कमल विकको स्मृतिमा शोकसभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

370 जनाले पढ्नु भयो ।

परासी । राष्ट्रिय जनमोर्चा सुनवल नगर समितिद्वारा कमल विक (कर्णबहादुर विक) को स्मृतिमा सुनवल–१ रुपौलियामा शोकसभा सम्पन्न गरेको छ । विकको मृत्यु भएको सातौँ दिन २०७८ साउन १७ गते सो कार्यक्रमको आयोजना गरिएको हो ।

जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता राजमो सुनवल नगर समितिका अध्यक्ष शेरबहादुर सूर्यवंशीले तथा सञ्चालन राजमो नेता तिलकप्रसाद सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजेश विकले कर्णबहादुर विकको मृत्युले पार्टी र कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति भएको र त्यसलाई सम्झेर शोकलाई शक्तिमा बदल्दै उहाँका अपूरा सपनालाई पूरा गरेर मात्र मृतक कमरेडप्रति वास्तविक श्रद्धाञ्जली अर्पण गर्न सकिने बताउनुभयो ।

शोकसभामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी जिल्ला प्रवक्ता धनपति सापकोटा, राजमो नवलपरासीका जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, राजमो जिल्ला सल्लाहकार उत्तमराज खरेल, अखिल नेपाल किसान महासङ्घका जिल्लाध्यक्ष जितबहादुर पौडेल, अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदीलगायतले श्रद्धाञ्जली तथा समवेदनासहित शोकमन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कुलराज गौतमको स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा मृतकको तस्बिरमा पुष्पअर्पण र मृतकको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियोे ।

राष्ट्रिय जनमोर्चा सदस्य, नेकपा (मसाल) सदस्य र जातीय समता समाज नवलपरासी जिल्ला सदस्य कमल विकको २०७८ साउन ११ गते उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *