कथा : जापानी मकैको आटो

  •   
  •  
  •  
  •  
  •  
  •  

418 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

देश दुनियाँ आज लाकडाउनको चपेटमा छ तर सबै भन्दा दर्दनाक अबस्था भनेको मज्दुर बर्गमा आएको अनिकाल हो । मणिले पुरानो दिनको समरण गर्दै भन्छन् त्यो भन्दा पनि भयावह अबस्था श्रृजित भएको छ प्रवासी मजदुरहरुमा यो लकडाउँनले मलाई धेरै पुरानो देशमा आएको अनिकालको संझना गरायो ।

यहाँ केहि असाह्य अबस्थामा परेका साथीहरुलाई राहत बितरणको मौकामा कथा सुनाउँदै मणिले भन्छन् । पहाडमा कयौँ घरहरु यस्ता पनि छन्, कयौ कष्ट झेलिरेका थिए । उनलाई हिंजो र आजमा खासै फरक नहोला ।

सानो चारपाखे घरमा पालि गाँसेर बनाएको ढिक्र्यारमा बसेर फुच्चेले दिदी जेई कहाँ जानु भयो ? कहिले आउँनु हुन्छ ? भन्दै ठ्याँस–ठ्यास गर्दैछ । सुन्दैनस ? भनिता रहिछु गोरु खोज्न जानुभएको छ ! स्यान्दिदीले जर्किंदै भन्छिन् ।

असिना र पानी आएर आगन भरिएको छ, ठुला–ठुला अशिना सेतम्यै आगन भरिन्छ । भित्र पानी चोएर स्यानिले कतै बाल्टी कतै थाल राखेकि छन् । आर्कि काखकी नानी चोँयाको झोलंगामा सुतिरहेकि छ । फुच्चेले घरि झोलंग्गो चलाई दिन्छ । नचलाउ भाई अहिले बैनि फुल्याउँन अपठ्यारो हुन्छ भन्दै स्यानीले सम्झाउँ छिन् । उसलाई भोक लागेको थियो त्यसैले मान्दै मानेको हुँदैन ।

दुई बर्षकि नानी झोलंगामा पाँच बर्षको फुच्चे र नौं बर्षकी स्यान्दिदी घरमा थिए । बा–बा सदै लाहुर बस्ने घरभरीका लाला बालालाई आमाले नै स्याहार सुसार गर्नु पथ्र्यो । यति ठुलो अशिना र पानी पर्दा माईलीको अत्तोपत्तो छैन । सबै डियाँ आए तर एउटा बुके गरुन् । आएकोले गोरु खोज्न भनि घरबाट निस्केको एकछिन् पछि ठुलो असिनो र पानी पर्यो । उनले एउटा बोरी उचालेर गएकि थिइन् । त्यो बेला पानी परियो भने काम आउँला भन्ने उदेश्यले त्यो बोरी लगेको होला ।

रात झमक्कै पर्दा आमाले बुके गोरुलाई लिएर टुप्लुक आउँनु भयो । फुच्चे आमालाई देखेर पछिपछि भिजेको गुनियो छोपेर हिँड्यो जेई भोक लाग्यो भन्दै ।
माईलिले भिजेका लुगा फेरेर ढिलो नगरी आगो बालिन धन्न दियालो ओबानोमा राखेकाले आगो सैलरी बल्यो नत्र यो मौसममा आगो बाल्न गारै हुन्छ ।

यो बेला देशभित्र ठुलो अनिकाल परेको थियो । घरमा खाने घर्च थिएन, बनका तिते गिठाहरु पनि खनेर सकिएका थिए । तोरीको तेल निकालेपछिको खलिलाई मिलबाट किनेर त्यो पोलेर खाएर पनि प्रणा धानेका थिए तर हिंजै आमाले दुई पाथि जापानी मकै पाँच रुपियाँ पाथिको दरले ल्याउँनु भएको थियो । धन्न बिहानै त्यो मकै माना दुई पिसेर डालामा राख्नु भाको रैछ । अशिनाले कुटे पनि एक औंछा न्युरोकोसँग फाँदमा राखेर ल्याउँनु भाको थियो । टाउकोमा अशिनाले ठटाएर फुरौला परेको थियो बोरीको माथिबाट पनि टाउकै भरी फुराल परेको थियो ।

स्यानि त्यो डालामा आटोछ ल्याउ ! जेईको आदेश मान्दै स्यानीले डालो ल्याई दिन्छिन्, स्यानी बैनीले आमाको दुध खाँदै थिई फुच्चे अगेनामा आगो तापेर बसेको थियो, घरी ठेँस्, ठेस् कन्दै भोकले घरी उघ्रदै निद्राले बिचरा बालख ता हो । जेईले आटो छिन्केर साग र आटो पकाई सक्नु भयो अहिले आटो थालमा राखेपछि फुच्चे अनि स्यानि न्याङ–न्याङ गर्दै थिए उनीहरुलाई जापानी मकैको आटो घाँटीबाट तल गयन स्यानीले जुरुक्कै उठेर बाहिर बान्ता गरेर आईन, फुच्चेले न्युरोको सागसँग थोरै आटो खाएर भ्रयाङको आस्न आफ्नो थाल राखेर आयो उ आमा तिर गुन्द्रिमा गएर पल्टियो निधाएछ ।

त्यो खै कुन्नि कस्तो मकैको प्रजाति थियो देख्दा पहेँला लामा लामा बुढा मान्छेका खप्परे दाँत जस्ता थिए । त्यसबाट कुहेको वास आउँथ्यो जापानमा त्यहाँको पसु पनि बिमारी हुन्छन्, भनेर त्यहाँको सरकारले त्यो फ्याँक्न थालेको मकै हाम्रो देशको तत्कालिन राजाले यो फ्याक्नु भएन, हाम्रो देशका जनतालाई अन्नको खाँचो छ भनेर देश भित्राएको भन्ने सुन्निथ्यो पछि । तर यथार्त केहो ? त्यो भने कसैलाई थाहा भैन ।

एक दिन भरी लाईनमा लागेर एकजनालाई दुई पाथिका दरले त्यो पाँच रुपियाँ पाथि बितरण गरिएको थियो । आज यो घरमा पहिलो छाक थियो जो कसैलेपनि खाएनन् ।

बरु खलि पोलेर जसरी तसरि छाक टार्ने गरे यो मकैको आटो खानै सकेनन् । डुङ्ग गाना हुथ्यो पछि पछि त कसैका घरमा पाकेकोछ भने पुरै गाउँ गनाउँथ्यो । भोलि पल्ट त्यो ताउँलामा राखेको पानी पनि गाई बाच्छाले पिएनन् ।

आमालाई थाहा थियो राती कसैले पनि खाना खाएका छैनन् । बिहानै एउटा मसुराको रोटी बनाएर तिन भैनालाई बाट दिनु भयो । त्यो मसुराको रोटी खुसि भएर खान्थे । जेई दिउँस पनि यस्तै रोटी पकाई दिनु होला है ! स्यानिले हँशिया र नाम्लो उचाल्दै भन्छिन् । है जेई मलाई पनि आटो न पुकाउँनु है त्यो जापानी मकैको, फुच्चेले स्यानीको समर्थन गर्दै भन्छ । अनि आएर आफ्ना कम्ला औँलाहरु आमाको गालामा फेर्छ । आमा भाबुक हुन्छिन् । नबोली नबोली आफ्ना फुल जस्ता बच्चाहरु तिर करुणा भरि दृष्टिले अबलोकन गर्छिन् । यस्तो लाग्छ उनी केहि भन्न खोजेकिछन्, तर भन्न सकिराखेकि छैनन् उनले चाहेर पनि बोलि फुट्दैन ।

आमाको के समस्या थियो, यि अबोध बालखहरुलाई केथा उनलाई त आदेश दिए भैई हाल्छ । उनीहरु घाँस काट्न गए, यता माईलिले घरको काम सबै निप्टाईन । होँचो घर त्यो पनि खरले छाएको भएर होला कसैलाई पनि टुक्किलिएर भाईर जाँन दिदैनन्, खरको छानो अनि होँचो घर जसरी तसरी गुजारा गर्नै पथ्र्यो ।

आफुले दिनमा तिन भारी घाँस न काट्दै लाला बालालाई पुग्दैन थ्यो । दाउँरा घाँस अनि स्यार सुसार सबै माईलीलाई नै गर्नु पथ्र्यो ।

यहि जापानी मकैको लाईनमा लाग्दा दुई दिनलाई घाँस काटेर राख्नु परेको थियो । तर त्यो पनि ब्यार्थै भयो बरु दश रुपियाँको खलि बेसाएको भए एक बोरा आउँथ्यो ।

त्यो दिन र आजको दिनमा कत्ति फरक भएको छैन, तर के मा फरकछ भने त्यो ताना शाही राजतन्त्र थियो । त्यसको बिरुद्धमा बोल्न सकिन्न थ्यो । आज गणतन्त्र छ चिच्चाउँन सकिन्छ, तर बोलि पहरमा ठोक्केर फिर्ता आउँछ । कसैले सुन्दैनन् । यो लकडाउनको अवधीमा गरिब मजदुरको हाल त्यस्तै भएको छ । कयौँलाई आज पनि आफ्नो घरमा चोर जस्तरी लुकेर जानु परेको छ– भन्दै आफ्नो पुरानो कथाको बिट मार्छन् ।

२१ मई २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *