छ ।

तिनै जनाले अहिलेसम्म चुपचाप कुरा सुनेको चिवेको मुख ताक्छन् मानौं यसको मुखबाट अरु केहि खस्छ कि भन्ठानेर । होईन केहि देखेको जस्तै गरि भन्नु भयो हजूरले त, केहि गल्ती फेला पार्नु भाकोछ र मणिको ? रुपलालले एकछिनको मौनतालाई तोड्दै चिवेसँग सोध्छन् । कति हो कति मैले चाहें भने एकैछिनमा पिटा पिट गराई दिन्छु ! भन्दै चिवेले ब्यांग्य कस्छ ।

कस्ता–कस्ता मै हु भन्ने पनि फेल भए हामीले देखेकै कुराहो– धनेले भन्छ, होईन कसैको घरमा झग्डानै किन गराउँन पर्योर हामीले ? बिरेले प्रश्न गर्छ । एउटा राम्रो समाज सेवक मान्छेलाई आजको दिनमा सितिमिति भेटाउँन गारोपर्छ, एक आध भएकालाई पनि बिगार्ने प्रयात्न गर्छौ ! धनेले चिवे तिर हेर्दै अलि चर्को स्वरमा भन्छ । हजूरहरुले पनि मेरो कलालाई मान्नै पर्छ, आज्ञा दिनुश दाई भाईको ता कुरै छाडौँ उनी दुईटा जोई पोईको कुटाकुट गराई दिन्छु ! चिवेले आफ्नो तारिफ गर्छ ।

होईन यार यहाँका त गफमात्रै हुन उनीहरुको बिच कहिल्यई लडाई हुँदैन– रुपलालले नपत्याउँने पारामा भन्छन् । सबै एकचोटि चिवे तिर फर्केर खितिति हाँस्छन् । होईन यस्ता कुरा मणिका कानमा नपार्नु है, कतैबाट उनलाई नराम्रो लाग्ला । धनेले सबैलाई चेताउँदै भन्छ । ओहो डरपोक मैले मणिलाई भनेर पनि उनीहरुको लडाई गराई दिन सक्छु । फेरि चिवेले दावा गर्दै खितिति हाँस्छ ।

चिवेका यि बिचारहरु सुनेपछि तिनै जनालाई चिवेलाई अज्माउँने जिज्ञासा जाग्छ । होला कुनै दिन यहाँको परिक्षा लिनै पर्ने भयो ! रुपलालले चिवे तिर हेर्दै ब्याँग्य कस्छन् । रुपलाल जि मेरो खुबि देख्ने मनछ भने मैले हजूलाई पनि टेलर देखाई दिन्छु । चिवेले रुपलाललाई वार्गेनिड्ग गर्छन् ।

उसको कुरा रुपलाललाई बर्दास्त हुदैन– हौस् ल चिवे जी मणिका कुरा छोडौँ, अहिले उहाँ पनि हुनुहुँदैन । हामी दुईजानको बिचमा झग्डा गराई दिनुस ला, रुपलालले उसलाई चुनौति दिन्छन् । अहिले चिया पनि पिएर सिद्धि सकेको थियो । हौस् भन्दै रुपलालको चुनौतिलाई स्विकार्दै यहाँबाट सबै चारै जना बिदा हुन्छन् ।

केहि दिन पछि एउटा कार्याक्रमको आयोजना भएको बेला सबैको फेरि जम्का भेट हुन्छ । साहेद आठ मार्चको कार्याक्रम थियो । महिलाहरुले कार्याक्रमको सञ्चालन गर्दै थिए, यहि द्वौरान रुपलाल कै बराबरामा बसेको चिवे जुरुक्कै उठेर रुपबती नेर पुग्छ हलमा खासै भिड थियो, अलि कति एकान्त बोलाएर कानमा चिवेले केहि भन्छ अनि दुबैले एक अर्कालाई हेरेर खिसिक्क हाँस्छन् । अनि चिवे आफ्नो सिटमा गएर बस्छ । रुपलालले होन हो कुनै न कुनै गलत कुरा मेरो बारेमा भनेर हाम्रो बिच लडाई पार्न खोज्यो भन्ने संका गर्छ । कार्यक्रम राम्रै सु–सम्पन्न हुन्छ । सबै यहाँबाट आ–आफ्ना घर तिर लाग्छन् ।

रुपलाल र रुपबतिले घरमा खाना पकाउँछन्, अनि खानाखाने क्रममा– होईन त्यो चिवेले के भन्यो तिम्रो कानमा हँ ? रुपलालले रुपबतिसँग सोध्छ । के भन्ने केहि पनि भनेन् ! रुपबतिले उत्तर दिन्छिन । होईन किन लुकाउँछिउ मसँग भनन भन के भन्यो ? त्यो चिवेले, रुपलालले फेरि बिन्ति गर्छ । उसलाई लाग्या छ रुपबतिले केहि त लुकाएकै छन् । त्यो फटाले केहिन केहि त अबस्य भनेको छ । त्यसले तेरो घरमा झग्डा पार्छु भनेर चेलेन्ज दिएको थियो । रुपबति भनन् के भन्यो ? होईन कस्तो बिश्वास नगरेको हो मसँग उसले केहि पनि त भनेको होईन नि ।

रुपबतिले निरास हँुदै भन्छिन् । मैले देखिन भनिछौ ? मेरो सामुन्ने तिम्रो कानमा केहि कुरा भनेको मेरै आँखाले देखेको हो । तिमिले पनि मसँग ढाट्नु किन पर्यो । होईंन मसँग उसले केहि पनि भनेन, यो क्रम अलिबेर चल्छ । रुपबतिले रुपलालको ब्यबहार देखेर केहि भनेन भन्दा पनि कस्तो बिस्वास नगरेको– भन्दै उसले खाना छाडेर हात धुन जान्छिन् । उसले पनि रिसाएर खान खादैन । रुपलाललाई लागेकोछ पक्कापक्कि उसले केहि भनेको छ, जो उसले रुपलालको सामुन्य कानमा भनेकै हो । उता रुपबतिले होईन भनेर उल्टा शंका गर्ने भन्दै रिसाएकि छिन् । उसले भनेको कुरा भन्न किन डराउँने तिमि अहिले रुपलाल चर्को स्वरमा रिसिँदै भन्छ ।

उ रुन थाल्छे आज उनीहरु भोकै आ–आफ्नो कोठामा गएर पल्टिन्छन् । निद्रा भने कसैलाई लागेको छैन, यता रुपलाललाई झग्डा गराउँने भनेर चैलेन्ज दिएको ब्यक्तिको कुरा लुकाएकोमा रुपबतिलाई दोषि सम्झेकोछ । आर्कोतिर रुपलालले शंका गर्यो भन्दै रुपबति रिसाएकि छ । रात जसरी तसरी बित्यो भोलि पल्ट बिहानै रुपबति माईत जान लागि रुपलालले पनि खासै रोकेन । उनीहरुको यति राम्रो घरपरिवारमा आज कलेश मचिएको थियो ।

यहि बेला बिरे र धने आइपुग्छन् । यहाँको माहोल देखेर उनीहरु आश्चार्य हुन्छन् । भाउजु कहाँ जान थाल्नु भयो ? बिरेले रुपबतिलाई सोद्छ । रुपबतिले केहि नबोलि रुपलाल तिर हेर्छिन । होईन दाई के भयोर ? धनेले सोद्छ । के हुने आफ्नै श्रीमतिले दुश्मनको साथ दिए पछि । तिमि हामी सबैले त देखेका हौँ हिंजो चिवेले ईनको कानमा केहि भन्दै थ्यो । हो त्यो त के भनेको रैछ ? त्यसले बिरेले प्रश्न गर्छ । सोध तिमिहरु आफै ! रुपलालले भन्छ उसले म सँग केहि पनि भनेन भनेको भए यहाँसँग मैले किन लुकाउँथे । भन्दै रुपबति रुन्छिन । उनीहरुको बिहे पनि दुई बर्ष पहिले राम्रै प्रगतिशिल भएको थियो, बाल बच्चा भने थिएनन् । अहिलेसम्म कत्ति चर्को नबोल्ने रुपलाल आज झण्डै हातछोडेको थिएन । यो रुपलालको घरको अबस्थालाई कसरी दुरुस्त गर्ने । अब चिवे कतै गएकोछ, यहि बेला लकडाउँन शुरुभयो अबत । रुपलाल पनि घरमा आगो जस्तै भयका छन् । उता रुपबतिले कसैको नसुनेर माईत गईन लकडाउँन पछि उनीहरुलाई बोलाएर आम्ने साम्ने नगर्दै घर जोगिने चान्स छैन ।

मैले पठाक बर्गसँग अनुरोध गर्छु आखिर चिवेले के भने होला जो रुपलालको घरमा कलेश भयको छ ? कृपय कमेट गर्दा राम्रो जानकारी भए गराउँनु होला ।

२४ मई २०२०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *