कथा : भेदभाव

  •   
  •  
  •  
  •  
  •  
  •  

445 जनाले पढ्नु भयो ।

प्रेम गायक

बाटुलि र शुन्तलि छिमेकि हुन।
छिमेकी भयर पनि शुन्तलिले कहिलेई छिमेकिको ब्यवहार गरिनन।

शुन्तलिमा दुई चिजको घमन्ड थियो उनि त्यसैमा गर्व पनि गर्दथिन।

उनलाई यि दुई चिजमा घमन्ड थियो
एक : आफु ठुलो जात भयकोमा।
दुई : आफुले छोरा छोरा पाएकोमा।

बाटुलिमा भने यिनै दुई चिजको कमि थियो न उनि ठुलो जातकि थिईन।
न त उनका छोरा नै थिय।

यसै कारण मौका मौकामा शुन्तलिका बाॅणजस्ता शव्द सहेर बस्नु परेको थियो बाटुलिलाई।

मर्दा किरिहे गर्ने छोरा सम्म नपाउने त पाउॅदै नपाई बाॅजै बसेनि हुनि
छोरा नभय पछी अपुतालि पर्यो भन्नि यस्तै यस्तै घोचपेच गर्थिन शुन्तलि।

त्यस्तै जातपात र छुवाछुतको पनि अतिनै भेदभाव गर्थिन।

उनको हेपाई र पेलाईले गर्दा गाउॅनै छोडेर कतै जाउॅ जस्तो सोच्थिन बाटुलि।

तर पनि रोगा बुढा र दुई छोरी लिएर कहिं जान सक्ने कुरा भयन।

शुन्तलिका बुढा धेरै वर्ष पहिलै संसार छोडि सकेका थिए।
एउटा छोरा बिदेश गयको।थियो ।

एउटा चाहिं काठमांडौमा जागिरे थियो
सबै परिवार उतै बस्थे।

बुढि भने एक्लै थिइन घरमा।

बाटुलिका दुई छोरीहरु पढ्दै थिए।
ठुलिछोरी अतिनै मिलनसार अनुशासित र दयालु पनि थिईन।

आफ्नो बाबा रोगा बिमारी भयको भयर पनि होला बुढाबुढी बिमारी दुखि गरिव अपङगा प्रति अति मायां गर्थिन।

एकदिनको कुरा हो अचानाक शुन्तलि बिमारी परिन।
ऐया बाबा ऐया आमा मरें भन्दै छट्पटाउन थालिन।
गाउॅमा अरु कोही थिएनन।

बाटुलिकी ठुलि छोरीले उनको अवस्था हेरिन उनलाई तुरुन्तै अस्पताल नपुर्याय बचाउन नसक्ने निचोड निकालेर फोन गरेर एम्वुलेन्स बोलाएर डाक्टर सॅग लगिन ।

डाक्टरले चेकअप गरेर तुरुन्तै अप्रेशन गर्नु पर्ने अलिकती ढिला गरे पनि बचाउन नसकिने र अप्रेशन को लागी रगत दिनु पर्ने बताय।

उता शुन्तलिका छोरालाई काठमांडौमा फोन गर्दा लकडाउन का कारण आफु ऑउन नसक्ने बताए।

शुन्तलिको ग्रुपको रगत अस्पतालमा स्टक छैन भनेर ल्याव ईन्चार्जले जानकारी गराए।

शुन्तलिको चानस पनि भन्नु पर्छ र संयोग पनि ।
तिनै बाटुलिकी छोरीको रगत मिल्ने भय पछी उनि रगत दिन तयार भईन।

शुन्तलिको अप्रेशन सफल भयो होश खुल्यो अनि उनले डाक्टर साहेव मेरो प्राण बचाउनु भयकोमा धन्यवाद हजुरलाई भनिन।

तपाइले मलाई हैन धन्यवाद यि नानिलाई दिनुहोश ।
मैले त मेरो कर्तव्य पुरा गरेको हो
मेरो डिउटीको पालना गरेको हो।

तर यस्तो लकडाउन को बेलामा अस्पतालमा रगत नभयको अवस्थामा
यत्रो सानो उमेरमा यति जिम्मेवार भयर

आफ्नो शरिरको प्रवाह नगरी रगत दिएर बचाउने यिनीहुन तपाईको भगुवान यिनलाई दिनुहोश धन्यवाद ।

यति भनि सक्दा शुन्तलि ऑशुमा डुबेकि थिईन।
अनि तिनै छोरीको हात समाउॅदै रुंदै भन्न थालिन।
छोरी मलाई माफ गर मैले तिमीहरुलाई कहिलेई मान्छेको दर्जामा राखिन।

कैलेई तिमीहरु को अस्तित्व सिवकारिन।
कुकुरलाई भणार सम्म पुराएॅ तर तिमीहरुलाई बलेनि बाट माथि चढ्न दिईन।

तिम्रो हातको पानि नचलाउने म आज तिम्रो रगतले बाॅचेकि छु।

तिमीहरु छोरी भयकै कारण तिम्रो आमालाई पनि हेला गरेकि छु।

आज मेरा छोरा भयर पनि कहाँ छन कहाॅ यो अप्ठेरोमा मलाई सहयोग गरी बचाएउ तिम्रो गुन म कहिलेई तिरेर सक्ने छैन।

बाटुलिकी छोरी पनि ऑशु बगाउॅदै हैन आमा त्यस्तो नभन्नुहोश।
आज तपाईको ठाउमा मेरो बाबा ममि बिमारी भयको भय पनि त मैले यो सबै गर्ने थिएॅ।

त्यही शम्झेकि छु मैले अन्यथा केही नसोच्नुहोश।
तपाई मेरो आमा हो म हजुरको छोरी हो।

वास यत्ति मात्रै सोच्नुहोश।

Leave a Reply

Your email address will not be published. Required fields are marked *