कपिलवस्तुमा राजमोको अभियान जारी, आज चार ठाउँमा विरोध सभा

3576 जनाले पढ्नु भयो ।

नवराज पौडेल,

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्लाका चार स्थानमा विरोध सभा सम्पन्न गरेको छ । बिहीबार वनगाई, बोधगाउँ, गजेदहवा र खैरेनिपुरमा कोण सभा सम्पन्न गरिएको हो ।

‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ राजमो कपिलवस्तुले एकहप्ते अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत कोणसभाको आयोजना गरिएको राजमो कपिलवस्तुले जनाएको छ ।

बन्गाई र बोडगाउँमा भएको विरोध सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा ९मसाल० का जिल्ला प्रवक्ता छविलाल गैरे र राजमो सचिव दलबहादुर कुँवरले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सिद्धि आचार्यले गर्नु भएको थियो ।

त्यस्तै, गजेदहामा सचिव दलबहादुर कुँवरको सञ्चालनमा भएको सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला सदस्य ऋषिराम शर्मा र डबलसिंह जिसीले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी, पश्चिम क्षेत्रको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा भएको विरोध सभालाई राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा राजमो जिल्ला सल्लाहाकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै र जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विकले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरुले राष्ट्रिय जनमोर्चाको संघीयता विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिएको बताउँदै देश पछाडि नफर्कने बताउनुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *