कथा : छोरी

481 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

मुसलधारा पानी परेको भएपनि बसबाट ओर्लेर मणि आफ्नो क्वाटर तर्फ छिटछिट्टो पाईला चाल्दै छ । बर्षाको मौसम भएकाले झोलामा छाता राखेको थियो । त्यो छाताले उसलाई मद्त मिल्यो तर पानी अलि ठुलो परेकोले गल्लि सडकमा पानी भरिएको थियो साथै बाइस्टोले क्वाटरमा पुग्दासम्म उ चुत्रुक्कै भैसकेको थियो । लगातारको बर्षाले मौसम चिसो थियो । रातभरिको अनिदो त्यसमाथि पानीमा भिजेकोले उसको टाउको सारै दुखेको थियो । आफ्नो टाउकामा गम्छा कसेर बाँध्यो । क्वटरमा पुग्दा उ एकप्रकारको बिमार नै भएको जस्तो लाग्थ्यो ।

बाहिर गेटबाट भित्र पस्दा पस्दै उ रोकियो “कता ठसठस कनेको स्वाँस्वाँ स्वास फेरेको जस्तो महशुष गर्यो र मणि भित्र नपसि गेटबाट फर्कियो । त्यो स्वाँस्वाँ गर्ने तिर गयो भित्र हेर्दा आश्चर्या भयो पानी चुहिएको यता उता माझमा चारपाई राखेर सरिता पल्टेकि थिइन् । सिरानी तिर उनको तिन चार बर्षकि छोरी बसेकि थिन् । उनलाई धेरै बिसन्चो भएको रहेछ ।

के भयो ? मणिले सोधछ, सञ्चो छैन ममिलाई त्यो सिरान मै बसेकि बालिकाले निराश स्वरमा उत्तर दिन्छिन “उनी असहनिय पिडाले फत्रेफत्रे गर्छिन् । त्यो दृष्यले मामिला अलि गम्भिर महशुष गर्दै मणि केहि नबोली आफ्नो क्वाटर तिर फर्किन्छन् । भित्र अर्को कोठामा माइली र उनका दुईटा ससाना बच्चाहरु बसेका थिए । मणिले आफ्नो कोठा खोल्दै माइलीलाई बाहिर सरिताको हालत बारे भन्छ ।

उनको लोग्ने केहि दिनको लागि बाहिर कतै काममा गएका थिए, रातीबाटै पानी परेकोले माइली पनि बाहिर ननिस्केको र उनलाई थाहा नभएको बताइन् । एउटै घर भए पनि सरिताहरु गेट बाहिरको रुममा बस्दथे । माइलीको परिवार भित्रका बेग्लै रुममा एउटा रुममा मणि बस्थे । आज रातीबाटै पानी परेकाले उनीहरु आ–आफ्नो कोठा मै बसे । उनी बिमारी भएको माइलिलाई भने पछि उनी बाहिर सरिताको रुममा तुरुन्तै जान्छिन् । मणि पनि सँगसँगै जान्छ, माइलीले के के मेथि गरेर पानी उबालेर दिन्छिन् ।

माइलीले उनको अबस्था गम्भिर भएको बताउँदै डाक्टर कहाँ लानु पर्छ भन्छिन् तर सरिताले भने आफ्नो लोग्नेलाई सुध्नु पर्छ की उहाँले के भन्नु हुन्छ भनेर जवाफ दिन्छिन् । उनी बोल्न सकिराखेकि छैनन्, उनको लोग्ने तिन चार दिनको लागि कतै बिबाहको भांसे भएर गएका हुन् तर कुन ठाउँ गए त्यो पनि थाहा छैन । नउनीसँग सम्पर्क नम्बर छ । उनलाई कता खोज्ने यो जटिल समस्या परेकोछ ।

उनीसँग पैसा पनि छैन, यो बेला मणिको खोल्टि पनि खालि थियो । पैसा माइलीसँग पनि छैन । मणि फेरी बाहिर सरिता भएको ठाउँमा पुगेर “हजूरलाई बढि बिसञ्चो भएको रैछ, हिँड्नुस डाक्टरकोमा ।” भन्छ, उहाँसँग सोध्नु पर्छकी.. उनले फेरिपनि त्यहि जवाफ दिन्छिन् । उनलाई प्रसव पिडा लागेको छ अब यो बेलामा उनको श्रीमानलाई खोज्ने कि नर्शिङहोम लिएर जाने, यो निर्णय मणिलाई नै गर्नु परेको थियो । यस्तो अबस्थामा मणिको निद्रा भोक सबै हराएको थियो । मात्रै एउटा बिचार दिमागमा घर गरेको थियो, महिलालाई डाक्टरकोमा लग्ने त्यसको लागि पैसा पनि खोज्नु परेको थियो ।

यहाँ बसेका तिनौवटै परिवार बेग्ला बेग्लै ठाउँका भए पनि सामाजिक र बर्गिय नाताले एउटै परिवार जस्तै बसेका थिए । मजदुर त्यो पनि प्रवासीहरुसँग भनेको बेलामा धन पैसा कहाँ हुन्छ ? सबैले मजदुरी गर्छन् र आफ्नो र परिवारको पालन पोषण मै ज्याला सिद्धिएको हुन्छ । नमे पनि विवाह पार्टीमा भांशे कहिले वेटर बनेर जान्थे । हिँजो आज बिहेको सिजन थियो र उनलाई तीन चार दिनको काम मिलेको थियो, त्यसैले उनी काममा गएका थिए ।

जे जसरी भए पनि यस्तो अबस्थामा त हो काम आउँने एउटा समाजिक संगठनको नाताले पनि मानिसको दुःखमा सामिल हुने प्रेणा दिएको हुन्छ । मणिले ढिलो नगरी माइलीलाई डाक्टरकोमा लिएर जान अह्राउँछ उनी पनि तयार गराउँ छिन् मणिले रिक्शा लिएर आउँछ । रिक्शामा बसालेर सरितालाई माइलीले नर्शिङहोम तिर लग्छिन् । मणि पैसा सापट माग्न एउटा (लाला) धनिकोमा जान्छ ।

एकैछिन पछि फर्केर आउँदा तिनवटा बच्चा मध्य एउटा सरिताकि सानी छोरी त्यहाँ थिइनन् अरु दुईवटा बच्चालाई सोद्धा दिदी ता गई भन्छन् । ओहो कति हैरन हो यो पानीमा त्यो बच्चि कता गई होली, भन्दै मनमनै गन्थन गर्दै मणि त्यो बिच्चिलाई खोज्न जान्छ । उसलाई पानीले भन्दा भागदौडको पसिनाले भिजाएको छ । अहिले झन् ठुलो समस्या आई लाग्यो उ ढिला नगरी बच्चिलाई खोज्न दौड्छ । एक छिन पछि उसले त्यो बच्चिलाई फेला पर्दा उ आश्चार्य हुन्छ, उसको पैतालाबाट धर्ति नै खुस्किएको जस्तो हुन्छ । त्यो बच्चि मेन हलमा फसेकी छ तर घाँटी माथि पानी आएको छैन रोइरहेकि छे । कसैले सडकमा मेन हलको ढक्कन खोलेको रैछ । त्यसैमा त्यो बालक परेकी धन्न त्यो बन्द रहेछ । नत्र उ त्यसैमा डुब्थि ।

मणिले उसलाई निकालेर क्वाटरमा लग्छ अनि नुहाई दिएर कपडा लगाउँन थालेकै हुन्छ माइली टुप्लुक आई पुग्छिन् । उनी पनि हतारमा थिइन् । रिक्सालाई बाहिर उभाएर केहि आबश्याक कपडा लिन आएकि रैछिन् । सरितालाई नर्शिङ होममा दाखिला गरेर । “लिनुस दाई यो औषधी ल्याई दिनु होला छिट्टै”, भन्दै उनले आफ्नो हातमा भएको डाक्टरको प्रचि मणिलाई थमाई दिइन । हौस, भन्दै मणिले अब कस्तो छ हाल ? सोध्छ । “खै दाई बच्चा उल्टापरेको छ भन्छे, डाक्टरनीले अझै केहि थाहा छैन” माइलीले भन्छिन् र रिक्शामा समान लिएर हिड्छिन् । बच्चाहरुलाई नास्ता बनाई दिएर भित्र थुनेर मणि पनि औषधी लिन साईकिलमा हिँड्छ, पानी अंझैपनि ब्यारब्यार गरेकै थियो ।

मणिको आफ्नो परिवार स्वदेश मै बस्थे तर सामाजिक नाताले यि सबैलाई उसले आफ्नै परिवारको एउटा हिस्सा मान्दथ्यो । यहाँ प्रवासमा मजदुरहरुको एक आर्काको आड बाहेको आर्को के सहारा नै थियोर ? स्थानीए मजदुर भन्दा पनि प्रवासीहरुको अति रिक्त समस्या हुन्छ । त्यसैले पनि प्रदेशमा मजदुरहरुको एकता अनिवार्य हुन्छ जस्तै माछालाई पनिको जरुरी हुन्छ, त्यस्तै प्रकारले प्रदेशीहरुलाई एकताको खाँचो हुन्छ ।

मणि एकैछिन पछि मैडिकल पुग्छ र औषधी लिएर नर्शिङहोम जान्छ, त्यहाँ मरिजको बारेमा हालचाल सोध्छ । अझै समय लाग्छ भने पछि आफु त्यो धनि कहाँ जान्छ जोसँग बिहान पैसा रिन मागेको थियो । पानी परे पनि चिसो बढे पनि मणिलाई पसिना आउँन छाडेको छैन ।

उसले फेरी धनिसँग पैसा सापट लिएर क्वाटरमा जान्छ त्यहाँ ति बच्चाहरु खेलिरहेका हुन्छन् । अनि उनीहरुलाई टोफि दिएर मिलेर बस्न भन्छ, आफु एक्छिनमा आउँछु भन्दै फेरी उ अस्पत्ताल तिर लाग्छ ।
अस्पत्ताल पुग्दा सरिताको छोरी जन्मिए कि छन् । जच्चाबच्चा ठिकठाक भएकोले नर्शिङ होमबाट छुट्टि गराउँछन् र क्वाटर मै लिएर जान्छन् ।

यति बेला बल्ल मणिको मुहारमा घाम उदाएको जस्तै उज्यालो छ । उसलाई चिन्ता थियो, कुनै ठुलो समस्या आइलागेको भए अर्काको परिवारको जवाफदेही उही थियो ।

भोली सरिताको लोग्ने कति खुशि होला हाम्रो ब्यबहार देखेर मनैमनमा मणि हर्षित थियो । क्वाटरमा साफ सफाई गराएर न्यानु लुगा बिच्छाई दिइन माइलीले, उनलाई खाने कुरा पकाई दिईन् ।

अब बल्ल पानी बिदो भएको थियो । आजको दिन यस्तै झमेलामा बित्यो न निद्रा नभोक नै लाग्यो । अब बल्ल भोकको अहसास हुँदैछ । माइलीले दालभात पकाउँछिन र खाएर आ–आफ्नो रुममा जान्छन् । सरिताको लोग्ने पर्शि साँझ बल्ल आउँछन् । उनले भित्र पस्दै के जन्माईस ? भनेर प्रश्न गर्छन् उनले छोरी भनेर उत्तर दिन्छिन् । फेरी पनि छोरी.. ! उसले प्रति प्रश्न गर्छ सबैले एक अर्काको अनुहार तिर हेराहेर गर्छन् । नमेको मुहारमा अंध्यारो बादल छाएको भान हुन्छ । उ अहिले धेरै थाकेको जस्तै एउटा खाली चारपाईमा पल्टिन्छ, नमेलाई उदास देखेपछि, होस आराम गर्नुस भन्दै आफ्नो रुममा फर्किन्छ ।

मणिले एउटा मिठाईको डिब्बा ल्याएको थियो डिप्टिबाट आउँदा । आज उसको साथी खुशी हुन्छ र यो मिठाई उसको नामबाट बाँट्न पठाउँछु भनेर ।

त्यो नभनि नभनि आफ्नै कोठा भित्रै एउटा टेबुलमा लुकाउँ छ । आखिर कस्तो छ चाहान सबैमा छोराको “किन ? यो प्रश्नको उत्तर खोज्ने प्रयास गर्दा आज पनि मणिलाई निन्द्र लागेको छैन ।
७ मार्च २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *