कथा : हाम्रो समस्या

  •   
  •  
  •  
  •  
  •  
  •  

510 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

लकडाउन फेरिपनि थपियो रेल, बस चल्ने सम्भावना देखिएन । उदाश हुँदै रविले झोला किचनमा राख्छ । बिरेर घलेले भात पकाएर राखेर तरकारिको बाटो हेरेर बसेका थिए । रविले तरकारी लिएर आउँछु भनेको त अहिले बल्ल आइपुग्यो ।

होईन कता हराउँनु भएको हजुर ? बिरेले प्रश्न गर्छ, जाँदा बाटमा काले बिमार भएको जानकारी भयो उसलाई टाईफाईट भएको रैछ । घर मालिकले घर खालि गर्न पनि भनेको अबस्थामा भेट भएर जानु पर्यो भनेर गए जाँदा, स्याँस्याँ गर्दै थियो काले, उसलाई त्यो अबस्थामा छाड्न मनले मानिन अनि उसलाई डाक्टरकोमा लिएर औषधी दिलाएँ, त्यसपछि घर मालिकलाई उसको बिमारीको बारेमा भन्दै निको नहुँदासम्म घर खाली गर्न नभन्नु भनेर संझाउँदा ढिलो भैहाल्यो भनेर आफ्नो आविति सुनाउँछ ।

उसले कुरा गर्दै कपडा बदल्दै थियो बाथरुममा हातखुट्टा साबुनले धोएर फर्किंदा उसको पिठ्युँको निलाडाम देखेर उनीहरुको होस उड्छ । होईन हजुरको कन्नामा यस्ता लोरा किनछन? घले ले आश्चार्या हुँदै सोध्दछ।घलेको त्यो प्रश्न सुनेपछि बिरे पनि जुरुक्कै उठ्दछ । होईन यो ता आज गरेको प्रोपकार हो भन्दै खिसिक्क हाँस्छ । कस्तो प्रोपकार हो त यो ? बिरेले सोध्छ । मैले कालेलाई लिएर डाक्टर कहाँ जाँदा केहि नसोधि मलाई तिन डण्डा लगायो, फेरी चिनेको डाक्टरसँग कुरा गराए पछि बल्ल छाड्यो तर धन्न कालेलाई हानेन । बिमारीलाई हानेको भए बिचरा ढेर हुनेथ्यो । केहि भैन कालेलाई त बचाँए, चिन्ता नगर यो त सामन्या हो भन्दै उनीहरुलाई सम्झाउँछ ।

उसको घर मालिकलाई पनि यो महिना खालि नगराएस् भनेको छु । कालेले अड्भान्स भाडा दिएको रैछ, नत्र उसलाई पनि यतै ल्याउँने बिचार थियो, रविले अगाडि थप्छ ।

ढिलो नगरि रविको पिट्ठुमा कपडा तताउँदै सेक्छन् । दुबै जनाले, कति निर्दयी हुन्छन् । पुलिस पनि मान्छेलाई मान्छे नै सम्झिदैनन् कसै कसैलेत ! भन्दै बिरेले पुलिसको यो कार्वाहिप्रति निन्दा गर्छ ।

के गरुन उनले पनि सरकारको आदेश हो उनले त आफ्नो डिप्टि पुरा गरेका हुन्, यो लकडाउनको पालना गर्ने सबैको कर्तब्य हुन्छ, रविले भन्दै खिसिक्क हाँस्छ । मानौं उसलाई यो चोटको अहसास नै छैन ।

अहिलेसम्म २० लाख जति संक्रमण भैसकेका र एक लाख बिस हजार लगभग मरिसकेका छन् । भारतमा मात्रै पनि तिन सय साठी जना जति मरिसकेका र एघार हजर जति संक्रमित फेलापरेका छन् । यस्तो अबस्थामा सरकारले पनि हाम्रै लागिता हो यो लाक डाउँन बढाएको भन्दै रविले कुराको बिट मार्छ ।

यो कोविड १९ ले गर्दा हामीलाई त ठुलो समस्या नै गरायो न ता गर जान सक्ने नकाम अलिअलि भएको दाम पनि सिद्धियो । प्रवासी नेपालीहरुका त झन् ठुलो समस्याहरु उब्जिएका छन् । खानै नपाएर वा अरु कुनै बिमारीले ग्रस्त भए पछि ता बाँच्ने आधारनै छैन– “घलेले रवि तिर फर्केर नैरास्य जनाउँछ ।”

म छुँ नि यार चिन्ता नगर रविले उनीहरुलाई दिलासा दिन्छ । रवि यो शहरमा अलि बर्षबाट बसोबास गर्दै आएको थियो, उसको चिना– जान पनि धेरैसँग उठ बसछ । एउटा कम्पनिमा सिकोर्डि गाडको काम गर्छ, हिंजो आज त्यो कम्पनि बन्द भए पनि उसलाई मालिकले रेखदेख गर्छ भनेर राखेको थियो । उसलाई त्यहिं बसने रुम पनि दिएको थियो उ दिनरात कम्पनि मै रेखदेखको लागि बसेकोछ, मालिक भने टाडै थियो । त्यहि मौका छोपेर यि दुबै जना गाउँलेलाई लकडाउन सुरु भएपछि आफुसँगै राख्यो । नत्र उनीहरुको बिजोग हुने निश्चित थियो । उसले कालेलाई पनि घर मालिकले खालि गर भनेको भए यतै लिएर आउँने बिचार गरेको थियो । एउटा कोठामा अहिले तिन जना बसेका थिए नजिकै बनेको कोठालाई किचन बनाएको थियो ।

गर्मिले दिनहुँ झनपछि झन प्रभावित पार्न थालेको थियो । तरकारी पकाएर भित्र ल्याउँदै घलेले अब भात खानु पर्छ कि ? प्रश्न गर्छ । आज भांसा ढिलो भैसकेको थियो । सबैले भात खान्छन् । कतिसम्म हो अँझै रवि भाईलाई दुःख दिने भन्दै बिरे उदास हुन्छ । के दुःख हो लकडाउँनसम्म यहाँ मालिक आउँदैन आए पनि मैले आफै समाल्छु चिन्ता नगर, लाग डाउन पछि बस खुलेपछि तिमिहरु घर गैहाल्छौ, भन्दै रविले उनीहरुको हौसला बढाई दिन्छ । रवि एउटा इमानदार सामाजिक भावनले ओतप्रोत ब्यक्तित्व मध्यको मान्छे हो । उसले बिरे र घलेलाई सदै आफ्नो संगठनाम आउँन अह्राई रहन्थ्यो तर उनीहरुले रविलाई जानेरै टर्काई रहन्थे । रविका कुरामा खासै ध्यान दिँदैनथे । अहिले रविको ब्यबहार देख्दा र उसले उनीहरुलाई गरेको सहयोग देख्दा उनीहरु रविको धेरै नजिक्किँदै थिए । रविले अहिले उनीहरुलाई संगठानिक कुरा भन्दा मानवतावादी बिचारलाई उनको सामुन्ने पस्किन्थो । जता कतै फोन गरेर सबैको हाल चाल र समस्यावारे सोधपुच्छ गरि राख्थ्यो । जहाँ उसको जरुर पर्दथ्यो त्यो त्यहाँ हाजिर हुन्थ्यो ।

खास गरेर अहिले सीमानामा अलपत्र परेका साथीहरुको धेरै चिन्ता गर्दै उनको हितका लागि आवाज लगातार उठाई राख्थ्यो ।

अहिले सरकारले लकडाउनलाई थपेको अबस्थाले झनै चिन्तित थियो, तर लकडाउन बढाउनु बिक्लप अरु कनै थियो चारा ? देश बिदेशमा दिनप्रति दिन अबस्था नाजुक हुँदै गएको थियो ।

बिरे र घले पनि एउटा कम्पनिमा मजदुरी गर्थे कम्पनि बन्द भए पछि उनीहरु घर जान सत्तिएका थिए, आनन्द बिहार पुगेकालाई फर्काएर रविले नल्याएको भए यीनको पनि हालत सीमानामा पुगेकाको जसतै हुने थियो । यो सोंच्दा घलेको आङ्ग जिरिङ् गर्छ ।

तर यहाँ पनि रविको सहरा नमिलेको भए थप सङ्कट हुँने निश्चित थियो । अहिले हजारौँ प्रवासी नेपालीहरुको अरु मजदुरको भन्दा पनि अतिरिक्त समस्या छ । रवि जस्ता ब्याक्तिहरु नभेटाएका आमा असाय मजदुरको असबस्था कस्तो होला विरे र घलेले आपसमा बिस्तारै कुरा गर्छन् ।

१४ अप्रेल २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *