कथा : मजदुर

  •   
  •  
  •  
  •  
  •  
  •  

334 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

प्राय सबैजसो कल कारखानाहरुमा ताला लगाईएको छ । मजदुरहरू काम बिहिन छन् । मजदुरहरुसँग जीवन धान्ने श्रोत औजार भनेको आफ्ना यि दुई हात बाहेक के हुन्छर, तर आज यो लकडाउँने गर्दा त्यो पनि बन्दछ । अरु कुनै उपाय पनि छैन ।

दिउसोको करिब एक बज्न थालेको थियो । गर्मि पनि योवनमा थियो रवि घरभित्र आएर रित्तो झोला सँगै चटाईमा थच्कै बस्छ । मानौं त्यो आज अत्यान्तै थकित छ । त्यहाँ स–साना बाबु र नानी खेल्दै थिए, आफ्नो बाबा आएको देखेर दुबै खुसि हुँदै काखमा गएर बस्छन् ।

मिनिले किचनबाट गिलासमा पानी लिएर दिदैँ के भयो ? उदाश हुनुहुन्छ हजूर त, समान लिन जानुभएको होईनर ? भनेर प्रश्न गर्छिन । हो.. हुनत तर, ..तर के ? रबिको कुरा न सिद्धिदै मिनिले आश्चार्य हुँदै सोध्छिन् । त्यस्तो केहि होईन लालाले पहिलेको पैसा दिए पछि बल्ल समान दिन्छु भन्यो अनि रित्तै फर्किएँ’ रविले मिनि तिर पिर्लुक्क हेर्दै उत्तर दिन्छ, अनि लामो सुस्केरा हाल्दै मन्टो झुकाउँछ ।

अब कसरी गुजारा गर्ने होत ? मिनिले प्रश्न गर्छिन् । जस्को रविसँग पनि कुनै उत्तर थिएन र उ केहि बोलेन । बच्चाहरुले भने बाबाको खोल्टिमा केहि खोजी रहेका थिए तर उनले केहि पनि पाएनन् । साहेद चक्लेट खोजेका होलान ! उनीहरु दुबैको अनुहार मलिनो थियो । यो देखेर रविले बच्चाहरु फुल्याउन– “म बजार गए कै छैन, गएपछि हाम्रो बाबु र नानीलाई चक्लेट ल्याई दिन्छु” भन्दै दुबैलाई छातिमा चपक्कै पार्छ । रविको कुरा सुनेपछि ति बालखहरु शान्त हुन्छन् । रवि र मिनिको यि फुल जस्ता दुईटा शन्तान बर्षौदे हुन्, देख्दा पनि एकैनासे देखिन्छन् । केहि बर्षदेखि रविले एउटा फेक्ट्रीमा मजदुरी गर्दै आएको थियो ।

त्यसैबाट घरको गुजारा चलेको थियो तर यो कोरोनाको महामारीपछि सरकारले लकडाउनको घोषणा गर्यो कम्पनीहरु बन्द भए । रवि दिन गन्तीको ज्यालामा काम गर्दै आएको थियो । यस्तो अकल्पनिय अबस्था आइलाग्यो लकडाउनको अवधी पनि सरकारले थप्यो, अहिले समस्या जटिल छ । अलिअलि घरमा भएको दाम सिद्धिए पछि एउटा चिनजान भएको लालासँग राशन उधार ल्याएर काम चलाएको थियो । आज उसले पनि पहिलेको पैसा दिए पछि मात्रै अरु राशन उधारा दिन्छु भनेर फर्काइ दियो । रवि बल्ल झसङ्ग भयो र केहि नबोलि घर फर्केको हो । उसलाई त्यहि एकमात्र सहरा थियो । किन कि उसले मेरो दोकानबाट लैजा पैसा जहिले तलब मिल्छ देलास् भनेर पहिले त्यहिंबाट समान ल्याउने गरेको थियो ।

जब समस्या पर्छ, तब मनमष्तिकमा बिभिन्न बिचारले हांगाबांगा हाल्न थाल्छन् । यसो गरेको भए हुन्थ्यो, उसो गरेको भय हुन्थ्यो आदि आदि । आज रविलाई ठिक त्यस्तै भएको भान हुन्थ्यो । सरकारले बाहिर जान मात्रै रोक लागाएको छैन, सबै कलकारखानाहरुमा ताला लगाएको छ । मजदुरहरुले के गर्न सक्छन् यो अबस्थामा अँझ परदेशी मजदुरको त कुनै उपाएनै छैन । आफ्ना बालबालिकाहरुलाई भोकै मर्न थालेको कसले देख्न सक्छ । आज दुनियाँ भरिका मजदुरहरुको अगाडि यस्तै जटिल समस्या आईलागेको छ । त्यसैमा पनि हामी प्रदेशीहरुको ता कुरै नगरौँ ।

रविले भित्तामा अडेश लागेर मनमा अनगिन्ति यस्तै बिचार खेलाएको थियो । बच्चाहरु दुबै उसैको काखमै शान्तसँग बसेका थिए । उनीहरुलाई साहेद आफ्नो बाबाको समस्या उसको अनुहारबाट उनीहरुले पढिसकेका थिए ।

“हात धुनुस्” यत्यिकैमा मिनिले लोटामा पानी टकार्दै भन्छिन् । रवि मौन कुनै उत्तर दिए बिना लोटा उठाएर हात धुन जान्छ ।

आज रविको स्वभाब भिन्दै थियो । अनुहारमा बादल परेको जस्तो लाग्थ्यो । उसलाई आउँने वाला दिन सम्झेर त्यसबाट कसरी निस्किने त्यहि चिन्ताले सताएको हुँन सक्छ । “चिन्ता नलिनुस् अँझै त राशन केहि दिनलाई छ, त्यसपछि..” के त्यस पछि के ? उसको कुरा बिचैमा काटेर रविले प्रश्न गर्छ । “केहि न केहि त सुझ्लेनी यसरी निरास भएर त झन् हमस्या बल्झिन्छ ।” मिनिले सम्झाउँन खोज्दै भात पस्किन्छे ।

दुबै जनाले एक एक बच्चा उचालेर आफु सँगै खाना ख्वाउँछन् । “अहिले त ठुलो संकटनै आइलाग्यो हामीलाई ।” रविले फेरी उहि कुरा दोहोराउँन थाल्छ, उसलाई आज त्यो लालाको बोली हृदयमा छाप लागेको झैँ भएको छ ।

“यो हाम्रो मात्र समस्या होईन, सबै हामी जस्तो मजदुरहरुको र अरु ठुला ठुला मै हुँ भन्नेहरुको पनि यस्तै हालत भएकोछ” मिनिले रविलाई संझाउँने प्रयास गर्छिन् । “अहिले यो कोविड छेहत्तरको चपेटमाको आएको होवन र ? सबै यो महामारीको शिकार भएकै छन्” मिनिले थप्छे ।

“धनीको के उनीहरुसँग त धन प्रसस्तै छ, उनीहरुले आफ्नो घाटा नाफाको लेखाजोखा गर्ने हुन तर गरिबहरुको त झन् ठुलो कोरोना भोकमरी अनिकाल भयो कयौँ भोकले मरेका छन्, कयौँले आत्महत्या गरेका छन् ।” रविले मिनिको कुराको उत्तर दिन्छन ।

“आज संसार भरीका मजदुरहरुको एकताको खाँचो झन बढेर गएको छ” रविले यो भन्दै आफ्नो कुराको बिट मार्छ ।

२४ अप्रेल २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *