कपिलवस्तुको शिवपुरमा राजमोको विरोध सभा

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

422 जनाले पढ्नु भयो ।

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी तथा प्रतिगमनको खतराविरुद्ध कपिलवस्तुको शिवपुरमा विरोध सभाको आयोजना गरेको छ । ‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नाराका साथ आइतबार कोणसभा आयोजना गरेको हो ।

सभालाई राजमो जिल्ला सल्लाकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै र अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कर्मराज चौधरीले सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुले वर्तमान सरकारको गलत नीति, भष्टाचार र संघीयताको दुष्परिणामका कारण जनता अत्तालिएका छन् भन्दै संघीयता अन्तर्गतको प्रदेश सरकार खारेज गर्नुपर्ने बताउनु भयो ।

वर्तमान सरकार, मजदुर किसानहरूको पक्षमा, नभएको भन्दै उहाँहरुको आरोप थियो । सरकार दलाल पुँजीपतिहरूको घेराबन्दीमा रहेको बताउँदै यो सरकारबाट नेपाली जनताको गास, बास, कपास, रोजगारीको कुनै ग्यारेन्टी हुन् नसक्ने आरोप लगाउनुभयो ।

राजमो जिल्ला सदस्य तथा शिवराज नगर अध्यक्ष केहर सिंह पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा राजमोका स्थानीय नेता कार्यकर्तासँगै स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

राजमोले कपिलवस्तुमा शनिबारदेखि जिल्लाब्यापी एकहप्ते अभियान सञ्चालन गरेको छ । त्यसक्रममा जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *