कथित जागरण अभियानमा म सामेल छैन : माधव ज्ञवाली

  •   
  •  
  •  
  •  
  •  
  •  

702 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका पाल्पाका नेता माधव ज्ञवालीले आफू कथित राष्ट्रिय जागरण अभियानमा सामेल नभएको बताउनुभएको छ ।

आफू नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामै आवद्ध रहेको र कम्युनिष्ट आन्दोलनमा सक्रिय रहिरहेको स्पष्ट पार्दै नेता ज्ञवालीले भ्रम नपर्न आग्रह गर्नुभएको छ ।

केही दिन अघि सो समूहले ज्ञवालीको नाम र जिल्ला तोकेर कथित जागरण अभियानको केन्द्रीय सदस्य बनाएको जानकारी पाएको भन्दै ज्ञवालीले सो समूहमा आफू सामेल हुँदै नभएको र भविष्यमा पनि नहुने मंगलबार एक विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।

ज्ञवालीले भन्नुभएको छ,

“कथित राष्ट्रिय जागरण अभियानसँग सम्बन्धित पक्षहरुले राष्ट्रिय जनमोर्चाको राजनीति र संगठनको उद्देश्य विपरीत नभएको विशुद्ध फोरम भएकोले यसले गर्ने रुकुम हत्याकाण्डको विरोध कार्यक्रमलाई सहमति जनाउन भनिएकोमा यो संगठनमै मेरो नाम र जिल्ला तोकिएरै राखेको जानकारी भयो । मैले पछि बुझ्दा यो फोरम मात्र नभएर राष्ट्रिय जनमोर्चाको नीति र निर्णय विपरीत गठन भएको थाहा पाएँ ।

यसरी “एउटा भन्ने काम अर्को गर्ने” शैलीको विरोध जनाउँदै उक्त संगठनमा सामेल हुँदै नभएको र भविष्यमा पनि सामेल नहुने सार्वजनिक जानकारी गराउन चाहन्छु । म ने.क.पा. (मसाल) र राष्ट्रिय जनमोर्चासँग प्रतिबद्ध रहँदै आएको र कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका रहिरहेकोले यस बारेमा भ्रममा नपर्न समेत आव्हान गर्दछु ।”
माधव ज्ञवाली
तानसेन पाल्पा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *