कथा : संकट

  •   
  •  
  •  
  •  
  •  
  •  

1398 जनाले पढ्नु भयो ।

बर्षातको मौसम जस्तै सिमसिम पानी पर्दैछ’ चैत्रमासमा पनि चिसो हुँदा स्वीटर लगाउँनै पर्ने बनाएको छ । सरिताले जाँगर नलाई नलाई उठेर बब्लुलाई स्वीटर लगाई दिन्छिन् । बाबु कतै न जाउ है बहिनीसँग टिबि हेरेर बस भन्दै टिवीको स्वीच ओन गर्दिन्छिन् ।

सरिता र सुकरामका दुईटा शुन्दर फुल जस्ता बाबु नानीहरु छन् ।

छोरा बब्लुले दोश्रो र छोरी भर्खर नर्शरिमा भर्न गराएका थिए ।

सुकरामले एउटा होटेलमा हेल्परको काम लागेको थियो तर केहि दिनबाट कोरोना भाईरस कै कारण सरकारले लाकडाउन घोषणा गरेपछि होटल बन्द छ । सरिताले पनि एउटा कोठीमा साफ सफाई गर्ने काम पाएकि थिइन् । त्यो पनि अस्ति माल्किनले अब केहि दिनको लागि यहाँ आउँनु पर्दैन भनेर फर्काइन् ।

हुन ता भर्खरै हो, फाल्टु बसेको तर पनि परदेशी मज्दुरहरुसँग जम्मा पुँजि हुँदैन, आज कमायो आजै खायो बल्लतल्ल केटाकेटी पालेका थिए । कसलाई थाहा थियो । यस्तो महामारी आउला भन्ने । घरफर्किने पनि उपाए छैन । कति दिनसम्म फाल्टु बस्न पर्ने हो, यो पनि अनिश्चित छ ।

आदि आदि सोँचेर सरिता चिन्तित थिई उठ्ने जाँगर नलागे पनि उठ्नै पर्ने आफु नउठेर कसले बच्चाको सुसार गर्छ ।

उता सुकराम भने मुवेलमा मस्त थियो । उसको अनुहारमा कुनै चिन्तनको अंश पनि देखिदैनथ्यो । पिउँनुस् चिया कति मुबाईल मै ब्यास्थ हुनुहुन्छ ? सरिताले चिया बनाएर टकार्दै अलि चर्केर भन्छिन् । सुकरामले नबोलि चिया छोप्छ र नजिकैको टेबुलमा राखेर फेरि मुबाईलमा ध्यान केन्द्रित गर्छ । छोरा–छोरी भने टिवीमा एकहोरो ध्यान दिएर हेर्दैछन् । साहेद मोटुपत्लुले बच्चाहरुलाई आफु तिर खिच्न सफल भएको छ सानै भए पनि ।

सरिता किचनमा नास्ता तैयार पार्ने तर्खरमा लागेकै बेला कसैले दहिलो खटखटाए झैँ मानेर– बब्लुको बुवा हेर्नुस्तो बाहिर ! भन्दै पिठो मुच्छन थालिन । सुकराम न सुनेझैँ गरेर मुबाईल मै ब्यस्त रह्यो । ढक.ढट.ढट कोई छौ ? बाहिरबाट फेरी आवाज आयो, सरिताले पिठो कै हात लिएर कस्तो मान्छे होलान.. दैलो पनि खोल्न नसक्ने भन्दै भाईरोको दैलो खोल्छिन ! बाहिर एउटा अध बैँशे माक्स लगाको र लोहिले घुलुम्मै भएको मान्छे ठिङ्गै उभिएको थियो, उस्लाई देखेपछि सरिताले दुबै हात जोडेर सत्कार गर्छिन् । जवाफमा मुन्टो हल्लाउँदै सुकराम छ घरमा ? उसले सोद्छ ! हजूर भन्दै सरिता भित्र आउँछिन् उसले सरितालाई तलबाट माथिसम्म नियाल्छ जस्तै कहिले यस्ति महिला देखेकै थिएन ।

सरिताले भित्र आएर सुकरामलाई पठाई दिन्छिन् तर उ भित्र पसिसकेको हुन्छ । उ घरमालिक थियो, सुकरामले एउटा कुर्चिमा बस्न ईसारा गर्छ । उ पनि बस्छ तर उसको नजर सरिताको अनुहार तिरै थियो । उसको यो ब्यबहारले सरितालाई उ प्रति घृणा जागेको थियो तर के भन्ने ? उसका राता–रात आँखाले घरिघरि सरिताको रुपलाई निहालिरहेको थियो । उ कोठाको भाडा लिन आएको थियो, संधै अग्रिमनै बुझाई राखेको अहिले लकडाउनले गर्दा सुकराम भाडा दिन गएको थिएन, हिँजो बल्ल महिना पुराभएको भएता पनि एकै दिनमा उ घरमै भाडा माग्न आइहाल्यो ।

सरिताको बिचार थियो, अहिले भाडा महिना पुरा भएपछि दिने तर उसको ब्यबहार देख्दा सरिता केहि नबोली उसलाई किराया दिएरै पठाइन् । उचित सम्झेर, झारफार गरेर तिन हजार रुपेय सुकरामलाई दिँदै जानुस दिएर पठाउनुस त्यसलाई भनिन् ।

सुकरामले भाडा दिन्छ, उसका राताराता ठुला आँखाले अंझै पनि सरिताको रुप निहाल्न छाडेको थिएन । सरिता तिर पिर्लुक हेर्दै कुर्चिबाट उठ्छ र केहि चाहियो भने भनेस नि भन्दै फेरी सरिता तिर फर्किन्छ ।

उसको ब्यबहार सरिताको मष्तिकमा उत्रिसकेको थियो ।’ होईन यो लाकडाउन भएको बेला भाडा माग्न यो घरै आयो कस्तो लाजै नमानेको घर मालिक हो हँ मलाई ता यसलाई देखेर रिस पो उठ्यो, भन्दै गनगन गर्दै किचनमा जान्छिन् । सुकराम फेरी मुबाईल खोलेर बसेको देखेपछि– कस्तो मान्छे हुन् शोक नसन्तापका भन्दै, सरिताले नास्ता तैयार पार्न थाल्छिन् ।

यो जोडिको केहि बर्ष पहिले प्रेम बिबाह भएको थियो । बिबाह भन्दा पहिले सुकराम लाहुरबाट जाँदा चट्टक राम्रो देखिन्थ्यो, लगाई ख्वाई सबै राम्रो लाग्थ्यो । सरिताले दशमा अध्यान गर्दा पहिलो पल्ट सुकरामलाई देखेकि हुन् । उती बेला गाउँमा सबैले सुकराम राम्रो सोजो नशा पानी नगर्ने, कुनै याब नभएको भनेर प्रसंशा गर्थे । त्यो बेला सरितालाई पनि कतैन कतै ता जानै पर्ने हो, आज भोलिको जमानामा यति राम्रो सोजो अनुशासित ठिटो भेट्न गारै होला भन्ने लाग्यो ।

बिस्तारै सरिता पनि सुकरामसँग नजिक्किन थालिन्, दुबैको राम्रो प्रेम बस्यो र प्रेम बिबाह गरेका थिए । केहि बर्ष खुब राम्रो बित्यो तर अहिले कम्पनिको नोकरी छुटेपछि सुकराम होटेलमा काम लग्यो, कहिले काहिँ पिउँने बानी बस्यो । सरिताले पनि होटेलमा सारा दिन काम गर्ने थकाई मार्नलाई कहिले कसो पिउँछु भनेपछि खासै घोर गरिन्, तर बिस्तारै उसलाई रक्सि पिउँने बानी बसिसकेको थियो, खाना पनि उतै खाएर आउँथ्यो ।

उनीहरुका दुईटा बच्चा भएपछि खर्च पनि बढ्यो सरिता पढेलेखे कि अनुभवी महिला थिइन् । उनले आफ्ना बच्चाहरुलाई पढाउन आफुले पनि एउटा कोठीमा सफाईको काम गर्न थालिन्, तर अहिले यो लाकडाउनले गर्दा बेरोजगार बनाएको थियो ।

हुन ता केहि महिना पहिले स–परिवार स्वदेश गएर फर्केका हुन् । त्यस पछि बच्चाहरुलाई एउटा नजिकैको प्राइबेट स्कूलमा भर्ना गराइसकेका थिए । त्यसैमा भएको जति सबै पैसा सिद्धिसकेको थियो । त्यसैले सरिताले आफ्नो मनैमनमा अहिले घरको भाडा नदिने बिचार गरेकि थिइन्, तर आज त्यो घर मालिकको ब्यबहारले उसलाई झारफार गरेर भए पनि दिनै पर्ने गरायो ।

सरिता देख्नमा अत्यान्तै सुन्दर हँसमुख र बलियो आक्रसक ज्युडाल भएकि महिला थिइन, तर एउटी खुद्धार र सामुन्नेबाट कुरा गर्नेको नियतीको बारे छुट्टाउँन सक्ने पार्खि अनुभवि पनि थिइन् । उनले आज त्यो घरमालिकको ब्यबहारबाट उसको नियत अनुभव गरिसकेकि थिइन् ।

नास्ता बनाएर बाल बच्चालाई दिइन्, सुकराम अंझै पनि मुबाईल मै ब्यस्त थियो । होईन हजुरलाई नास्ता खाने मन छैन कि क्या हो ? अहिले अलि झर्केर भन्छिन्, सुकराम तिर हेर्दै । उनलाई रिसाएको देखेर सुकरामले मुबाईल चार्जरमा लगाउँदै बनाउँ खाउँलानी, भन्छ र खिसिक्क हाँस्छ ।

के नुहाउँने होइन ? छिट्टै नुहाउ एक ता कोरोना भाईरसले सताएको छ, भैन भनेर त्यो मान्छेको नजिकै बसेका थियौ । भनेर तातो पानी टकार्दिन्छिन् । घरमा के छ के छैन थाहा छैन, सारा दिन मुबाईलमा यो केटाकेटीको हेरदेख कसले गर्ने ? सरिता रिसाए झैँ गरेर गनगन गर्छिन् । तिमि छौ त ! भन्दै सुकरामले बाथरुमको दैलो घरल्याप्प पार्छ ।

एकछिन चकमन्न हुँन्छ सरिताले आफुहरुलाई नास्ता बनाउँन थाल्छिन, उता बच्चाहरु टिविमा कार्टुन हेर्दै खितखित हाँसेर एक छिनको त्यो मौनतालाई तोड्छन् । घरमा धन पैसा पनि छैन । समान केहि दिनलाई मात्रै छ, नोकरी पनि केहि छैन । आखिर गुजारा कसरी गर्ने होला यो सोंचाईले सरिता ब्याकुल भएकि छिन् ।

सुकरामलाई नास्ता टक्राउँदै अब यो रुम खाली गरौँ अर्को महिना ? सरिताले बढो कोमलता अपनाउँदै भन्छिन् । अहिले कति दिन अरु लाक डाउन रहने हो, यो अबधि भरी कामै हुँदैन अनि आर्को महिना लाग्न दिउन् फेरी सोंचौला हुन्न ? सुकरामले सम्झाउँदै प्रतिउत्तर गर्छ । हुन्छमा लामो स्वास फेर्दै सरिताले मन्टो हल्लाउँ छिन् ।

भोलि पल्ट बब्लुलाई जोरो आउँछ सरिता डरले थर्थर भएकि छिन्, खोल्टीमा पैसा छैन कता लगम यो बाबुलाई ? मनमनै प्रश्न गर्छिन् । कहिले कँही कोरोना…..नाई नाई यो हुँनै सक्दैन । पापी मनमा पनि कस्ता कस्ता ख्याल आउँछन् भन्दै मनमनै आफैलाई कोस्छिन् । आँखा टिलमिल टिलमिल भएका छन् । आँशु परेलिमा आएर बसेको छ । अब कता जाम ? उसले मनमनै चिन्ता गरेकि छ । अर्को तिर सुकराम मुबाईलमै मस्त छ मानौं उसलाई बब्लुको बारेमा थाहा नै छैन, उसको यो ब्यबहार देखेर आफ्नाबाटै छिके मेरो मात्रै हुन् । यि बच्चा बाको भुमिका कस्तो हुनु पर्छ ? यो मान्छेलाई कसरी प्रभाव पर्ला ? आफ्नाबाटै मनमनै कचकच गर्छिन् ।

अँस्ती त्यो ढोका खोल्दिएको भए त्यो मान्छेको कुनियत म माथि पनि पर्दैन थ्यो । यस्तै भएर ता होला महिलाहरु माथि हिंसा बलात्कार हुने के हो के बढबड गर्दा गर्दै, एक टक एउटा मुबाईलको नम्बरमा गएर उनको नजर रोकिन्छ ।

त्यो अरु कसैको थिएन् । आफुले सरसफाई गर्ने घर कि मैडमको थियो । उसले सरितालाई कहिले आबश्यक पर्याे भनि मलाई फोन गरेस् भनेर यो नम्वर दिएकि थिइन् । उनी एउटी डाक्टर थिइन् । सरिताले फटाहा फट ढिलो नगरी कल गर्छिन् र छोराको बारेमा आपविति सुनाउँछिन् । उनले सरितालाई न आत्तिन बडो प्यारसँग सम्झाउँ छिन् । एकैछिन पछि आफ्नो सुरक्षा सामाग्री सहित कारमा आउँछिन र बब्लुलाई औषधी दिएर भोलिसम्म बिल्कुल ठिक हुन्छ भनेर सरिताको हौसला बढाउँ छिन् ।

केहि दिन पछि मात्र यो लाकडाउन सकिए पछि आएस काममा भन्दै मैडमले एक हजार रुपियाँ तेरो पहिलेको तलबको राख भनेर दिँदा सरिताको आँखाबाट यतिबेरसम्म रोकिएर बसेका आँशु बररर खस्छन् । मैडमको यो उपकारले सरितालाई प्रभाव पारेको थियो । उनी जान्छिन् उसलाई टाडासम्म सरिताले निहाली रहन्छिन् । उक्त मैडमलाई सरिताको ब्यबहार र काम राम्रो लागेको थियो उनले पनि यि गरिबहरुलाई कुनै समस्या पो छकि भनेर पैसा थमाएर गइन् । मैडमको ब्यबहारले सरितालाई सबै धनि मान्छे एकै हुँदैनन् भन्ने पर्छ ।

भोलि पल्ट बब्लु बिल्कुल ठिक हुन्छ सरिताले खुसि हुँदै यो खबर सबै भन्दा पहिले मैडमलाई सुनाउँ छिन् ।
यदि यो महिला नभएको भए के हुँदो होला ? उनले मनमनै सोंचेकि छन् तर जसरी भए पनि यो महामारी सकिए पछि आफु स्वदेशमै गएर दुखःसुख गर्ने जस्तो भए पनि आफ्नो देशमा बस्ने मनमनै संकल्प गरेकि छिन् ।

केहि दिन पछि त्यो घर मालिकको घरमा साईरन बजेको सुन्निन्छ उनले झ्यालबाट हेर्दा त्यहाँ एमबुलेंसमा त्यहि मान्छे “घर मालिक”लाई बसाल्न लागेको देख्छिन् । त्यो कोरोना भएको शंकामा उसलाई अस्पत्ताल लग्दैछन् ।

उनले आफु बसेको कोठामा सबै थोक उसै दिन सफा गरेकि थिइन् । त्यो कुर्चि पनि साबुनले सफा गरेर राखेकी थिइन् ।
२९ मार्च २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *