कथा : समान अधिकार

  •   
  •  
  •  
  •  
  •  
  •  

687 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे
चौरमा बिस्तारै बिस्तार महिला पुरुषहरुको भिड् लाग्न थालेको थियो । सफा मौसम चारैतिर पहाडले घेरिएको चौरमा सरसर चल्ने बतासले भने मौसमलाई चिसो गराएको थियो । राता–राता झण्डा प्लेकार्डमा लेखिएका समान अधिकारका, छोरा छोरी बराबरका सम्पत्ति चराचर जस्उता ओझिला नाराहरुले गर्दा देख्ने मानिसलाई उत्साहित बानाएका थिए ।
चौरमा बिस्तारै जनमानस भरियो, जस्मा महिलाहरुको संख्या धेरै थियो । रातो बेनरमा महिला दिवस अमर रहोस् ! संसारभरिका महिला एक हौँ ! आठ मार्च जिन्दावाद ! जस्ता नाराहरु लेखिएका थिए । उक्त नाराहरु पढेपछि आज अंतर्राष्ट्रिय श्रमिक महिला दिवशको कार्याक्रम रैछ भन्ने अनुमान लगाउन मणिलाई बेर लागेन ।
आजको यो खचाखच भरिएको चौरमा भएको महिला दिवसको कार्यक्रमले यहाँको बातबरणलाई अवलोकन गर्दा हाम्रो देशमा छिट्टै क्रान्ति सम्पन्न हुने कुरामा हरकसैलाई शंका हुन्न थियो ।
सबै कामकाज छाडेर यतिठुलो संख्यामा महिलाहरुको उपस्थिति देखेर मणि धेरै प्रभावित भयो । हाम्रो देशले कति छिट्टै प्रगति गर्ला यहाँका महिलाहरुले निर्वाह गरेको जिम्मेवारी र आयोजना गरेको यो क्रायक्रम वास्तबमा प्रभावसाली थियो ।
उनीहरु आफै स्वयंसेवक, अनि सञ्चालक थिए, अनुशासित रुपमा बसेर बक्ताहरुका बिचार सुनिरहनेहरु पनि । अति कार्यक्रमका सक्षम र कर्णधार भान हुन्थे । बिचबिचमा तालिको गडगटाहटले कार्यक्रमलाई भब्यसब्य बनाउँनमा मद्दत र बक्ताहरुको हौशला बढाएकै थियो । यो रमणिय दृश्यले मणिलाई प्रभावित तुल्याएको छ । खुसिले मणिको छाति फुलाएको छ ।
धेरै जसो बक्ताहरुले लैङ्गिक र जातीय असमानताको जोडदार रुपमा बिरोध गरेका छन् । महिलाहरुलाई समान अधिकार, छोरा छोरीमा फरक गर्नु हुँदैन, उस्तै बुजुर्वा रितिरीवाज र संस्कारको भण्डाफोर्ड गरिएको सुन्दा मणिलाई आजको कार्यक्रम धेरै राम्रो लागेको थियो, यो कार्यक्रममा आफुले आफ्नो श्रीमतिलाई उपस्थित गराउन नसक्दा आत्मगलानि भयो ।
बक्ताहरुले महिला दिवशको समरण गर्दै भन्छन “वास्तबमा समाजवादीहरुले नै महिलाको हकहितको लागि आवाज उठाएका हुन्, समाजवादीहरुको प्रथम सम्मेलन स्टुगर्डले सन १९०७ मा बिना कुनै मतभेद “समान अधिकार”को प्रस्ताब पारित गरे । जस्लाई दोस्रो ईन्ट्रनेश्नलको स्टुगार्ड काँग्रेसले पनि स्विकार गर्यो । जसको प्रस्तावक क्लारा जैट्किन थिइन् । …..तररररर तालि बज्छ, उक्त प्रस्ताव सर्वसहमतिबाट पारित भए पछि– बक्ता अगाडि बोल्दै जान्छन्, दोस्रो कोपेन हेगेनको सम्मेलन १९१० ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई मनाउने निर्णय गर्यो र यो ऐतिहासिक महिला दिवसलाई संसार भरिमा सन १९११ देखि लगातार मनाउँदै छन् । संसारभरीका क्रातिकारीहरुले । फेरी तरररर तालि बज्छ । महिलाहरुले खचाखच भरिएको यो चौरमा आज ता समाजवादनै आएको छ जस्तो महेशुस गराएको छ ।
प्रत्येक नेताहरुको ओझिलो भाषणले छिट्टै यो रुढिवादलाई मिल्काउँला जस्तो भान हुन्छ । कार्यक्रम हेर्दा कति छिटै घामले नेटो काट्न थाल्यो भन्ने पनि मणिले हेक्का पाएन । मौसम चिसो भएको यहाँको जोशिलो सभाले ऐसाहस हुन दिएकै थिएन ।
सभालाई हेर्दा हर्षबिभोर भएको मणि उसले अध्यायन गरेको जस्तै बिचार बक्ताहरुले ओर्लायका थिए । अढाई सौ बर्ष पुरानो महिला मुक्ति आन्दोनको ईतिहासलाई उनीहरुको संघर्ष त्याग र बलिदानलाई आज फेरी दोराहिएको थियो ।
फ्रांसीसी क्रान्तिको द्वौरान भएको क्रान्तिकारी नारी कलवहरु’ जस्तै ब्रुमेन्स रिवोल्यु नारीहरुको पहिलो संगठनको रुपमा प्रकाशमा आएदेखि यताका सबै जसो ओलम्प दी गाईसेब (१७८९) ले मनुस्य र नागरिकको घोषणा पत्र तैयार पारे भन्दै का. स्वरुपले महिला संघर्षको लामो अढाई बर्षको ईतिहासलाई स्मरण गराए । उनले महिलाहरुको मुक्तिको उचारण गर्दै गरेको भाषणबाट प्रभावित उपस्थितहरुले बिच बिचमा कयौँ पटक तरररर ताली बजाएर स्वागत गरेका थिए । स्वयं मणिलाई उनको भाषणले धेरै प्रभाबित तुल्लाएको थियो ।
का. स्वरुपले अन्तमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा उपस्थित सबैलाई महिलाहरुलाई सम्मान गर्न आवहान गर्दै बहुबिबाह महिला उत्पिडन र असमानताको बिरुद्ध आन्दोलनलाई लक्षित पार्न आव्हान गर्दै आफ्नो लामो भाषणको बिट मारेका थिए ।
कार्यक्रम भब्य रुपमा सम्पन्न भयो सबै आ–आफ्ना घरतिर लागे । मणिले का. स्वरुपसँग परिचय गर्ने आसमा एकछिन त्यहिँ ठिङ्गै उभिएको थियो । एकै छिनपछि का. स्वरुप नजिकै आएर जोसिलो अभिवादन टक्राउँदै उनको भाषनबाट आफु धेरै प्रभावित भएको बताउँछ, का. मणिलाई धन्यावाद दिँदै स्वरुपले पनि आफ्नो परिचय र आफु बस्ने गाउँ ठाउँको ठेकाना बताउँ छन् । आफु पार्टीका पुराना नेता मध्यका भएको भन्छन् । उनको परिचय पाउँदा मणिलाई पनि धेरै खुशी लाग्यो । मणिले आफु घरैमा आएर भेट गर्ने वाचा गर्दै यहाँबाट बिदावारी हुन्छन् ।
आज मणि घरमा जादा धेरै प्रश्न देखेर आज उज्यालो देखिनु हुन्छ । अँध्यारोमा पनि काँ जानु भएको दिनभरी ? सिताले सोध्छिन् । ८ मार्चको कार्यक्रममा तिमिलाई भन्नै बिर्षेको मैले त तिमिलाई लिएर जानु पर्ने थियो, मलाई थाहा भएन कार्यक्रमको, मणिले आफ्नो श्रीमतिले सोधेको प्रश्नको उत्तर दिन्छन् । अनि आफुले आज क्रार्यक्रममा सुनेका भाषण र कार्यक्रमको बारेमा सितालाई भन्छन् । अगाडी आउँने दिनहरुमा यस्ता कार्यक्रमहरुमा जान अह्राउँछन् ।
केहि दिन पछि कुनै कामले मणिलाई लखेटा गाउँमा जाने काम पर्यो र त्यहि गाउँमा का.स्वरुपको घर भएको उसलाई शंझना आयो, मणिलाई खुशी पनि लागेको थियो । आज उ लखेटा गाउँमा गए का.स्वरुपका घरमा अबस्य पनि भेट भएर आउँनेछ । उसलाई त्यो महान नेताको गाउँमा जानेकाम परेकोले आज उसको खुशी झनै बडेको थियो ।
तर दिउस भरीको आफ्नै कामको ब्यस्तताले मणिलाई स्वरुपका घर जाने फुर्शत मिलेन,उस्ले आज राति यतै बास बस्ने निधो गर्याे । जसरी भएपनि स्वरुपसँग भेट भएरै जाने उसको बिचार थियो ।
दिनले नेटो काटिसकेको थियो, अब उदाउँने पालो त रातको नै थियो लखेटा एउटा सानो गाउँ भए पनि का.स्वरुपको घर खोज्दै जाँदा साँझ परिसकेको थियो ।
सबैले आ–आफ्ना लालाबालालाई घाँसपात गर्दै थिए, बाहिर मौसम चिसो थियो र खासै मानिसहरु पनि भेट्टिएनन् । मणिले स्वरुपको ठेकान सोध्न कता जाम भनेर सोँचेकै बेला अलि पर एउटी ठिटी उभ्भिएको देख्यो अनि नजिकै गएर का. स्वरुपको घर सोधे । उनी का.स्वरुपकी कान्छी रैछिन्, नजिकै बनेको ठुलो घर तिर ईसारा गर्दै त्यहि घर हो जानुस भन्दै सिकाईन, तर हजूरलाई के कामछ र ? उहाँ ता आज घरमा हुनु हुँदैन दिदी घरै हुनुहुन्छ भन्दै थपिन म उहाँ कि कान्छि श्रीमति हुँ भनिन् ।
सुन्दर पढे लेखेकि उनको ब्यबहार र बोल्ने शैलीले उनी शिक्षित महिला भएकोमा मणिले शंका मानेन् । अनि हजूर कता जान थालेको ? मणिले सोधे ! एकछिन अकमकाए झैँ गर्दै हजूर म छाउगोठमा सरेकि छुँ, कान्छिको सटिक उत्तर थियो ।
के का. स्वरुपले दुईटि बिबाह गर्नु भएको हो ? हजूर ! उनको सटिकमा उत्तर आयो । सरल स्वभाबकी कान्छी पेशाले सरकारी शिक्षिका रैछिन, हजूर यति बिद्वान भएर पनि छाउपडी तिर ? हुनता हजुरको प्रश्नल बिचार ब्यबहारमा मलाई जान्ने जिज्ञाशा मात्र हो । मणिले भन्छन, के भयो त जान्नलाई ? कान्छिको प्रश्नात्मक उत्तरले मणिको हिम्मत बढायो, सोधौँ मणिले अगाडि थप्छन ।
अनि सौताको पछि आउँनै पर्ने कारण के होला ? के पहिलेकी ..हुनुहुन्छ दिदी अत्यान्तै मिलनसार मिहेन्ती, उनले मणिको प्रश्न नटुङ्गिदै उत्तर दिन्छिन् साहेद छोराको चाहानामा होलानी, दिदिका तिनौटी छोरी छन् । कान्छिको उत्तरले आजसम्मको का.स्वरुपको सम्मानमा भरिएको मणिको मन अब रित्तिदै थियो हौस जानुस त्यहि घरहो ? कान्छिको ईसारा पछि मणिले बिस्तारै पाइला घरतिर सार्छन् का. स्वरुपको घरको आगनमा पुगेपछि दलानमा उम्भिएकी झण्डै कान्छी जस्तै तरुनी एउटी केटि बाहिर निक्लिँदै हजूर कसलाई खोज्नु भयो ? मणि झसिंगै हुन्छन् । स्वर सुनेर स्वरुप जिलाई ! घर हुनुहुन्न बुवा ता घर आउँनुस केहि काम थियो की ? थिएन म नजिकै गाउँको हुँ यतैबाट जाँदै थिएँ, पसेरै जानु पर्यो । स्वरुप जीलाई भेट्छु कि भनेको थिएँ– मणिले भन्छन् ।
बस्नुस अँध्यारो भएको छ, छोरीले भन्छिन् । तर मणिलाई आज यहाँ बस्ने मन कुन्नि किन हरायो । होस नानु ठिकैछ स्वरुप जीलाई मणि आएका थिए भन्दिनु होला भन्दै बिदा हुन्छन् । अब स्वरुपको बारेमा जान्ने उत्सुकता पनि सेलाएको थियो ।
आज जति अंध्यारो बढ्दै थियो, बाहिर उसको मनभित्र झन् अंध्यारो भएको थियो । छिटोछिटो पाईला चाल्दै उसको भाषण अँझै पनि कानमा गुँजीदै थियो । महिलाहरुको सम्मान गर्नुपर्छ महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउनु पर्छ । बहुबिवाह र महिला माथिको असमानताको बिरुद्ध संघर्ष गर्नु पर्छ । छाउ गोठ भत्काउनु पर्छ जस्ता बिचार, मणिले घर पुगेको पत्तोनै पाएन कति छिटो उ आफ्नै आँगनमा पुगिसकेको थियो । उफ्.. कति फरक छ भनाई अनि गराईमा हाम्रो समाज भित्रको नमुना मात्रै ता हो यो ब्यबहार र बिचार बिचको खाडल ।
१६ फरवरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *