कथा : वारिस

  •   
  •  
  •  
  •  
  •  
  •  

321 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

“आश्चर्य लाग्छ, दुःख लाग्छ, लाज पनि लाग्छ तर के गरौं ? मान्छेहरु मानवताबाट यति तल खस्न पनि सक्दा रहेछन्” भन्दै मणिले गुनासो गर्छ ।

“हुनत परवासीहरुको लागि स्वयं समाजले सहयोग नगर्दासम्म एउटा कात्रो पनि कसैले दिँदैन तर एकजना मरे पछि उसलाई मिल्ने एक लाख रुपीयाँको लागि यसरी आफन्ति बनेर लाम लाग्छन्” नारायणले मणिकै बिषयमा जोडदार समर्थन गर्छन् ।

यो धेरै बर्ष पहिले भारतमा घटेको एउटा घटनाको सम्झना नै हो । जो भारतस्थित नेपाली युवा मारिएका थिए ।

“हामीले छिट्टै उनका आफन्तीहरुलाई खोज्नै पर्छ ।” आज दिउँस तसिलमा त्यो लावारिस युवाको कथित आफन्ती पर्नेले आफ्नो नाम दर्ता गराएको देखेर फर्केका मणि लगायतले आफ्नो रिपोर्टीङमा भन्छन् ।
रातिको मिटिङ्ग चल्दैछ ।

“अस्तिसम्म कुनै वारिस थिएन् । हिंजो सरकारले उक्त घटनामा परेकाहरुलाई मुवाब्जा दिने भनेर घोषणा गरेपछि आज कताबाट उक्त मरेको युवाको कथित फुपु र फुपाजुले आमा भनेर एउटी महिलालाई प्रस्तुत गराउँन सफल भए ।” अध्यक्ष मोहदयले बिस्तार पूर्वक बताउँछन् ।

उनीहरुले तसिलमा मुवाब्जको लागि नाम दर्ता गराई सकेका थिए । यता अहिले पनि उसको आफन्ती को हुन् भन्नेबारे अझै ठोस प्रमाण थिएन ।

अस्तिको दिन त्यो युवाको कुनै आफन्ती फेला नपरेपछि समाजका जिम्मेवार साथिहरुले उक्त लावारिस भनेर घोषित गर्न खोजेको लाशलाई नेपालीको भएपछि समाजले आफु वारिस बनेर पोष्टमार्टम गराए पछि दासंस्कार गरेका थिए ।

आज त्यो युवाको आफन्तीको खोजबिनका लागि कसलाई नेपाल पठाउँने भन्ने बारे छलफल गर्नका लागि बैठक राखिएको थियो । यो बैठकमा आफ्नो रिपोर्टीङ्ग प्रस्तुत गर्ने क्रममा मणिले गहिरो दुःख ब्यक्त गरे ।
“छिट्टै तसिलमा आफ्ना प्रतिनिधी पठाएर त्यो ब्यक्ति फर्जी भएको र अस्ली वारिसलाई समाजले खोजेर ल्याउँने बिश्वास दिलाउँने र आफुहरु मध्य एकजना नेपाल गएर उक्त युवाको साख्खै आफन्तिलाई खोजेर ल्याउँनु पर्छ” मणिले आफ्नो बिचार राखे ।

उक्त बिषयमा ब्यापक रुपमा धेरै बेरसम्म सबैले गहन छलफल गरे पछि एघार दिन भित्रमा त्यो युवाको बाउ आमा कसैलाई पनि ल्याउँने निर्णय सर्वसम्मतीबाट पारित भयो ।

जस्को जिम्मा मणिलाई दिईयो । संगठनको एउटा मक्सद के थियो भने उक्त युवक त मरेर गयो, तर उसका आफन्तिको हक कुनै गलत मान्छेले लैजान नपाओस् भन्ने नै हो ।

मिटिङ शान्तिपुर्वक सम्पन्न भयो । भोली पल्ट मणिलाई स्वदेश पठाउँने ठेगान भयो । यता तसिलमा गएर उक्त ब्यक्तिको नामलाई रातो कलमले गोलधारमा गराएर नारायणहरु फर्किएका थिए । आखिर त्यो मान्छे जसले वारिस बनेर मुवाब्जा हडप्न खोजेको थियो, त्यसको छानबिन गर्न अध्यक्षलाई जिम्मा लगाईयो । तर उक्त ब्यक्तिलाई समाजको धारणालाई बुझेपछि उनीहरुलाई डर लागेर होला कतै कसैको सम्पर्कमा आएनन् ।

केहि दिन भित्रैमा मणिले असली बाबालाई स्वदेशबाट ल्यायो र उक्त नकलीहरु फरार भए ।

हुनता परदेशमा यस्ता घटनाहरु तमाम भेट्टिन्छन तर समाजको डरले उनीहरु लुसुक्कै कतै लाग्छन् । आज फेरी मणिहरुको लागि अर्को जिम्मा काँधमा आएको छ । सबै मिलेर त्यो मुवाब्जा राशि उक्त युवाको बुबालाई दिलाए ।

आखिर एकता समाज नभएको भए परदेशीहरुको अबस्था कस्तो हुँदो होला ? मणिले आफ्नो मनसँग यहि प्रश्न गर्छ । कोई मथ्र्यो, अरु कसैले फाईदा उठाउँथ्यो भन्दै आफै आफ्नो मनलाई संम्झाउँ छ ।

आज बेलुका फेरी मिटिङछ, यहाँको सरकारले परदेशीहरुलाई मुआवजा नदिने भन्ने सुचना आए पछि । त्यहि बारे फेरी छलफल हुन्छ अनि भोली पल्ट डिसीको कार्यालयमा धर्ना दिएर बसछन् । मणिहरुको एक मैनासम्मको ठूलो संघर्षको परिणाम त्यो घोषित रकम साख्खै बाउलाई दिलाउँन सफल हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *