कथा : लुम्बा

  •   
  •  
  •  
  •  
  •  
  •  

390 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

रुढिवादी समाजभित्र जातिय आधारमा दम घुटेका उप्रीबाट तानाशाही व्यबस्थाले उकुस मुकुश पारेको थियो ।

त्यहि समाजबाट नारकिय जीवन ब्यतित गरेका हजारौँ हजार गरिब बस्तिमा हुर्केका अपहेलित तिरस्कृत झुग्गि बस्तिमा थुप्रै बिभिन्न पेसा गरेर जीवन यापन गर्दै थिए । कसैले मान्छेको गोबर सफा गर्ने, कसैले जुता सिलाउँने कसैले अरुको दुःख सुखमा कमैयाँको काम गर्ने आदि गर्थे । त्यहि अनेक परिवार कागज कबाड चुनेर आफ्नो गुजार गरेको थियो । त्यहि मध्यको एउटा परिवारमा लुम्बा नामको बालक पनि आफ्नासँग साथीसँगै पंतिकार चुन्दै हिंड्थ्यो ।

बोरीमा कवाड जम्मा गर्दै जाँदा त्यो एउटा स्कूलको नजिकै पुग्यो । त्यहाँ उसले आफु जस्तै सयौँ बाल बालिकाहरुले राम्रा राम्रा पोशाक लगाएका र स्कुलमा खेलकुद गरेको देख्दा आश्चर्य मान्थ्यो । प्रायः दिनहुँ त्यो त्यहाँ जान थाल्यो, बाहिरबाट उसले ति बालबालिकाले पढेको वा खेलकुद गरेको अबलोकन गर्दै जाँदा एकदिन चौकिदारले उसलाई देख्यो ।

ए केटा के गरेको यो ? चौकिदारले उसलाई हप्काउँदै भन्छ । उ केहि नबोली आफ्नो बोरि बोकेर निश्किन्छ ।

आज उसले घरमा आमालाई भन्छ– आमा मलाई पनि स्कुलमा पठाउँनु म पड्न चाहान्छुँ ।’

उसको यो बिचार सुनेर आमा अक्कबक्क पर्छिन्– के भनेको छोरा पढ्ने लेख्ने भनेको ता ठुला बडाको काम हो, हामी त गरिब हौँ, हामीले यस्तो सोँच्नै हुँदैन । भन्दै लुम्बालाई साम्झाउँ छिन् ।

किन आमा हामीहरु मान्छे होईनौँ र ? लुम्बाले प्रश्न गर्छ ।

त्यो भर्खरको बच्चाको त्यस्ता गम्भिर कुराबाट आमालाई मनमा कसैले तिरले गोभेको जस्तै महशुष हुन्छ ।

हौँ तर..

तर.. के आमा ? उसले प्रति प्रश्न गर्छ ।

यसको जवाफ उसको आमासँग पनि थिएन ।

भोलि पल्ट फेरीसँग साथीहरुसँगै कबाड बिन्न बोरी लिएर जान्छ, फटाफट कबाड बिनेर फेरी त्यो त्यहि स्कुलमा पुग्छ र पहिलेको जस्तै उ भित्तामा झुण्डिएर बच्चाहरुले पढेको हेर्न थालेको चौकिदारले दिखेपछि उसलाई च्यापै छोप्छ र यातना दिन थालेको प्रिंसिपलले देख्छन ।

चौकिदार ! उनले आवाज लगाउँ छन् ।

यो केटालाई यहाँल्याउ त ! प्रिंसिपलले चौकिदारलाई आदेश दिन्छन ।

हिंड भित्र साहेबले बोलाउँनु भाको छ भन्दै तानेर उसलाई भित्र ल्याउँछ ।

लुम्बा निडर भएर भित्र आउँछ, प्रिंशिपलले उसलाई आफ्नो कोठामा लिएर जान्छन् । हँ भन किन दिनदिनै यहाँ भित्तामा टङ्गिन्छौ तिमि ? प्रिंसिपलले सोद्धछन ।

मैले पढाई गर्न चाहान्छु ! उसले कुनै हिचकिच बिना धडाकसँग आफ्नो कुरा राख्छ ।

तिमिलाई थाहाछ पढाईको लागि रुपियाँ लाग्छ ? तिम्रा बा आमाले के काम गर्छन ? प्रिंसिपलले अलि चर्को स्वरमा सोध्छन् ।

हामीले मानिसहरुले फालेका कबाडलाई चुनेर कवाडियालाई दिन्छौं, उसले बद्लामा हामीलाई दाम दिन्छ’ लुम्बाले भन्छ ।

यति सानो मुश्किलले पाँच बर्षको बालकका यि कुरा र उसको ब्यबहार देख्दा मन मनै प्रिंसिपलले यो केटले राम्रो शिक्षा पाए भबिष्यमा केहि गर्छ भन्ने ठान्छन् । उनी अलि उद्धार टाइपका प्रिंसिपल थिए ।

हँ त तिमि स्कुलमा पढ्न चाहान्छौ ? प्रिंसिपलले कुटिल मुस्कुराहट फैलाईँदै भन्छन् ।

हजूर । उसले मिठो स्वरमा याचना गर्छ ।

त्यसो भए तिम्रो घरमा आमा बाबालाई लिएर यहाँ आए मैले भर्ति गराई दिन्छु तर स्कुलमा तिर्नुपर्ने रकम तिर्नै पर्छ भन्दै चौकिदारलाई गेट खोलिदिन आज्ञा गर्छन् । साथै यो बालख आयो भने भित्र डाक्न पनि आदेश दिन्छन् ।

उसले फटाफट कवाडको बोरी बोकेर घरमा पुग्छ । आज उ अति खुसि देखिन्छ आमाले खुसि हुनुको राज सोध्छिन । उसको उत्तर सुनेर उनी भिरबाट खसेको झैँ हुन्छिन ।

कसैले नगरेको काम गर्दा तलाई लाज लाग्दैन ? एकछिनको मौनता पछि उनले रिसाएर भन्छिन ।

हुन पनि यो झुग्गि बस्तिमा कस्ले पढे होला ? यहाँ त लेखपढ गर्नेहरु त ब्यबस्थाका बिद्रोहि नै हुन । आज यो लुम्बाले पढ्ने आँटगर्दा उसको आमालाई दुःख लागेको थियो ।

भोलि हजूर म सँगै स्कुलमा जाने हो माष्टर जिले भन्नु भएको छ आमा । लुम्बाले आमालाई आग्रह गर्छ ।

आमा भाबुक भएर आँखाबाट आँशु आएका थिए । त्यो देखेर लुम्बाले आँसु पुच्दिन्छ । रात भरि निद्रा लाग्दैन आमाको मनमा कैयौं प्रकारका ख्यालहरु आउँने जाने गर्छन् । रातभरि सोंचेर उनी आफ्नो छोराको लागि एक पटक स्कुलमा मास्टरलाई भेट्न जाने निधो गर्छिन् ।

बिहानै लुम्बा स्कुल जान तैयार हुन्छ, आमा र छोरा भएर बोरीलाई एउटा झोलामा राखेर स्कुल पुग्छन् ।

आज उसले गेटमा गएर गेट खटखटाएको थियो चौकिदारले प्रिंसिपलको कोठामा जान आग्रा गर्छ ।

प्रिंसिपलले उसको नाम लेख्ने पाँच रुपियाँ र मैनामा फिस तिन रुपियाँ लाग्ने कुरा भन्दै स्कुलको ड्रेश, कापि किताब आदि ल्याउँनु पर्छ । भन्दै स्कुल पठाउँन आग्रह गर्छन् ।

यो बाबु धेरै चनाखो छ, भबिष्यमा यो राम्रो मान्छे बन्न सक्छ, भन्दै उसको आमालाई सम्झाउँ छन् । किताब पनि अहिले उनले आफै पुराना कसैबाट सित्तैमा दिलाउँ छन् ।

यसरी आज पाँच रुपियाँ दिएर लुम्बा स्कुलमा भर्ति हुन्छ । अब उनको घर चलाउँनको लागि आजबाट डवल खर्च हुने भयो ।

लुम्बाले कबाड चुनेर बिक्रि भएको पैसाले अखबारका रद्धि खरिद गर्छ र आमालाई त्यसको लिप्पाफा भनाउँन लगाउँछ । आमाले पनि लिप्फापा बनाई दिन्छिन त्यो लुम्बाले बजारमा बिक्रि गर्छ । यसरी अब उनीहरुको नियमित काम पनि बढ्दै जान्छ । दिनहुँ दिन काममा आएको बृद्धिले झुग्गि वाशीहरुलाई पनि प्रेणा मिल्छ र कैयौँले त्यस्तै काम गर्न थाल्छन् ।

यता लुम्बालाई स्कुलमा पहिले पहिले सबैले घृणा गर्ने गिजाउँने गर्थे तर पनि उ कहिले हतास भएन निरास भएन । दिनहुँ मेहनत गर्दै गयो र क्लास टाप भयो । अब लगभग सबै बच्चाहरुले पनि लुम्बालाई घृणा होईन बिस्तारै मायाँ गर्न थाल्छन ।

लगातार स्कुलमा टप हुने गर्दा स्कुलमा सबैले लुम्बालाई सम्मान गर्छन् र पहिले कक्षाको ईन्चार्ज पछि पुरै स्कुलको पनि ईन्जार्ज बन्छ । बिस्तारै उसले झुग्गिमा आफु जस्तै गरिब परिवारका बच्चाहरुलाई रातीमा प्रौढ शिक्षा पढाउँछ ।

उसले हाई स्कुल पास गरेपछि त्यो कुनै नोकरीको तलासमा हुन्छ । तर उसले झुग्गि बस्तिका गरिबहरुको पक्षमा आवाज उठाउँदै आएकोले उ एकप्रकारको ब्यबस्थाको बिद्रोही बनेको हुछ ।

लुम्बाको बिवाह गराई दिन्छन् । त्यो बेला कलिलैमा बिहे बन्धनमा बाध्ने चलन थियो । उसका दुईवटा बालखहरु जन्मिन्छन् । पुरा जुग्गि बस्ति लुम्बाको साथ हुन्छ । त्यो बेला त्यहाँ काँसा बुबाको तानाशाही सरकार थियो । अन्याय र अत्याचारको बिरुद्ध लुम्बले आवाज उठाउँने भएकोले त्यो काँसा बुबालाई लाग्थ्यो यो मान्छेलाई आफ्नो मुट्ठिमा ल्याउन पाए आफ्नो राजपाठ बलियो हुने थियो ।

राजाले फेरि जनताको आँखामा छारो हाल्ने उदेश्यले चुनाव घोषणा गयो ।

यता सबै त्यहि राजाका भरौटेहरु चुनावमा नामांकन भरे तर झुग्गि बस्तिबाट लुम्बालाई चुनावमा उतार्ने निर्णय भयो ।

लुम्बाले पहिले त मानेको थिएन तर जनताहरुको उप्रतिको बिस्वासले गर्दा चुनावमा भागलिने निर्णय गर्यो र नामांकन भरियो । लुम्बा राजतन्त्र बिरुद्ध चुनावमा भाग लिएको देखेपछि उसलाई हराउँन काँसा बुबाले ठुलो जोड लगायो तर पनि अत्याधिक मतले लुम्बा बिजय भयो ।

लुम्बा जनताको हितमा काम गर्ने ईरादामा चुनाव लडेको थियो तर यहाँ कासा बुबाले उसलाई मोहोरा बनाएर जनताको घरबास खोस्ने योजना भनाउँदै थियो ।

उसलाई पहिले ठूलो धनको प्रलोभन दिईयो, केवल काँसा बुबालाई समर्थन दिनलाई तर उसले मानेन पछि त्यो हजारौँ झुग्गि बनाएर बसेको जमिन खोस्ने षडयन्त्र गर्छ तर काँसा बुबाको अडान देखेर राजा बोख्लाउँछ र उसलाई बंधक बनाउँछ ।

राजाले उसलाई किन्न नसके पछि उसका दुबै हातमा ठेडुका ठोकेर खुट्टामा बेडि लगाएर झेलभित्र थुन्छ । जनतालाई कुनै भनक दिदैन । एउटा कागजमा आत्मसमपर्ण गर्न हस्तक्षर गर्न दवाब दिन्छ तर । लुम्बाले हस्ताक्षर गर्न मान्दैनन् ।

“म जनताले बिस्वास गरेर पठाएको जन प्रतिनिधी हुँ, मेरो कुनै अधिकार छैन जनताको अहितमा पाईला सार्ने ।” भनेर उसले जवाफ दिन्छ ।

बिस्तारै उसलाई हातमा काटी ठोक्दिन्छन्, अनि खुट्टामा पनि । उ झुक्दैन शरिरको मासु सुस्तसुस्त काटेर फाल्छन् तर पनि उसले झुक्दैन ।

काँसा बुबाले उसलाई कुनै पनि दमनबाट झुकाउँन सक्दैन।सरिरको मासु काटेर सकियो रगत बगिरहेको छ, अब उ बाँच्ने आश छोडिसकेको छ । अनि काँसा बुबाले सोध्छ भन लुम्बा तेरो अन्तिम ईच्छा के छ ?

मेरा हात खोलि देउँ, लुम्बाले भन्छ । काँसा बुबाले सैनिकहरु बोलाएर चारैतिर बन्दुक राईफलले घेरा हालेर लुम्बाका हात खोल्छ ।

“लुम्बाले आफनी श्रीमतिलाई पत्र लेख्छ । प्रीय म अब जिवित रहँने छैन । किन कि मलाई काँसा बुबाका कुकुरहरुले लुछेर खाँदैछन्, तर तिमि नरोए पृय । किन कि मैले गर्न नसकेको कामको जिम्मा तिमिले पुरा गर्नुछ । मेरा यि दुई आँखाका नानीले बाबा भनेर सोध्लान् परदेश गयको छ भनिदिए तर जब यिनिहरु ठुलाठुला हुन्छन्, यो पत्र दिएर यो कथा सुनाई दिए प्रीय ।” यो पत्र तिमिसँग पुग्दा नपुग्दै म मरिसकेको हुने छुँ तर एउटा बहादुर साथीलाई आफ्ना आँशुले बिदा नगरे तिम्रो आँखामा ज्वाला हुनुपर्छ । के गद्धार कि श्रीमति भनेर तिमलाई जीवनभरी सुन्न परेको भए तिमि खुसि भएर बाँच्न सक्थ्यौ त ? भन प्रीय ।

मेरो मनले गद्धार हुनु भन्दा मर्नु राम्रो ठान्यो तिमिलाई पक्कै पनि मेरो कार्य नराम्रो लग्ने छैन । त्यसैले आफ्ना चुरा नफोरे अनि लिवास नबदले तर छोराहरु ठुला भएपछि यो पत्र उनैको अमानत सम्झेर दिए । यो पत्र आफ्नो बिश्वासिलो ब्यक्तिलाई दिएर प्राण त्याग्छु ।

२३ मई २०२०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *