कम्युनिस्ट पार्टीको घोषणापत्र

  •   
  •  
  •  
  •  
  •  
  •  

718 जनाले पढ्नु भयो ।

भूमिका :

यूरोप एउटा भूतद्वारा आतंकित भइरहेको छ, त्यो हो कम्युनिज्मको भूत । पोप र जार, मेटर्निक र ग्यूजट, फ्रांसेली क्रान्तिकारी र जर्मन प्रहरी जाशुसहरू । पुरानो युरोपका यी सबै शक्तिहरू यस भूतलाई भगाउन पवित्र साँठगाँठमा लागेका छन् । के कुनै त्यस्तो विरोधी पार्टी छ, जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनेर बदनाम गरेका छैनन् ? के त्यस्तो कुनै दल छ, जसले आफ्ना प्रगतिशील विरोधी पार्टीलाई र साथै आफ्ना प्रतिक्रियावादी प्रतिद्वन्द्वीलाई कम्युनिज्मको निन्दापूर्ण अभियोग नलगाएको होस् ? यस तथ्यबाट दुईवटा कुरा प्रमाणित हुन्छ–

१. कम्युनिज्म स्वयं एउटा शक्ति हो, भन्ने कुरालाई सबै युरोपेली शक्तिहरूले मानेका छन् ।
२. कम्युनिस्टहरूले सारा संसारको सामु खुल्लमखुल्ला आफ्ना विचार, उद्देश्य र प्रवृत्तिहरू प्रकट गर्ने र पार्टीको घोषणापत्रद्वारा कम्युनिज्मको भूतसम्बन्धी दन्त्यकथालाई खत्तम पार्नुपर्ने बेला अब आइसकेको छ ।

उक्त उद्देश्य अनुरूप लण्डनमा भेला भई विभिन्न राष्ट्रका कम्युनिस्टहरूले तलको घोषणापत्र तयार पारेका छन् । यसलाई अ“ग्रेजी, फ्रान्सेली, जर्मन, इटालियन, फ्लेमिश र डेनिश भाषाहरूमा प्रकाशित गरिनेछ । एक पुँजीपति र मजदुर आजसम्मका विद्यमान समाजको इतिहास वर्ग संघर्षहरूको इतिहास हो । स्वतन्त्र व्यक्ति र दास, अभिजात वर्ग र प्रजा, सामन्त र अर्धदास, शिल्प संघका मालिक र दक्ष मजदुर, एक शब्दमा भन्ने हो भने थिचाहा र थिचिएकाहरूको माझमा निरन्तररूपले कहिले गुप्त, कहिले खुल्ला संघर्ष हुँदै आएको छ । यस संघर्षको फलस्वरूप प्रत्येक पल्ट या त समाजको ढाँचामा क्रान्तिकारी हेरफेर भएको छ या परस्परविरोधी वर्गहरू नष्ट भएर गएका छन् । पहिलेका ऐतिहासिक युगहरूमा हामी सबैजसो ठाउँहरूमा जटिल सामाजिक व्यवस्था पाउँछौं र त्यस समाजमा विभिन्न तहहरू हुन्छन्, धेरै तहका सामाजिक दर्जाहरू हुन्छन् । प्राचीन रोममा हामी अभिजात वर्ग, सरदार, प्रजा र दासहरू पाउँछौं । मध्य युगमा सामन्त, स–साना सामन्त, शिल्प–संघका मालिक, दक्ष मजदुर, शिकारु मजदुर, अर्धदासहरू पाइन्छन् । फेरि सबै वर्गहरू भित्र पनि धेरै तह हुन्छन् ।

सामन्ती समाजको भग्नावषेशबाट जन्मेको आधुनिक पुँजीवादी समाजले वर्ग–वैरभावलाई खत्तम पारेको छैन् । यसले पुराना वर्गहरूको अवस्था र संघर्षका पुराना रूपहरूको ठाउँमा नयाँ रूपहरू मात्र कायम गरेको छ । तर, हाम्रो युग, पुँजीपति वर्गको युगको विशिष्ट लक्ष्ण के हो, भने यसले वर्ग–वैरभाववलाई सरल पारेको छ । सम्पूर्ण समाज ठाडो रूपले झन्झन् विभाजित हुँदैछ । ती हुन् पुँजीपति वर्ग र सर्वहारा वर्ग । मध्य युगका अर्ध–दासहरूबाट प्रारम्भिक सहरहरूका पट्टेदार महाजनहरूको जन्म भयो । ती महाजनहरूबाट पुँजीपति वर्गका प्रारम्भिक तत्वहरूको विकास भयो । अमेरिका र केप अब गुड होपको बाटो पत्ता लागेपछि उदीयमान पुँजीपति वर्गको लागि विकास नयाँ क्षेत्र खुल्यो । पूर्वी भारतीय र चिनियाँ बजार, अमेरिकालाई उपनिवेश बनाउने कार्य, उपनिवेशहरूसित ब्यापार, विनिमयका साधन तथा वस्तुहरूको बृद्धिले गर्दा व्यापार सामुद्रिक यातायात र उद्योगहरूको अभूतपूर्व उन्नती भयो । त्यसको फलस्वरूप ह्रासोन्मुख सामन्ती समाजमा क्रान्तिकारी तत्वको छिटो विकास भयो । सामन्ती ओद्योगिक व्यवस्था अन्तर्गत औद्योगिक उत्पादनमा शिल्प–संघहरूको एकाधिकार हुन्थ्यो । अब आएर उक्त व्यवस्थाले नयाँ बजारहरूको बढ्दो खाँचोको पूर्ति गर्न सकेन । त्यसको ठाउँमा हस्तचालित कारकाखाना व्यवस्थाले लियो ।

कारखाना मालिका मध्य वर्गले शिल्प संघका मालिकहरूलाई एकातिर हुत्याइदियो । विभिन्न शिल्प–संघहरूबीचको श्रम–विभाजन बिलाएर गयो र प्रत्येक ज्यासलमा श्रम– विभाजन हुन थाल्यो । यसैबीचमा बजारको विस्तार हुँदै गयो र माग पनि बढ्दै गयो । हस्तचालित कारखानाको उत्पादनले मागको पूर्ति गर्न सकेन । त्यसपछि वाष्प–शक्ति र यन्त्रहरूबाट औद्योगिक उत्पादनमा क्रान्तिकारी हेरफेर भयो । हस्तचालित कारखानाको ठाउँमा विशाल आधुनिक उद्योग देखा प¥यो र औद्योगिक लखपतिहरू, ठूल–ठूला औद्योगिक मध्यवर्गको ठाउँ लिए । अमेरिका पत्ता लागेपछि विश्व बजारको बाटो खुल्यो र आधुनिक उद्योगले विश्व बजारको स्थापना गरेको छ । यसै बजारको कारणले व्यापार र सामु्द्रिक तथा स्थल यातायातको निकै विकास भएको छ । फेरि यस विकासले उद्योगको विस्तार गरेको छ । उद्योग, सामुद्रिक यातायात र रेलमार्गको विस्तारकै अनुपातमा पुँजीपति वर्गको पनि विकास भयो, त्यसको पुँजीपतिवर्गको पनि विकास भयो, त्यसको पुँजीमा बुद्धि भयो र त्यसले मध्ययुगका विद्यमान वर्गहरूलाई निमिट्यान्न पारिदियो । तसर्थ, आधुनिक पुँजीपति वर्गको लामो विकास क्रमको उपज र उत्पदन तथा विनिमय पद्धतिमा भएको क्रमिक क्रान्तिको उपज हो भन्ने कुरा हामीलाई स्पष्ट हुन्छ ।

पुँजीपतिवर्गको विकासमा जति जति प्रगति भयो त्यति त्यति उक्त वर्गको राजनीतिक शक्ति पनि बढ्दै गयो । पहिले यो सामन्ती अभिजात वर्गको प्रभुत्वमुनि थिचिएको एउटा वर्ग थियो । मध्ययुगीन कम्युनमा त्यसको सशस्त्र र स्वशासित संघ थियो । कँही कँही (जस्तो कि इटली र जर्मनीमा) त्यसको स्वतन्त्र सहरी गणतन्त्र थियो भने कहीँ (जस्तो कि जर्मनीमा) राजतन्त्र अन्तर्गत कर तिर्ने “तेस्रो वर्ग” थियो । पछि, हस्तचालित कारखानाको जमानामा यसले अभिजात वर्गको विरुद्ध अर्ध–सामन्ती वा निरंकुश राजतन्त्रको सेवा ग¥यो र साँच्चै त यो सामान्य रूपले विशाल राजतन्त्रको आधारशिला रह्यो । आखिरमा, आधुनिक उद्योग र विश्व बजारको स्थापना भएपछि, पुँजीपति वर्गले आधुनिक प्रतिनिधित्वपूर्ण राज्यमा राजनीतिक प्रभुत्व प्राप्त गरेको छ । आधुनिक राज्यको कार्यकारिणी पूरै पुँजीपतिवर्गको साझा कारोबार चलाउने कमिटी मात्र रहेको छ । पुँजीपति वर्गले ऐतिहासिक रूपले निकै क्रान्तिकारी भूमिका खेलेको छ । जहाँजहाँ पुँजीपति वर्गले शक्ति प्राप्त गरेको छ, त्यहाँ त्यसले सारा सामन्ती, पितृसत्तात्मक र भावनात्मक सम्बन्धहरूलाई ध्वस्त पारेको छ ।

सामन्ती पासोहरूलाई यसले निर्ममतापूर्वक धुजाधुजा पारिदिएको छ । लेनदेनको व्यवहार बाहेक अरू कुनै सम्बन्ध टिक्न दिएको छैन । यसले पारलौकिक धार्मिक भावनाहरू, विरोचित उत्साह र ग“वार भावुकतावादलाई स्वार्थी हिसाबकिताबको चिसो पानीमा डुबाइदिएको छ । यसले व्यक्तिको गुणलाई विनिमय मूल्यमा फेरिदिएको छ र अनगिन्ती स्वतन्त्रतालाई स्वतन्त्र व्यापारमा स्थापित गरेको छ । सारांशमा भन्ने हो भने, धार्मिक र राजनीतिक भ्रमहरूबाट अस्पष्ट पारिएको शोषणको ठाउँमा यसले नांगो, निर्लज्ज, ठाडो पाशविक शोषणलाई स्थापित गरेको छ । आजसम्म सम्मान र श्रद्धाको दृष्टिले हेरिने गरिएका पेशाहरूलाई पुँजीपति वर्गले फिक्का पारेको छ । यसले वैद्य, डाक्टर, वकिल, पुरेत, कवि, वैज्ञानिक, सबैलाई आफ्नो ज्यालादारी मजदुरमा फेरेको छ ।

पुँजीपति वर्गले परिवारबाट त्यसको भावुकतापूर्ण घुम्टोलाई च्यातेर पारिवारिक सम्बन्धलाई मात्र पैसाको सम्बन्धमा फेरेको छ । मध्ययुगमा प्रतिक्रियावादीहरूद्वारा प्रशंसित राक्षसी शक्ति प्रदर्शनीको पछिल्तिर सबभन्दा घिनलाग्दो अकर्मण्यताको लामो कथा लुकेको कुरालाई पुँजीपति वर्गले छर्लङ्ग्याइदियो । मानिसको जाँगरले कत्रो काम गर्न सक्दो रहेछ भनी सबभन्दा पहिले देखाइदिने पुँजीपति वर्ग नै थियो । यसले मिश्रका पिरामिड, रोमका कृत्रिम जलप्रणाली र गोथिक चर्चहरूलाई पनि माथ गर्ने आश्चर्यजनक कामहरू सम्पन्न गरेको छ । यसले त्यस्ता अभियानहरूको सञ्चालन गरेको छ, जसको सामु पहिलेका जातीय र इसाई धर्मका यावत् अभियानहरू फिका पर्न गएका छन् । उत्पादनका औजारहरूमा लगातार क्रान्तिकारी हेरफेर नगरिकन र सोही क्रममा उत्पादन सम्बन्धका साथै समाजको पूरै सम्बन्धमा लगातार हेरफेर नगरिकन पुँजीपति वर्गको अस्तित्व रहन सक्दैन । पहिलेका सबै औद्योगिक वर्गहरूको सम्बन्धमा ठीक यसको उल्टो कुरा थियो, किनभने बिना हेरफेर पुरानो उत्पादन पद्धतिलाई जस्ताको तस्तै कायम राख्नु नै तिनीहरूको अस्तित्व जोगाउने पहिलो आधार थियो । उत्पादनमा लगातार क्रान्तिकारी हेरफेर, सामाजिक अवस्थाहरूमा अटुट उथलपुथल, कहिल्यै अन्त्य नहुने अस्थिरता र अनिश्चितता– यी पुँजीवादी युगका त्यस्ता विशेषता हुन्जसलाई पहिलेका सबै युगहरूबाट छुट्याउँछन् । पहिलेका सबै स्थिर, जब्बर सम्बन्धहरूका अतिरिक्त पुराना मान्यता, पूर्वाग्रह तथा मतहरू सबै छिन्नभिन्न भएका छन्, जति पनि निर्मित सम्बन्धहरू राम्ररी फस्टाउन नपाउँदै पुराना भइसक्छन् । ठोस चिजहरू हावामा पग्लेर गएका छन्, पवित्र कुराहरू अपवित्रसिद्ध भएका छन् र आखिरमा आफ्नो जीवनको वास्तविक स्थिति र अरूसितको सम्बन्धको गम्भीरतापूर्वक सामना गर्न मान्छे बाध्य भएको छ । आफ्ना उपजहरूको लागि निरन्तर विस्तारित बजारको खाँचो टार्न पुँजीपति वर्ग संसारको कुनाकाप्चा चहार्ने गर्छ, सर्वत्र ठाउँ ओगट्न बसोबास गर्न र सम्बन्ध जोड्नु यसको निमित्त नितान्त आवश्यक छ ।

विश्वबजारको उपयोगद्वारा पुँजीपति वर्गले प्रत्येक देशको उत्पादन र उपभोगलाई सार्वदेशिक चरित्र प्रदान गरेको छ । प्रतिक्रियावादीहरूलाई औधी चोट पर्नेगरी पुरानो उद्योगका राष्ट्रिय आधारहरू ध्वस्त भएका छन् वा दिन प्रतिदिन ध्वस्त हुँदैछन् । तिनीहरूको ठाउँ त्यस्ता नयाँ उद्योगहरूले लिएका छन्, जसको स्थापनाको सवाल सबै सभ्य राष्ट्रहरूको निमित्त जीवनमरणको सवाल बनेको छ, जसले देशभित्रको कच्चा पदार्थको होइन, टाढा–टाढाका ठाउँहरूबाट ल्याइने कच्चा पदार्थको प्रयोग गर्दछन् र जसका उपजहरूको उपयोग देशभित्र मात्र होइन, संसारका सबै भागहरूमा गरिन्छ । पुराना चाहनाहरूको पूर्ति देशभित्रकै उत्पादनबाट हुन्थ्यो भने अब नयाँ चाहनाहरूको पूर्तिको लागि टाढाका देशहरूबाट वस्तुहरू मगाउनुपरेको छ । पुरानो स्थानीय तथा राष्ट्रिय पृथकता र आत्मनिर्भरताको ठाउँ चारै दिशामा सम्बन्ध, राष्ट्रहरूको सर्वव्यापी अन्तरनिर्भरताले लिएको छ । भौतिक संसारमा झैं बौद्धिक संसारमा पनि यही कुरा घटेका छन् । वैयक्तिक राष्ट्रहरूका बोद्धिक सिर्जनाहरू साझा सम्पत्ति बनेका छन् । राष्ट्रिय एकांकीपन र संकीर्णता झन्झन् बढी असम्भव भएका छन् र असंख्य राष्ट्रिय तथा स्थानीय साहित्यहरूबाट एउटा विश्व साहित्य पैदा भएको छ । उत्पादनका सबै औजारहरूको छिटो विकास गरेर र सञ्चारका साधनहरूमा निकै उन्नति गरेर पुँजीपति वर्गले बर्बर राष्ट्रहरूलाई समेत सभ्यताको घेराभित्र ल्याउँदछ । त्यसको वस्तुको सस्तो मोल नै त्यस्तो विशाल तोप हो जसको सघाउबाट त्यसले सारा चिनियाँ पर्खालहरूलाई भत्काइदिन्छ र विदेशीहरूदेखि निकै घिनाउने बर्बरहरूलाई घुँडा टेक्न डर देखाएर पुँजीवादी उत्पादन सम्बन्ध अपनाउन बाध्य पार्छ ।

यसले तिनीहरूलाई करैले आफ्नो सभ्यता चलनचल्तीमा ल्याउन, अर्थात् पुँजीवादी बन्न लगाउँछ । छोटकरीमा भन्ने हो भने, यसले संसारलाई आफ्नै साँचोमा ढाल्छ । पुँजीपति वर्गले गाउँलाई सहरको शासनमुनि राखेको छ । यसले ठूल–ठूला सहरहरूको निर्माण गरेको, ग्रामीण जनसंख्याको दाँजोमा सहरी जनसंख्यालाई निकै बढाएको छ र यसले जनसंख्याको ठूलो हिस्सालाई ग्रामीण जीवनको कूपमण्डुकताबाट मुक्त पारेको छ । जसरी यसले गाउँलाई सहरमाथि आश्रित पारेको छ, त्यसरी नै यसले बर्बर तथा अर्ध–बर्बर देशहरूलाई सभ्य देशहरूमाथि, किसानका राष्ट्रहरूलाई पुँजीवादी राष्ट्रहरूमाथि र पूर्वलाई पश्चिममाथि आश्रित पारेको छ । पुँजीपति वर्गले जनसंख्या, उत्पादन साधन र सम्पत्तिको तितरबितर स्थितिलाई झन्झन् खत्तम पार्दै लगेको छ । यसले जनसंख्यालाई एकै ठाउँमा थुपारेको छ, उत्पादनका साधनहरूलाई केन्द्रित पारेको छ, थोरै मानिसको हातमा सम्पत्ति थुपारिदिएको छ । यसले गर्दा स्वभावतः राजनीतिक केन्द्रीकरण भयो । बेग्ला–बेग्लै स्वार्थ, कानुन, सरकार र कर व्यवस्था भएका स्वतन्त्र अथवा खुकुलो रूपले सम्बन्धित प्रान्तहरू एउटा स्वार्थ, सिमाना र भन्सार महसुल एउटै खालका भए ।

बितेका तमाम युगहरूले गरेको उत्पादक शक्तिहरूको विकास भन्दा बढी र शक्तिशाली उत्पादक शक्तिहरूको विकास पुँजीपति वर्गले सय वर्षको आफ्नो छोटो शासनकालमा गरेको छ । प्राकृतिक शक्तिहरूमाथि मानिसको नियन्त्रण, यन्त्रहरू, उद्योग र कृषिमा रसायनशास्त्रको प्रयोग, वाष्पचालित जहाज, रेलमार्ग, बिजुली तार, खेतीको लागि पूरै महाद्वीपहरू सफा पार्नु, नदीको पानी लैजान ठूलठूला कुलोहरूको निर्माण, धेरै मानिसहरूलाई एकै ठाउँमा जम्मा पार्न सामाजिक श्रमको गर्भभित्र यस्ता विशाल उत्पादक शक्तिहरू लुकेका छन्भन्ने कुरालाई के पहिलेका युगहरूले अनुमान मात्र पनि गरेका थिए र ? यसरी हामी के देख्छौं भने जुन उत्पादन र विनिमयका साधनहरूको आधारमा पुँजीपति वर्गको विकास भयो, ती सामन्ती समाजभित्र पैदा भएका थिए । उत्पादन र विनिमयका उक्त साधनहरूको विकास कुनै निश्चित चरणमा पुगेपछि, सामन्ती समाजको उत्पादन र विनिमय व्यवस्था, कृषि र हस्तचालित उद्योगको सामन्ती संगठन, एक शब्दमा भन्ने हो भने सामन्ती सम्पत्ति–सम्बन्धहरू विकसित भइसकेका उत्पादक शक्तिहरूसित मिल्दा भएनन् । उक्त सामन्ती संगठन र सम्पत्ति–सम्बन्धहरू उत्पादक शक्तिहरूको लागि हथकडी र नेल बने, र तिनलाई चकनाचुर पार्नु परेको थियो, चकनाचुरै पारियो । त्यसको ठाउँमा मुक्त प्रतियोगिता र त्यस अनुकूलको सामाजिक र राजनीतिक विधान, पुँजीपति वर्गको आर्थिक र राजनीतिक प्रभुत्व कायम भए । अहिले हाम्रै आँखाको अघिल्तिर ठीक त्यस्तै घटना भइरहेका छन् । आफ्नो उत्पादन, विनिमय र सम्पत्ति–सम्बन्धहरूसहितको आधुनिक पुँजीवादी समाजले उत्पादन र विनिमयको विशाल साधनलाई पैदा गरेको छ, तर त्यसलाई सम्हाल्न यो असमर्थ छ । यस मानेमा यो समाज त्यस्तो जादुगरझैं छ, जो आफ्नो जादुको बलले आफूले बोलाएका भूतप्रेतहरूलाई वशमा राख्न सक्दैन । धेरै देशको उद्योग र व्यापारको इतिहास वर्तमान उत्पादन सम्बन्धहरूको विरुद्ध पुँजीपति वर्ग र त्यसको शासनको आधार बनेका सम्पत्ति–सम्बन्धहरूको विरुद्ध आधुनिक उत्पादक शक्तिहरूको विद्रोहको इतिहास मात्र हो । यसको लागि ती व्यापार संकटहरूमा वस्तुहरू मात्र होइन, पहिले सिर्जिएका उत्पादक शक्तिहरू पनि समय समयमा ध्वस्त पारिएका छन् ।

यस्ता संकटहरूको बेलामा यस्तो महामारी फैलिन्छ, जसलाई पहिलेका युगहरूमा भए मूर्खतापूर्ण ठानिने थियो । त्यो हो अति–उत्पादनको महामारी । अचानक समाजले आफूलाई केही समयसम्म बर्बर अवस्थामा पाउँछ । अनिकालले, सर्वव्यापी युद्धले सारा जीविकाको साधनको पूर्तिको मुखै टालिदिएको जस्तो भान हुन्छ । उद्योग र व्यापार ठप्पै भएजस्तो लाग्छ र यो सबै किन हुन्छ त ? चाहिनेभन्दा बढी जीविकाको साधन, चाहिनेभन्दा बढी उद्योग, चाहिनेभन्दा बढी ब्यापार भएकाले यस्तो भएको हो । अब समाजका अधीनमा भएका उत्पादक शक्तिहरू पुँजीवादी सम्बन्धी– सम्बन्धको विकासमा सहायक हुँदैनन् । बरु त्यसको उल्टो, ती शक्तिहरू कति बन्छन् र यो बन्धन टुट्नेबित्तिकै पूरै पुँजीवादी समाजमा खलबली पैदा हुन्छ, पुँजीवादी सम्पत्तिको अस्तित्व खतरामा पर्छ । पुँजीवादी समाजका अवस्थाहरू कति साँगुरा छन् भने त्यसले आफूले पैदा गरेको धनलाई आफूभित्र अटाउन सक्दैन । पुँजीपति वर्गले उक्त संकटहरूबाट कसरी उम्कन खोज्छ त ? संकटबाट उम्कनका लागि, एकातिर त्यसले निकै धेरै नयाँ बजार कब्जा गर्छ र पुराना बजारहरूको बढी शोषण गर्छ । अर्थात्, त्यसबाट मुक्ति पाउन त्यसले बढी व्यापक र विनाशकारी संकटलाई निम्त्याउँछ र संकट रोक्ने साधनहरूलाई घटाउँछ । जुन हतियारको मद्दतबाट पुँजीपति वर्गले सामन्तवादलाई ढालेको थियो त्यो हतियार अब पुँजीपति वर्गकै विरुद्ध सोझिएको छ । तर, पुँजीपति वर्गले आफूलाई खत्तम पार्ने हतियार मात्र तयार पारेको छैन, त्यसले त उक्त हतियार प्रयोग गर्ने मानिसहरू, आधुनिक मजदुर वर्ग, सर्वहारालाई पनि जन्माएको छ । जति–जति पुँजीपति वर्ग अर्थात् पुँजीको विकास हुन्छ, त्यति–त्यति सर्वहारा वर्ग, आधुनिक मजदुर वर्गको पनि विकास हुन्छ । सर्वहारा वर्ग त्यस्ता ज्यामीहरूको जमात् हो, जो काम पाउन्जेलसम्म मात्र जीवित रहन्छन् र जसले आफ्नो श्रमद्वारा पुँजीलाई बढाउन सकुन्जेलसम्म मात्र काम पाउँछन् । यी ज्यामीहरूले आफूलाई खुद्रा बिक्री गर्नुपर्छ र उनीहरू पनि, अन्य खरिद–बिक्रीको वस्तु झैं, एउटा वस्तु हुन्, त्यसैले उनीहरू प्रतियोगिता र बजारको उतार–चढावका शिकार हुन्छन् ।

यन्त्रहरूको विस्तृत प्रयोग र श्रम–विभाजनले गर्दा सर्वहाराहरूको कामले आफ्नै वैयक्तिक चरित्र गुमाइसकेको छ, फलस्वरूप, कामदारले काम गर्दा पाउनुपर्ने मज्जा र आनन्द गुमेको छ । मजदुर यन्त्रको पुच्छर बन्छ र उसबाट सबभन्दा साधरण, सबभन्दा निरस र सबभन्दा सजिलोसित सिकिने कुशलताको मात्र अपेक्षा गरिन्छ । त्यसैले, मजदुरको उत्पादन–लागत पूर्णतया उसको जीवन धान्न र वंश–वृद्धि गर्न चाहिने साधनहरूसम्ममा सीमित रहन्छ । तर, कुनै वस्तुको मोल र त्यसको श्रमको मोल त्यसको उत्पादन–लागतको बराबर हुन्छ । तसर्थ, जति–जति काममा निरसता बढ्छ, त्यत्ति नै ज्याला कम हुन्छ । त्यतिमात्र होइन, जति–जति यन्त्रको प्रयोग र श्रमविभाजन बढ्छ, त्यति नै कामको घण्टा लम्ब्याएर, कुनै निर्धारित समयभित्र काम बढी गराएर वा यन्त्रको गतिलाई बढी तेज पारेर कामदारमाथि श्रमको भार पनि बढाइन्छ । आधुनिक उद्योगले पितृसत्तात्मक मालिकको सानो ज्यासललाई औद्योगिक पुँजीपतिको ठूलो कारखानामा फेरेको छ । कारखानाहरूमा असंख्य मजदुरलाई सिपाहीलाई झैं संगठित गरिन्छन् । औद्योगिक सेनाका सिपाहीहरूको रूपमा उनीहरूलाई अफिसर र सुवेदारहरूको नेतृत्वमुनि राखिन्छ । उनीहरू पुँजीपति वर्गका र पुँजीवादी राज्यका कमारा मात्र होइनन्, उनीहरूलाई दिन प्रतिदिन र घण्टा प्रतिघण्टा यन्त्रद्वारा, निरीक्षकद्वारा र मुख्य कुरो त वैयक्तिक पुँजीवादी उत्पादन कर्ताद्वारा कमारा बनाइन्छ । जति खुल्ला रूपमा यस निरंकुशतन्त्रले लाभलाई आफ्नो साध्य र लक्ष्य ठान्छ, त्यति नै बढी नीच, घृणित र पाखण्डी यो बन्छ । जतिजति शारीरिक श्रममा कुशलता र बलको खाँचो कम हुन्छ अर्थात्जतिजति आधुनिक उद्योगको विकास हुन्छ, त्यतित्यति पुरुषको लिंगभेदको कुनै विशेष सामाजिक महत्व रहँदैन । सबै श्रमका औजार हुन्छन्ः उमेर र लिंगको दृष्टिबाट ज्याला कम–बेसी हुन्छ ।

उत्पादनकर्ताबाट मजदुरको शोषणको अन्त्य हुनेबित्तिकै, मजदुरले नगदी ज्याला पाउनेबित्तिकै, पुँजीपति वर्गका अरू सहबन्धुहरूले, घरपति, पसले, बन्धकी लिने महाजन, आदिले उसको शोषण गर्दछन् । स–साना व्यापारी, पसले, अवकाशप्राप्त व्यापारी, दस्तकार र किसानहरू– यी सबै निम्न मध्यम वर्गीय मानिसहरू विस्तार–विस्तार सर्वहाराको स्थितितिर ओर्लन्छन् । त्यसको कारण एक त उनीहरूसित भएको थोरै पुँजी आधुनिक उद्योग चलाउन यथेष्ट हुँदैन र उनीहरू ठूला पुँजीपतिहरूसितको होडबाजीमा टिक्न सक्दैनन् । फेरि अर्काे कारण के भने उत्पादनको नयाँ तरिकाले गर्दा उनीहरूको विशिष्ट दक्षता बिना मूल्यको हुन्छ । यसरी जनताका सबै वर्गहरूबाट सर्वहारा वर्गमा भर्ती हुन आउँछ । सर्वहारा वर्ग विकासमा विभिन्न चरणहरूबाट गुज्रन्छ । जन्मैदेखि पुँजीपति वर्गसित त्यसको संघर्ष सुरु हुन्छ । सुरुसुरुमा एकल मजदुरहरूले संघर्ष चलाउँछन्, पछि एउटा कारखानाका सबै मजदुरहरू मिलेर संघर्ष चलाउँछन्, त्यसपछि एकै ठाँउका एउटै व्यवसायमा काम गर्ने सबै मजदुरहरू मिली खुल्लमखुल्ला आफ्नो शोषण गर्ने खास पुँजीपतिको विरुद्ध संघर्ष गर्छन् । पुँजीवादी व्यवस्थाको विरुद्ध होइन, बरु उत्पादनका औजारहरूको विरुद्ध उनीहरू आफ्नो हमलालाई निर्देशित गर्दछन् । उनीहरू आफ्नो श्रमसित होड गर्ने विदेशी वस्तुहरूलाई नष्ट पार्छन्, यन्त्रलाई ध्वस्त पार्छन्, कारखानामा आगो लगाइदिन्छन्, लोप भइसकेको मध्ययुगीन कामदारको स्थितिलाई जर्बजस्ती कायम गर्न खोज्छन् । यस चरणसम्म मजदुरहरू देशभरि छरिएर रहेको, एकता नभएको जनसमुदाय रहन्छन्र होडबाजीले गर्दा उनीहरू आपसमा विभाजित रहेका हुन्छन् । कहीँ उनीहरू बढी संगठित संस्थाहरूमा एकताबद्ध रहेका भए पनि त्यसको कारण उनीहरूको आफ्नै सक्रिय एकता होइन, बरु पुँजीपति वर्गको एकता हो, किनभने पुँजीपति वर्गले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिका लागि पूरै सर्वहारा वर्गसित लड्छन् । यसरी, ऐतिहासिक आन्दोलनको लगाम पुँजीपति वर्गको लागि विजय बन्छ । तर उद्योगको विकास स“गस“गै सर्वहारा वर्गको संख्यामा मात्र वृद्धि हुने होइन, त्यो झन्झन्ठूलो संख्यामा एकत्रित हुन्छ, त्यसको तागत बढ्छ र त्यसले उक्त तागतको बढी अनुभव गर्छ । जति–जति यन्त्रले श्रमका सबै भेदहरूलाई मेटाउँछ र सबै ठाउँमा ज्यालालाई निम्नस्तरमा पु¥याएर एउटै दरको बनाउँछ, त्यति नै सर्वहारा वर्गका पंक्तिहरूभित्रका विभिन्न स्वार्थ र जीवनावस्थाहरू एउटै हुन्छन् । पुँजीपतिहरूको माझमा बढ्दो होडबाजी र त्यसबाट उत्पन्न हुने व्यापार–संकटले गर्दा मजदुरहरूको ज्याला झन्झन् बढी अनियमित बन्न जान्छ । झन्झन् छिटोसित यन्त्रमा हुने लगातार उन्नतिले गर्दा उनीहरूको जीवन झन्झन् अनिश्चित बन्छ ।

वैयक्तिक मजदुर र वैयक्तिक पुँजीपतिबीचको संघर्षले झन्झन् वर्ग संघर्षको रूप लिन्छ । त्यसपछि मजदुरहरू पुँजीपतिको विरुद्ध संघहरू (मजदुर संघहरू) बनाउन थाल्छन्, ज्यालाको दर बढाउनका लागि उनीहरू संगठित हुन्छन् । समयसमयमा विद्रोहका निम्ति तयार पार्न उनीहरू स्थायी संघहरू बनाउँछन् । जहाँतहीँ संघर्षले विद्रोहको रूप लिन्छ । यदाकदा मजदुरहरू विजयी बन्छन्, तर त्यो क्षणिक हुन्छ । उनीहरूको संघर्षको सच्चा फल तात्कालिक परिणाममा रहँदैन, तर उनीहरूको झन्झन्विस्तृत एकता रहन्छ । आधुनिक उद्योगले सिर्जना गरेका उन्नत सञ्चारसाधनहरू उक्त एकतामा सहायक हुन्छन्, कनभने त्यसले विभिन्न ठाउँका मजदुरहरूलाई आपसमा सम्पर्क गराउँछ । यस सम्पर्कले गर्दा एउटै चरित्रका असंख्य स्थानीय संघर्षहरू एउटै राष्ट्रिय वर्ग संघर्षमा केन्द्रित हुन्छन् । तर, प्रत्येक वर्ग संघर्ष राजनीतिक संघर्ष हो । मध्य युगका व्यापारीहरूलाई बाटोघाटोको कमीले गर्दा यस्तो एकता प्राप्त गर्न सयौं वर्ष लागेको थियो भने रेलमार्गले गर्दा आधुनिक सर्वहारा वर्गहरूले त्यसलाई केही वर्षमा नै प्राप्त गर्छन् । वर्गको हैसियतबाट र फेरि राजनीतिक पार्टीको हैसियतबाट हुने मजदुरहरूको संगठन मजदुरहरूकै बीचको होडबाजीले गर्दा बराबर भंग हुन्छ । तर झन्बलियो, झन्दरो, झन्शक्तिशाली रूपमा त्यस्तो संगठन फेरि जन्म हुन्छ । पुँजीपतिहरूबीचको विभाजनबाट फाइदा उठाएर त्यस संगठनले मजदुरहरूको खास स्वार्थमा ऐन कानुन बनाउन बाध्य पार्छ । यसरी बेलायतमा दशघण्टे कानुन बन्छ । पुरानो समाजका वर्गहरूबीच हुने संघर्षले धेरै तरिकाबाट सर्वहारा वर्गको विकासक्रमलाई बढाउँछ । पुँजीपति वर्ग निरन्तर संघर्षमा फसेको हुन्छ । पहिले सामन्त वर्गसित यसको संघर्ष चल्छ, पछि उद्योगको प्रगतिको विपरीत स्वार्थ राख्ने पुँजीपति वर्गको मद्दत लिन र त्यसलाई राजनीतिक रंगमञ्चमा उतार्न करै पर्छ । तसर्थ, पुँजीपति वर्गले नै सर्वहारा वर्गलाई राजनीतिक र सामान्य शिक्षा दिने काम गर्छ, अर्थात् सर्वहारा वर्गलाई पुँजीपति वर्गविरुद्ध लड्न त्यसले नै हतियार दिन्छ । फेरि माथि भनिझैं, उद्योगको प्रगतिले गर्दा शासक वर्गका सारा अंगहरू सर्वहारा वर्गतिर ओरालो लाग्छन्, अथवा कमसेकम उनीहरूको जीविका खतरामा पर्छ । उनीहरूले पनि सर्वहारा वर्गलाई ज्ञान र प्रगतिका नयाँ तत्वहरू प्रदान गर्दछन् ।

अन्त्यमा, वर्ग संघर्ष निर्णायक अवस्थामा पुग्दा, शासकवर्गभित्र र वास्तवमा पूरै पुरानो समाजभित्र चलिरहेको विघटन प्रक्रियाले कस्तो उग्र, भयानक रूप लिन्छ भने शासक वर्गको एउटा सानो अंग त्यसबाट छुट्टिएर क्रान्तिकारी वर्गसित, भविष्य हातमा लिएको वर्गसित मिल्न आउँछ । तसर्थ, जसरी पहिलेको युगमा सामन्त वर्गको एउटा अंग पुँजीपति वर्गसित मिल्न आउँछ, जो पूरै ऐतिहासिक आन्दोलनलाई सैद्धान्तिक रूपले बुझ्नसक्ने स्तरसम्म उठिसकेका हुन्छन् । आज पुँजीपति वर्गको विरोधमा जति पनि वर्गहरू छन्, ती सबमा सर्वहारा वर्ग मात्र साँच्चिकै क्रान्तिकारी वर्ग हो । आधुनिक उद्योगका मारमा परेर अरू वर्गहरू क्षीण हुँदै अन्त्यमा बिलाएर जान्छन्, सर्वहारा वर्ग त्यसको खास र आवश्यक उपज हो । निम्न मध्यम वर्ग, सानो उत्पादनकर्ता, पसले, कालिगढ, किसान– यी सबै मध्यम वर्गको हैसियतले आफ्नो अस्तित्व जोगाउन पुँजीपतिको विरुद्ध लड्छन् । त्यसैले उनीहरू क्रान्तिकारी होइनन् बरु रूढीवादी हुन् । त्यतिमात्र होइन, उनीहरू प्रतिक्रियावादी पनि हुन्, किनभने उनीहरू इतिहासको पांग्रालाई पछिल्तिर फर्काउन खोज्छन् । संयोगवश उनीहरू क्रान्तिकारी भए पनि, आफू चाँडै नै सर्वहारा वर्गको स्थितिमा खस्ने हुनाले मात्र उनीहरू क्रान्तिकारी बनेका हुन्छन् । त्यसैले उनीहरू आफ्नो वर्तमान स्वार्थको होइन, बरु भविष्यको स्वार्थको रक्षा गर्छन्, आफ्नो दृष्टिकोणलाई छाडेर सर्वहारा वर्गको दृष्टिकोणलाई ग्रहण गर्छन् । अनि अर्काे एउटा “खतरनाक वर्ग”, “सामाजिक फोहर” छ, जुन पुरानो समाजको निम्नतम तहद्वारा फालिएका सडेगलेका तत्वहरूबाट बनेको हुन्छ ।

यी तत्वहरू पनि विभिन्न ठाउँमा सर्वहारा क्रान्तिले गर्दा आन्दोलनमा सरिक हुन सक्छन्, तर आर्थिक अवस्थाले गर्दा यिनीहरू धेरैजसो पैसामा बिकेर प्रतिक्रियावादी षडयन्त्रका ज्यावल बन्ने हुन्छन् । सर्वहारा वर्गको स्थितिमा पुरानो सामाजिक स्थितिको कुनै नामनिशान वास्तवमा बाँकी रहेको छैन । सर्वहाराको कुनै सम्पत्ति हुँदैनन्, आफ्ना स्वास्नी र केटाकेटीहरूसितको उसको सम्बन्धमा पुँजीवादी पारिवारिक सम्बन्धसित मिल्दो कुनै चिज पाइँदैन । फ्रान्समा झैं बेलायतमा, जर्मनीमा झैं अमेरिकामा पनि आधुनिक औद्योगिक श्रमले, आधुनिक पुँजीको शासनले उसमा राष्ट्रिय चरित्रको कुनै चिन्ह रहन दिएको छैन । उसको लागि कानुन, नैतिकता, धर्म, आदि सब त्यस्ता पुँजीवादी पूर्वाग्रह हुन् जसको पर्दापछाडि पुँजीवादी स्वार्थहरू लुकेका हुन्छन् । राज्यको बागडोर हातमा लिएका पहिलेका सबै वर्गहरूले पूरै समाजलाई आफ्नो शोषणको चक्कीमा पिसेर आफ्नो स्थितिलाई जब्बर पार्न खोजेका छन् । पहिलेको शोषण–पद्धतिलाई र यसरी पहिलेका सारा शोषण–पद्धतिहरूलाई खत्तम नपारिकन सर्वहाराहरू समाजका उत्पादक शक्तिहरूको मालिक बन्न सक्दैनन् । जोगाउनुपर्ने भन्ने कुनै चिज उनीहरूसित छैन, उनीहरूको मूल उद्देश्य निजी सम्पत्तिसित सम्बन्धित पहिलेका सबै संरक्षण र ग्यारेन्टीहरूलाई ध्वस्त पार्नु हो । पहिलेका सबै ऐतिहासिक आन्दोलनहरू अल्पसंख्यक मानिसहरूका आन्दोलन, अल्पसंख्यकको स्वार्थमा भएका आन्दोलन थिए । सर्वहारा आन्दोलन विशाल बहुसंख्याको स्वार्थमा हुने विशाल बहुसंख्याको आत्मसचेत, स्वतन्त्र आन्दोलन हो । अधिकृत समाजको तमाम माथिल्लो ढाँचालाई ध्वस्त नपारिकन, हाम्रो वर्तमान समाजको सबभन्दा तल्लो स्तरमा रहेको सर्वहारा वर्गले सर्वप्रथम आफ्नै पुँजीपति वर्गलाई खत्तम पार्नुपर्छ । सर्वहारा वर्गको विकासका सामान्य चरणहरूको मोटामोटी वर्णन गर्दा हामीले विद्यमान समाजभित्र थोरबहुत गुप्त ढंगले चलिरहेको गृहयुद्धको त्यस विन्दुसम्म वर्णन गरेका छौं, जहाँ पुगेपछि उक्त युद्धले खुल्ला क्रान्तिको रूप लिन्छ र पुँजीपति वर्गलाई हिंसात्मक ढंगले उखेलेर फाली सर्वहारा वर्गको शासनको जग बसाल्छ । आजसम्मको विद्यमान सामाजिक व्यवस्था थिच्ने र थिचिएका वर्गहरूको शत्रुतामा आधारित रहेको छ । तर जुनसुकै वर्गलाई दबाएर राख्नका लागि त्यसलाई यस्तो सुविधासम्म त दिनैपर्छ, जसको अन्तर्गत रहेर त्यसले कमसेकम आफ्नो कमारा स्थितिलाई जारी राख्न सकोस् ।

जसरी सामन्ती निरंकुश शासनअन्तर्गत निम्न पुँजीपति वर्गले आफूलाई पुँजीपतिमा विकसित गर्ने चाँजोपाँचो मिलायो, त्यसरी नै अर्ध–दास प्रथाको युगमा अर्ध–दासले आफूलाई कम्युनको सदस्यमा उठायो । त्यसको उल्टो, उद्योगको प्रगतिको स“गस“गै उकालो लाग्ुनको सट्टामा आधुनिक मजदुर आफ्नो वर्गीय स्थितिभन्दा झन्झन्उँधो लाग्दैछ । ऊ गरिब बन्छ र जनसंख्या र धनदौलतभन्दा पनि छिटोसित गरिबीको बृद्धि हुन्छ । यसबाट कुन कुरा प्रस्ट हुन्छ भने समाजमा शासक वर्ग बन्नका लागि र समाजमाथि आफ्नो व्यवस्था थोपर्नका लागि पुँजीपति वर्ग नालायक भइसकेको छ । यो वर्ग शासन गर्नलाई नालायक भएको छ, किनभने कमारागिरीभित्र आफ्नो कमारालाई बाँच्न दिने व्यवस्थासमेत मिलाउन यसले सकेको छैन, किनभने यसले आफ्नो कमारालाई यस्तो स्थितिमा पु¥याएको छ, कि उसको कमाइ खानुको सट्टामा यसले उसलाई खुवाउनुपरेको छ । यस पुँजीपति वर्गको अधीनमा अब समाज रहन सक्दैन, अर्थात् अव समाजसित त्यसको अस्तित्वको मेल खाँदैन ।

पुँजीपति वर्गको अस्तित्व र आधिपत्यको लागि चाहिने प्रमुख शर्त पुँजीको निर्माण र वृद्धि हो, पुँजीको लागि आवश्यक शर्त ज्यालादारी श्रम हो । ज्यालादारी श्रम मजदुरहरूबीचको होडबाजीमा निर्भर गर्छ । पुँजीपति वर्गले अनिच्छापूर्वक गरेको उद्योगको प्रगतिको फलस्वरूप, होडबाजीको कारणले छरिएर बसेका मजदुहरू आपसी सम्पर्कमा आई क्रान्तिकारी संगठनहरू बनाउँछन् । तसर्थ, आधुनिक उद्योगको विकासले पुँजीवादी उत्पादन र शोषणको आधारलाई नै तहसनहस पारिदिन्छ । त्यसैले, मुख्य कुरा के भने, पुँजीपति वर्गले आफ्नो चिहान खन्नेहरूलाई जन्माउँछ । त्यसको पतन र सर्वहारा वर्गको विजय त्यत्तिकै अनिवार्य छन् । दुई सर्वहारा र कम्युनिस्ट कम्युनिस्ट र सर्वहारा वर्गका माझमा कस्तो सम्बन्ध रहन्छ ? अरू मजदुर पार्टीहरूको विरुद्ध कम्युनिस्टहरू एउटा छुट्टै पार्टी बनाउँदैनन् । सर्वहारा वर्गको स्वार्थ भन्दा छुट्टै र भिन्नै कम्युनिस्टहरूको अर्काे कुनै स्वार्थ छैन । सर्वहारा आन्दोलनलाई कुनै खास साँचोमा ढाल्ने कम्युनिस्टहरूको उद्देश्य छैन र त्यसको लागि उनीहरू आफ्नो संकीर्ण सिद्धान्तको स्थापना गर्दैनन् । अरू मजदुर पार्टीहरूबाट कम्युनिस्टहरूलाई दुईटा कुराले छुट्याउँछन्ः

(१) विभिन्न देशका सर्वहाराहरूको राष्ट्रिय संघर्षहरूमा उनीहरू जातीयताको भेदभाव नगरिकन पुरै सर्वहारा वर्गको साझा स्वार्थतर्फ औँल्याउँछन् र त्यसलाई अघि सार्छन् ।

(२) पुँजीपति वर्गको विरुद्ध मजदुर वर्गको संघर्षको विकासका विभिन्न चरणहरूमा उनीहरू सदा सर्वत्र पूरै आन्दोलनको स्वार्थको प्रतिनिधित्व गर्छन् । तसर्थ, एकातिर कम्युनिस्टहरू व्यावहारिक दृष्टिले प्रत्येक देशका मजदुर पार्टीहरूमा सबभन्दा अघि बढेका र दरिला अंग हुन् र उनीहरूले अरू सबैलाई अघि बढाउँछन्, अर्काेतिर, सैद्धान्तिक दृष्टिबाट उनीहरूले सर्वहारा आन्दोलनको दिशा, अवस्था र अन्तिम सामान्य परिणामबारे विशाल सर्वहारा जनधारणाले भन बढी बुझेका हुन्छन् । अरू सबै सर्वहारा पार्टीहरूको जुन उद्देश्य छ, कम्युनिस्टहरूको तात्कालिक उद्देश्य पनि त्यही हो– वर्गको हैसियतले सर्वहारा वर्गको संगठन गर्नु, पुँजीवादी शासनलाई उखेलेर फाल्नु, सर्वहारा वर्गद्वारा राजनीतिक सत्ता प्राप्त गर्नु । कम्युनिस्टहरूको सैद्धान्तिक निष्कर्ष कुनै विश्व सुधारकद्वारा बनाइएका विचार वा सिद्धान्तहरूमा कदापि आधारित छैन । सामान्यतः उनीहरू विद्यमान वर्गसंघर्षबाट हाम्रै आँखा अघिल्तिर चलिरहेको ऐतिहासिक आन्दोलनबाट उत्पन्न वास्तविक सम्बन्धहरूलाई मात्र व्यक्त गर्छन् । विद्यमान सम्पत्ति– सम्बन्धको उन्मूलन गर्नु कम्युनिज्मको एउटा विशिष्ट लक्षणा कदापि होइन । पहिले पनि ऐतिहासिक अवस्थाहरूमा भएको हेरफेरको कारणले गर्दा सबै सम्पत्ति–सम्बन्धहरूमा लगातार ऐतिहासिक हेरफेरहरू भएका छन् । उदाहरणका लागि, फ्रान्सेली क्रान्तिले पुँजीवादी सम्पत्तिको पक्षमा सामन्ती सम्पत्तिको उन्मूलन ग¥यो । कम्युनिज्मको विशिष्ट लक्षण सामान्यतः सम्पत्तिको उन्मूलन गर्नु होइन, बरु पुँजीवादी सम्पत्ति उन्मूलन गर्नु हो । आधुनिक पुँजीवादी निजी सम्पत्ति वर्ग–शत्रुतामा, थेरै व्यक्तिद्वारा धेरैको शोषणमा आधारित उत्पादन तथा शोषण–व्यवस्थाको अन्तिम र सबभन्दा पूर्ण अभिव्यक्ति हो ।

यसअर्थमा, कम्युनिस्टहरूको सिद्धान्तलाई एउटै वाक्यमा यसरी राख्न सकिन्छः निजी सम्पत्तिको उन्मूलन । मानिसले आफ्नै पसिनाले कमाएको व्यक्तिगत सम्पत्ति राख्न पाउने अधिकार नै खत्तम गर्न चाहने भनी कम्युनिस्टहरूमाथि आक्षेप लगाइएको छ । यस्तो आक्षेप लगाउनेहरूको भनाइअनुसार यो सम्पत्ति सारा व्यक्तिगत स्वतन्त्रता, क्रियाशीलता र स्वाधीनताको आधार हो । खूब मेहनत गरी हासिल गरेको, आफैंले पाएको, आफैंले कमाएको सम्पत्ति । के तिमीहरूको भनाइको अर्थ सानो दस्तकार र सानो किसानको सम्पत्ति हो, जुन पुँजीवादी सम्पत्तिभन्दा पहिले रहेको थियो ? त्यसको उन्मूलन गर्नु पर्ने कुनै खाँचो छैन, उद्योगको विकासले त्यसलाई धेरै हदसम्म खत्तम पारिसकेको छ र अहिले पनि दिनप्रतिदिन खत्तम पार्दैछ । अथवा तिमीहरूको मतलब आधुनिक पुँजीवादी निजी सम्पत्तिसित हो ? तर के ज्यालादारी श्रमले मजदुरका लागि कुनै सम्पत्ति पैदा गर्छ ? कदापि गर्दैन । त्यसले त पुँजी पैदा गर्छ, अर्थात् त्यस्तो खालको सम्पत्ति पैदा गर्छ जसले ज्यालादारी श्रमको शोषण गर्छ र जुन नयाँ शोषणको लागि चाहिने ज्यालादारी श्रमको नयाँ आपूर्ति नभएमा बढ्न सक्दैन । अचेल सम्पत्ति पुँजी र ज्यालादारी श्रमबीच शत्रुतामा आधारित रहेको छ । हामी यस शत्रुताको जाँच दुवै पक्षबाट गरौं ।

पुँजीपति बन्नुको अर्थ चोखो व्यक्तिगत स्थिति प्राप्त गर्नुमात्र होइन, उत्पादनमा सामाजिक स्थिति प्राप्त गर्नु पनि हो । पुँजी एउटा सामूहिक उपज हो, र समाजका धेरै सदस्यहरूको संयुक्त कारबाहीबाट मात्र, अझ भन्ने हो भने, अन्तिम रूपमा, समाजका सबै सदस्यहरूको संयुक्त कारबाहीबाट मात्र त्यसलाई गतिशील पार्न सकिन्छ । तसर्थ, पुँजी व्यक्तिगत शक्ति होइन, बरु सामाजिक शक्ति हो । त्यसैले पुँजीलाई साझा सम्पत्तिमा, समाजका सारा सदस्यहरूको सम्पत्तिमा फेरिँदो व्यक्तिगत सम्पत्ति सामाजिक सम्पत्तिमा फेरिने होइन । सम्पत्तिको सामाजिक चरित्र मात्र फेरिन्छ । सम्पत्तिको वर्ग–चरित्र खत्तम हुन्छ । अब हामी ज्यालादारी श्रमबारे विचार गरौं । ज्यालादारी श्रमको सरदर मोल न्यूनतम ज्याला हो अर्थात् मजदुरलाई मजदुरको हैसियतले जीवन धान्न पुग्ने जीविकाका साधनहरूको परिणाम हो । तसर्थ, ज्यालादारी मजदुरले आफ्नो श्रमबाट जति पाउँछ त्यसबाट उसको गुजारा चलाउन मात्र पुग्ने हुन्छ । मजदुरले आफ्नो श्रमबाट गर्ने यस कमाइलाई खत्तम गर्न हामी कदापि चाहन्नौं, मानव जीवन कायम राख्न र त्यसको पुनरुत्पादनका लागि गरिने र अरूको श्रमको शोषण नगर्ने कमाइलाई खत्तम गर्ने हाम्रो इरादा होइन । हामीले खत्तम गर्न चाहेको कुरो त उक्त कमाइको त्यस्तो सोचनीय रूप हो, जुनअन्तर्गत मजदुर पुँजी बढाउनका लागि मात्र बाँचेको हुन्छ र शासकवर्गको स्वार्थ पूर्तिका लागि चाहिएसम्म मात्र उसलाई बाँच्न दिइन्छ ।

पुँजीवादी समाजमा जीवित श्रम सञ्चित श्रमलाई बढाउने साधन मात्र रहन्छ । कम्युनिस्ट समाजमा सञ्चित श्रम मजदुरको जीवनलाई फराकिलो, सुखी र उन्नत पार्ने साधन मात्र बन्नेछ । तसर्थ, पुँजीवादी समाजमा भूतले वर्तमानमाथि शासन चलाउँछ, कम्युनिस्ट समाजमा वर्तमानले भूतमाथि शासन चलाउँछ । पुँजीवादी समाजमा पुँजी स्वतन्त्र छ र त्यसको निजी व्यक्तित्व छ, तर जिउँदो मान्छे परतन्त्र छ र उसको कुनै व्यक्तित्व छैन । पुँजीपतिहरू के भन्छन् भने यस्तो स्थितिको उन्मूलन गर्नु व्यक्तित्व र स्वतन्त्रताको उन्मूलन गर्नु हो । र कुरा ठीक पनि हो । पुँजीवादी व्यक्तित्व, पुँजीवादी स्वाधीनता र पुँजीवादी स्वतन्त्रताको उन्मूलन गर्नु अवश्य पनि हाम्रो उद्देश्य हो । वर्तमान पुँजीवादी उत्पादन–व्यवस्था अन्तर्गत स्वतन्त्रताको अर्थ हो, स्वतन्त्र व्यापार, स्वतन्त्र खरिद– बिक्री । तर, पुँजीवादीवर्ग के भन्छ भने खरिद–बिक्री खत्तम भयो भने स्वतन्त्र खरिद–बिक्री पनि खत्तम हुन्छ ।

यदि, मध्ययुगका सीमित खरिद–बिक्री र बन्धनमा परेको व्यापारीहरूको विरोधमा मात्र हाम्रो पुँजीपति वर्गले स्वतन्त्र खरिद–बिक्रीबारे र सामान्य रूपमा स्वतन्त्रताबारे “दिल्ली हाँक्ने कुरो” अघि सारेको भए, त्यसको केही अर्थ हुन्थ्यो होला, तर खरिदबिक्री, पुँजीवादी उत्पादन व्यवस्था र पुँजीपति वर्गको उन्मूलन गर्ने कम्युनिस्ट इरादाको विरुद्ध त्यसलाई अघि सार्दा त्यसको कुनै महत्व रहँदैन । तिमीहरू निजी सम्पत्ति खत्तम पार्ने हाम्रो इरादा सुनेर थर्कमान भएका छौं । तर तिमीहरूको विद्यमान समाजमा दशजनामा नौजनाको निजी सम्पत्ति त खत्तमै भइसकेको छ । दशजनामा नौजनासित सम्पत्ति नरहनाले मात्र थोरै मान्छेको हातमा निजी सम्पत्ति रहन गएको हो । त्यसैले, जुन सम्पत्तिको अस्तित्वको लागि समाजका विशाल बहुसंख्यक जनताले सम्पत्तिबाट हात धुनुपर्छ, त्यस सम्पत्तिको उन्मूलन गर्ने इरादा राख्ने भनी तिमीहरू हामीमाथि आक्षेप लगाउँछौ । सारांशमा, तिमीहरूको सम्पत्ति खत्तम पार्न चाहने भनी हामीमाथि आक्षेप लगाउँछौं । यो ठीक कुरो हो, हामीले चाहेको कुरा पनि त्यही हो । तिमीहरू के भन्छौं भने जुन दिनदेखि श्रमलाई पुँजी, द्रव्य वा लगानमा, एकाधिकार प्राप्त गर्न सकिने सामाजिक शक्तिमा फेर्न सकिनेछैन, अर्थात् जुन दिनदेखि वैयक्तिक सम्पत्तिलाई पुँजीवादी सम्पत्तिमा, पुँजीमा फेर्न सकिने छैन, त्यसदिनदेखि व्यक्तित्व भन्ने कुरा बिलाएर जान्छ । त्यसैले, तिमीहरूले कुन कुरा स्विकार्नैपर्छ भने तिमीहरूको दृष्टिमा, “व्यक्ति” को अर्थ पुँजीपतिबाहेक, सम्पत्तिको मध्यमवर्गीय मालिकबाहेक अरू कोही होइन । साँचो कुरा के हो भने यस व्यक्तिलाई खत्तमै पार्न‘परेको छ, त्यसको अस्तित्वलाई असम्भव बनाइदिनुपरेको छ ।

कम्युनिज्मले कसैलाई पनि समाजका उपजहरूको उपभोग गर्नबाट वञ्चित गर्दैन, यसले उसलाई अर्काेको श्रमको शोषण गर्ने शक्तिबाट मात्र वञ्चित पार्छ । हाम्रो विरोधमा के तर्क दिइन्छ भने निजी सम्पत्तिको उन्मूलन भएमा सारा काम ठप्प हुनेछ र संसारमा आलस्यको रजाइँ चल्छ । यसको तर्कअनुसार त पुँजीवादी समाजलाई आलस्यले धेरै पहिले नै खत्तम पारिसक्नुपर्ने थियो, किनभने यसका सदस्यहरूमा जो काम गर्दछन् उनीहरू केही पाउँदैनन् र जो सबथोक पाउँछन् उनीहरू काम गर्दैनन् । यो विरोध तलको भनाइको अर्काे अभिव्यक्ति हो ः पुँजी नरहेको खण्डमा ज्यालादारी श्रम पनि रहन सक्दैन । भौतिक उपजहरूको उत्पादन र उपभोगसम्बन्धी कम्युनिस्ट पद्धतिको विरुद्ध जुन आक्षेपहरू लगाइएका छन्, तिनै आक्षेपहरू बौद्धिक उपजहरूको उत्पादन र उपभोगसम्बन्धी कम्युनिस्ट पद्धतिको विरुद्ध पनि लगाइएका छन् ।

जसरी पुँजीपतिको दृष्टिमा, वर्ग–सम्पत्ति खत्तम हुनुको अर्थ उत्पादन नै खत्तम हुनु हो, त्यसरी नै उसको दृष्टिमा वर्ग–संस्कृति खत्तम हुनुको अर्थ सारा संस्कृति खत्तम हुनु हो । जुन संस्कृतिको विनाशलाई लिएर पुँजीपति बिलौना गर्छ, त्यो बहुसंख्यक जनताको निम्ति यन्त्रले जस्तै काम गर्न सिकाउने शिक्षा मात्र हो । तर, पुँजीवादी सम्पत्तिको उन्मूलन गर्ने हाम्रो इरादालाई तिमी स्वतन्त्रता, संस्कृति, कानुन, आदि सम्बन्ध आफ्नो पुँजीवादी धारणाको कसीमा राखी पारख गर्छाै, त्यसैले यस विषयमा हामीसित तर्क गर्न व्यर्थ छ । तिम्रा विचारहरू पुँजीवादी उत्पादन र पुँजीवादी सम्पत्ति–व्यवस्थाका उपज मात्रै हुन्, जस्तो कि तिम्रो न्याय–विधान सबैको लागि ऐन बनाइएको तिम्रो वर्ग त्यस्तो इच्छा हो, जसको आवश्यक चरित्र र दिशालाई तिम्रो वर्गको आर्थिक व्यवस्थाले निर्धारित गर्छ । स्वार्थपूर्ण भ्रममा परी तिमी आफ्नो वर्तमान उत्पादन–पद्धति र सम्पत्तिको रूपबाट उत्पन्न सामाजिक सम्बन्धहरूलाई उत्पादनको प्रगतिको क्रममा जन्मने र बिलाउने ऐतिहासिक सम्बन्धहरूलाई प्रकृति र विवेकको शाश्वत नियममा फेरिदिन्छौं, तर यो भ्रम तिम्रो मात्र होइन तिमी भन्दा पहिलेका सबै शासक वर्गहरूमा पनि यस्तै भ्रम रहेको थियो । प्राचीन सम्पत्तिको सम्बन्धमा तिमी जुन कुरा प्रष्टसित देख्छौं, सामन्ती सम्पत्तिको सम्बन्धमा तिमी जुन कुरालाई मान्छौं, त्यस कुरालाई अव तिमी सम्पत्तिको आफ्नो पुँजीवादी स्वरूपको सम्बन्धमा मान्न तयार छैनौं । परिवारको उन्मूलन ! कम्युनिस्टहरूको यस्तो कुख्यात प्रस्ताव सुनेर कट्टर क्रान्तिकारीहरू पनि रिसले आगो हुन्छन्। कुन आधारमा वर्तमान परिवार, पुँजीवादी परिवार अडेको छ ? पुँजीको आधारमा, निजी लाभको आधारमा । आफ्नो पूर्ण विकसित रूपमा यो परिवार पुँजीपति वर्गको बीचमा मात्र विद्यमान छ । तर, त्यसको पूरकको रूपमा के पाइन्छ भने सर्वहाराहरूको बीचमा परिवार भन्ने कुनै चिज छैन र सार्वजनिक वेश्यावृत्ति विद्यमान छ ।

आफ्नो पूरक बिलाएपछि पुँजीवादी परिवार पनि स्वभावतः विलाउनेछ र पुँजीको अन्त्य भएपछि दुवै बिलाउनेछन् । केटाकेटीहरूलाई आमाबाबुको शोषणबाट मुक्त गर्न चाहने भनी के तिमी हामीमाथि आक्षेप लगाउँछौ ? यो अपराधलाई हामी स्वीकार गर्छौं । तर, तिमी भन्लाऊ, हामी घरेलु शिक्षा खत्तम गरी सामाजिक शिक्षा कायम गर्न खोज्छौं, जसले गर्दा सबभन्दा पवित्र सम्बन्ध खत्तम हुन्छ । अनि तिमंो शिक्षा के त ? के त्यो पनि सामाजिक शिक्षा होइन ? के त्यसलाई सामाजिक अवस्थाहरूद्वारा, स्कुलमार्फत समाजको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपद्वारा निर्धारण गरिँदैन ? शिक्षामाथि समाजको हस्तक्षेपलाई कम्युनिस्टहरूले सिर्जेका होइनन्ः उनीहरू मुक्त हस्तक्षेपको चरित्रलाई फेर्न र शिक्षालाई शासकवर्गको प्रभावबाट मुक्त पार्न मात्र चाहन्छन् । परिवार र शिक्षा, आमाबाबु र केटाकेटीको पवित्र सह–सम्बन्ध, आदिबारे पुँजीवादी शब्दजाल त्यति नै बढी वाक्कलाग्दो हुन्छ, जति आधुनिक उद्योगको प्रभावले गर्दा सर्वहाराहरूको सारा पारिवारिक सम्बन्धहरू चकनाचुर भएका हुन्छन् र उनीहरूका केटाकेटीहरू खरिदबिक्रीको वस्तु र श्रमको साधनमा फेरिएका हुन्छन् । तर, सारा पुँजीपतिहरू एकै स्वरले चिच्याएर के भन्छन्भने तिमी कम्युनिस्टहरू आइमाईहरूलाई साझा सम्पत्ति बनाउन चाहन्छौ । पुँजीपति आफ्नो स्वास्नीलाई उत्पादनको एउटा साधन मात्र ठान्छ ।

उसले के सुनेको छ भने उत्पादनका साधनहरूलाई सामूहिक रूपले उपयोग गरिनेछ, र स्वाभाविक रूपमा ऊ कस्तो निष्कर्ष निकाल्छ भने त्यसरी नै महिलाहरूलाई पनि सामूहिक सम्पत्ति बनाइनेछ । उसले कुन कुरा सोंच्नै सक्दैन भने हाम्रो मुख्य उद्देश्य उत्पादनको साधनमात्र बनेको महिलाहरूलाई त्यस्तो स्थितिबाट मुक्त पार्नु हो । महिलाहरूलाई खुल्ला र अधिकृत रूपमा सामूहिक सम्पत्ति बनाउन खोज्छन्भनेर कम्युनिस्टहरूमाथि आक्षेप लगाई हाम्रो पुँजीपति बडो सदाचारी बनेर त्यसप्रति क्रोध प्रकट गर्छन् । यो जतिको हाँसो उठ्ने कुरा अरू केही छैन । महिलाहरूलाई सामूहिक सम्पत्ति बनाउनुपर्ने कम्युनिस्टहरूको लागि कुनै खाँचो छैन, त्यो त सनातन कालदेखि रहिआएको छ ।

हाम्रा पुँजीपतिहरू रण्डीबाजीबाट अघाउने त कुरै छाडौं, आफ्नो अधीनमा भएका सर्वहाराहरूका स्वास्नी र छोरीहरूको सतीत्व लुटेर पनि नअघाई एक अर्काको स्वास्नी उडाउनमा निकै आनन्द लिन्छन्। वास्तवमा पुँजीवादी विवाह सामूहिक पत्नीहरूको व्यवस्था हो, र कम्युनिस्टहरूमाथि आक्षेप लगाउने हो भने कतिमात्र लगाउन सकिन्छ भने उनीहरू सामूहिक पत्नीत्वको गुप्त र ढोंगी व्यवस्थाको ठाउँमा खुल्ला र कानुनी व्यवस्था गर्न चाहन्छन् । तर, स्वतः प्रष्ट कुरो के भने वर्तमान उत्पादन–व्यवस्था खत्तम भएपछि, त्यस व्यवस्थाबाट उत्पन्न भएको सामूहिक पत्नीत्वको प्रथा अर्थात् सार्वजनिक र गुप्त दुवै खालको वेश्यावृत्ति पनि खत्तम भएर जान्छ । फेरि, कम्युनिस्टहरू देश र जातीयता मेटाउन चाहन्छन्भनेर पनि आक्षेप लगाइन्छ । मजदुरहरूको कुनै देश छैन । उनीहरूसँग नभएको कुरालाई हामी लिन सक्दैनौं । सर्वहारा वर्गले सर्वप्रथम राजनीतिक सत्ता प्राप्त गर्नुपरेको छ, राष्ट्रको नेतृत्वकारी वर्ग बन्नुपरेको छ, आफूलाई राष्ट्रको रूपमा स्थापित गर्नुपरेको छ । पुँजीवादी अर्थमा नभए पनि, यस अर्थमा यो आफैं राष्ट्रवादी छ ।

पुँजीपति वर्गको शासन कायम भएपछि, यस्ता भेद र वैरभावहरू झन् छिटोसित बिलाएर जानेछ । कमसेकम प्रमुख सभ्य देशहरूको संयुक्त कारबाही सर्वहारा वर्गको मुक्तिको निम्ति एउटा प्रमुख शर्त हो । जसै मानिसद्वारा मानिसको शोषण अन्त्य हुन्छ, एक राष्ट्रद्वारा अर्काे राष्ट्रको शोषण पनि खत्तम हुनेछ । जसै राष्ट्रभित्रका वर्गहरूबीचको शत्रुता खत्तम हुन्छ, राष्ट्र राष्ट्रबीचको शत्रुता पनि खत्तम हुनेछ । धार्मिक, दार्शनिक र सामान्य रूपले विचारधारात्मक दृष्टिकोणबाट कम्युनिज्मको विरुद्ध लगाइएका आक्षेपहरू गम्भीर ध्यान दिन योग्य छैनन् । मानिसको भौतिक जीवनका अवस्थाहरूमा, उसका सामाजिक सम्बन्धहरूमा र उसको सामाजिक जीवनमा हेरफेर भएपछि, उसका विचार, दृष्टिकोण र धारणाहरू, अर्थात् एक शब्दमा भन्ने हो भने, उसको चेतना पनि फेरिन्छन्, भन्ने कुरा बुझ्नको निम्ति के कुनै प्रतिभाको खाँचो पर्छ र ? जसै भौतिक उत्पादनमा हेरफेर हुन्छ, बौद्धिक उत्पादनको चरित्रमा पनि हेरफेर हुन्छ भन्ने कुरालाई के विचारहरूको इतिहासले प्रमाणित गर्दैन र ? प्रत्येक युगको प्रभुत्वशाली विचार सदा शासकवर्गको विचार रहेको हुन्छ । जब मानिहरू समाजमा क्रान्तिकारी हेरफेर ल्याउने विचारहरूको बारेमा कुरा गर्छन्, त्यसको अर्थ के मात्र हुन्छ भने पुरानो समाजभित्र नयाँ समाजका तत्वहरूको सिर्जना भइसकेको छ, र जीवनको पुरानो अवस्थाको विनाशसँगै पुराना विचारहरूको विनाश पनि हुन्छ ।

प्राचीन जगत्ले आफ्नो आखिरी सास फेरिरहँदा इसाई धर्मले प्राचीन धर्महरूलाई खत्तम पारिदियो । अठारौँ शताब्दीमा बुद्धिवादी विचारहरूको सामु इसाई विचारले आत्मसमर्पण गर्दा, सामन्ती समाजले क्रान्तिकारी पुँजीपतिहरूसित संघर्षमा अन्तिम सास फेर्दै थियो । धार्मिक स्वतन्त्रता र विवेक–स्वतन्त्रताको विचारले कुन कुरा व्यक्त गर्छ भने ज्ञानको क्षेत्रभित्र मुक्त प्रतियोगिताको बोलवाला चलेको छ । यस्तो भनिन्छः “ऐतिहासिक विकासको क्रममा धार्मिक, नैतिक, दार्शनिक र कानुन विषयक विचारहरू फेरिँदै आएका छन्भन्ने कुरामा शंका छैन । तर धर्म, नैतिकता, दर्शन, राजनीतिक विज्ञान र कानुन सदा कायमै रहेका छन् ।” “यसबाहेक, स्वतन्त्रता, न्याय, आदिजस्ता शाश्वत सत्यहरू सबै समाज–व्यवस्थाहरूमा पाइन्छन्। तर, यी चिजहरूलाई नयाँ आधारमा स्थापित गर्नुको सट्टा कम्युनिज्मले शाश्वत सत्यहरूलाई खत्तम पार्छ, सबै धर्म र सबै नैतिकतालाई खत्तम पार्छ । तसर्थ, यसले सारा विगत ऐतिहासिक अनुभवको विपरीत काम गर्दछ ।” यो आक्षेपको मतलब के हो ? पहिलेका सारा समाजको इतिहास वर्ग–वैरभावहरूको विकासको इतिहास हो, र यस वैरभावले बेग्ला–बेग्लै युगहरूमा बेग्ला–बेग्लै रूप लिएको छ । तर उक्त वैरभावले जस्तोसुकै रूप लिए पनि, बितेको सबै युगहरूमा एउटा साझा कुरा पाइन्छ, त्यो हो समाजको एक भागद्वारा अर्काे भागको शोषण । त्यसैले, कुन कुरामा आश्चर्य लाग्दैन भने बितेको युगहरूको सामाजिक चेतनामा विभिन्नता र विविधता भए पनि, त्यसले कुनै साझा रूपहरू वा सामान्य विचारहरूभित्रै फन्को मार्छ, र वर्ग–वैरभाव पूरा खत्तम नभएसम्म त्यो पनि पूरा रूपमा खत्तम हुन सक्दैन । कम्युनिस्ट क्रान्ति भन्नु नै परम्परागत सम्पत्ति–सम्बन्धसित सबभन्दा आधारभूत रूपले नाता तोड्नु हो । त्यसैले त्यसको विकासले परम्परागत विचारहरूसित पूर्ण रूपमा नाता तोडेको कुरामा कुनै आश्चर्य छैन ।

कम्युनिज्ममाथि लगाइने पुँजीवादी आक्षेपहरूको कुरालाई यही टुंग्याइदिऊँ । माथि हामीले के भनिसकेका छौं भने मजदुरवर्गको क्रान्तिमा पहिलो पाइलो सर्वहारा वर्गलाई शासकवर्गको स्थितिमा उठाउनु, जनवादको संग्राम जित्नु हो । सर्वहारावर्गले आफ्नो राजनीतिक प्रभुत्वको प्रयोग गरी पुँजीपति वर्गबाट विस्तार–विस्तार सबै पुँजी खोस्नेछ, राज्यको हातमा अर्थात् शासक वर्गको रूपमा संगठित सर्वहारा वर्गको हातमा उत्पादनका सारा साधनहरूलाई केन्द्रित पार्नेछ र सकेसम्म तीव्र गतिले कुल उत्पादक शक्तिहरूलाई बढाउनेछ । अवश्य पनि सुरूमा सम्पत्तिको अधिकारमाथि र पुँजीवादी उत्पादन–प्रणालीमाथि निर्मम रूपले हमला नगरिकन त्यसलाई पूरा गर्न सकिन्न । यी उपायहरू आर्थिक दृष्टिबाट हानिकारक र नराम्रो देखिन सक्छन्, तर आन्दोलनको क्रममा त्यसले आफूले गरेको नोक्सानभन्दा बढी लाभ गराउँछ र पुरानो समाज– व्यवस्थामाथि अरू हमला गर्नु आवश्यक पार्छ । उत्पादन–पद्धतिलाई पूरैसित फेर्ने साधनको रूपमा उक्त उपायहरू अपरिहँर्य छन् । यी उपायहरू बेग्ला–बेग्लै देशहरूमा बेग्ला–बेग्लै खालका हुनेछन् । तथापि सबभन्दा उन्नत देशहरूमा तलको कार्यक्रमलाई सामान्यत : लागु गर्न सकिन्छ ।

१. जमिन्दारी सम्पत्तिको उन्मूलन र सार्वजनिक काममा सबै मालपोत लगाउनु,

२. आम्दानी हेरी बढेर जाने प्रगतिशील आय–कर,

३. उत्तराधिकारीको प्रथा खारेज गर्नु,

४. देश छाडी जानेहरूको र विद्रोहीहरूको सम्पत्ति जफत गर्नु,

५. राजकीय पुँजीबाट राष्ट्रिय बैंक खोली र राज्यका एकाधिकार कायम गरी राज्यको हातमा साख (अचभमष्त) लाई केन्द्रित पार्नु,

६. राज्यको हातमा सञ्चार र यातायातका साधनहरूलाई केन्द्रित पार्नु,

७. राज्यको मातहतमा रहेका कारखानाहरू र उत्पादनका औजारहरूको विस्तार, योजनाबद्ध ढंगले पर्ती जग्गालाई आवाद गर्नु र माटोमा सुधार गर्नु,

८. सबैले काम गर्नुपर्ने बाध्यता । खासगरी कृषिको निम्ति औद्योगिक सेनाको स्थापना,

९. उद्योगसित कृषिलाई एकजुट पार्नु । देशभरमा जनसंख्याको राम्रो वितरण गरेर सहर र गाउँबीचको भेदलाई बिस्तार–बिस्तार खत्तम गर्न,

१०. सार्वजनिक स्कुलहरूमा सबै केटाकेटीका लागि निःशुल्क शिक्षा । कारखानामा केटाकेटीलाई काम गराउने व्यवस्था खत्तम पार्नू । औद्योगिक उत्पादनसित शिक्षालाई एकजुट पार्नू । विकासको क्रममा वर्ग–भेदहरू बिलाइसकेपछि, पूरै राष्ट्रको एउटा विशाल संघको हातमा सारा उत्पादन केन्द्रित भइसकेपछि, राजसत्ताको राजनीतिक चरित्र पनि बिलाएर जानेछ । राजनीतिक सत्ता भनेको एक वर्गले अर्काे वर्गलाई दबाउने संगठित शक्ति मात्र हो । पुँजीपति वर्गको विरुद्ध आफ्नो संघर्षमा सर्वहारा वर्गले परिस्थितिको बाध्यताले गर्दा आफूलाई वर्गको रूपमा संगठित गर्छ, यसले क्रान्तिद्वारा आफूलाई शासकवर्ग बनाउँछ र बलको प्रयोगद्वारा पुरानो उत्पादन–व्यवस्थालाई खत्तम पार्छ । यसरी, त्यसले पुरानो व्यवस्थासँगसँगै वर्ग–वैरभाव र सामान्यतः वर्गहरूको अस्तित्वको आधारलाई र वर्गको हैसियतलेआफ्नो प्रभुत्वलाई पनि खत्तम पारेको हुन्छ । वर्ग र वर्ग–वैरभावहरूले युक्त भएको पुरानो पुँजीवादी समाजको ठाउँमा एउटा यस्तो संघको जन्म हुनेछ, जसमा प्रत्येकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको लागि शर्त हुन्छ । तीन समाजवादी र कम्युनिस्ट साहित्य ।

१. प्रतिक्रियावादी समाजवाद (क) सामन्ती समाजवाद आफ्नो ऐतिहासिक स्थितिको कारणले गर्दा, आधुनिक पुँजीवादी समाजको विरुद्ध पर्चा र पुस्तिकाहरू लेख्नु फ्रान्स र बेलायतका सामन्तहरूको पेशा नै भएको छ । जुलाई १९३० को फ्रान्सेली क्रान्तिमा र बेलायतको सुधार आन्दोलनमा यी सामन्तहरूले फेरि पुँजीपति वर्गको सामु घुँडा टेके । त्यसपछि, ती दुईको बीचमा गम्भीर राजनीतिक संघर्षको सवालै रहेन । साहित्यिक संघर्षमात्र संभव रह्यो । तर साहित्यको क्षेत्रमा पनि पुनरुत्थान कालका पुराना नाराहरू बेकार भइसकेका थिए । जन–सहानुभूति प्राप्त गर्नका लागि सामन्तवर्गले करैले आफ्नो स्वार्थलाई बाहिर नदेखिने गरी लुकाई शोषित मजदुरवर्गको स्वार्थलाई अघि सारेर पुँजीपति वर्गको विरोध गर्नुपरेको थियो । यसरी सामन्तवर्गले आफ्नो नयाँ मालिकको विरुद्ध व्यंग्य–काव्यहरू रचेर उसको कानमा आउँदो सर्वनाशको अशुभ भविष्यवाणी सुनाएर बदला लिने काम ग¥यो । यस ढंगबाट सामन्ती समाजवादको उत्पत्ति भयो । आधा बिलौना, आधा व्यंग्य, आधा भूतको प्रतिध्वनि, आधा भविष्यको खतरा, कहिले कहीँ कटु र व्यंग्यात्मक तथा तीखो आलोचनाद्वारा पुँजीपति वर्गको मर्मस्थलमै प्रहार गरियो, तर आधुनिक इतिहासको लम्काइलाई बुझ्न नसक्नाको कारणले गर्दा त्यसको प्रभाव हमेशा हास्यास्पद रह्यो । जनतालाई आफ्नो वरिपरि संगठित पार्नका लागि सामन्तवर्गले झण्डाको साटो सर्वहारा झुत्रो झोली हल्लाए । तर उनीहरूको साथ दिने जनताले त्यसको पछिल्तिर पुरानो सामन्ती पोशाक देखेर तिरस्कारपूर्ण स्वरले हाँस्दै छाडेर हिँडे । फ्रान्सेली लेजिटिमिस्टहरूको एउटा अंग र “तरुण बेलायत”ले यस्तो तमाशा देखाए । आफ्नो शोषण गर्ने तरिका पुँजीपति वर्गको तरिकाबाट बेग्लै छ भन्ने कुरोतर्फ औँल्याउँदा, सामन्तहरू के बिर्सन्छन्भने उनीहरूले एकदम बेग्लै र अहिले पुरानो भइसकेका परिस्थिति र अवस्था अन्तर्गत शोषण गरेका थिए । आफ्नो शासन अन्तर्गत आधुनिक सर्वहारावर्ग थिएन भन्ने कुरा देखाउँदा उनीहरू कुन कुरा बिर्सन्छन्भने आधुनिक पुँजीपति वर्ग उनीहरूकै समाज–व्यवस्थाको आवश्यक सन्तान हो । उनीहरू आफ्नो आलोचनाको प्रतिक्रियावादी चरित्रलाई लुकाउने कम मात्र कोसिस गर्छन् । पुँजीवादी वर्गको विरुद्ध उनीहरूको मुख्य आक्षेप के हुन आउँछ भने पुँजीवादी शासनमुनि यस्तो एउटा वर्गको विकास हुँदैछ जसले पुरानो समाज–व्यवस्थालाई जगैदेखि उखेलेर फाल्नेछ । पुँजीपति वर्गले सर्वहारा वर्ग जन्माएकोमा उनीहरू त्यसलाई त्यति निन्दा गर्दैनन्, जति त्यसले क्रान्तिकारी सर्वहारा वर्ग जन्माएकोमा गर्छन् । त्यसैले, राजनीतिक व्यवहारमा उनीहरू मजदुरवर्गको विरुद्ध बनाइने सारा दमनकारी उपायहरूमा साथ दिन्छन्, र साधारण जीवनमा उनीहरू ठूल–ठूला डिङ हाँक्ने गर्दागर्दै उद्योगको रूखबाट झरेको सुनका स्याउहरू टिप्न र सत्य, प्रेम र इज्जत बेचेर ऊन, चिनी र रक्सीको व्यापार गर्न तयार हुन्छन्। जसरी पुरेत र सामन्तहरूको बीचमा साँठगाँठ रहिआएको छ, त्यसरी नै पुरेतीय समाजवाद र सामन्ती समाजवादको बीचमा पनि साँठगाँठ रहेको छ । इसाईहरूको वैराग्यवादलाई समाजवादी रंग दिनुजस्तो सजिलो काम अर्काे केही छैन । के इसाई धर्मले निजी सम्पत्तिको विरुद्ध, विवाहको विरुद्ध, राज्यको विरुद्ध हमला गरेको छैन ? के त्यसले तिनको साटो दान र गरिबी, ब्रह्मचर्य, मोहको त्याग, मठ–वास र गिर्जाघरको प्रशंसा गरेको छैन ? इसाई समाजवाद त्यस्तो चोखो पानी मात्र हो, जसलाई छर्केर पुरेतले सामन्तको दिलको जलनलाई शान्त पार्छ ।

(ख) निम्न–पुँजीवादी समाजवाद पुँजीवादपति वर्गद्वारा सर्वनाश पारिने वर्ग, आधुनिक पुँजीवादी समाजको बातावरणमा परी छट्पटाएर नष्ट हुने वर्ग सामन्तवर्ग मात्रै थिएन । मध्ययुगका व्यापारी र सानो सम्पत्ति भएका किसानहरू आधुनिक पुँजीपति वर्गका पुर्खा थिए । औद्योगिक र व्यापारिक दृष्टिले पछ्यौटे देशहरूमा अहिले पनि यी दुई वर्गहरू उदीयमान पुँजीपति वर्गस“गस“गै घस्रँदै–पस्रँदै अघि बढिरहेका छन् । आधुनिक सभ्यताको पूरा विकास भइसकेका देशहरूमा निम्न–पुँजीपतिहरूको एउटा नौलो वर्ग जन्मेको छ, र यो सर्वहारा वर्ग र पुँजीपति वर्गहरूको बीचबाट घडीको लंगुरझैँ हल्लिरहन्छ र पुँजीवादी समाजको एउटा पूरक अंशको हैसियतले यसले आफूलाई सदा पुनर्नवीकरण गर्दैछ । तर यस वर्गका विभिन्न सदस्यहरू होडबाजीले गर्दा निरन्तर रूपले सर्वहारा वर्गमा खस्कँदैछन्र आधुनिक उद्योगको विकास हुँदै जाँदा उनीहरू त्यस्तो समय नजिक आउँदै गरेको देख्छन्, जब आधुनिक समाजको स्वतन्त्र अंगको रूपमा उनीहरू पूरैसित बिलाएर जानेछन् र जब कारखाना, कृषि र व्यापारमा उनीहरूको ठाउँ निरीक्षक, साना अफिसर र पसलेहरूले लिनेछन् । फ्रान्सजस्ता देशहरूमा, जहाँ आधाभन्दा बढी जनता किसानहरू छन्, त्यहाँ पुँजीपति वर्गको विरुद्ध सर्वहारा वर्गको पक्ष लिने लेखकहरूले पुँजीवादी शासनको आलोचना गर्दा किसान र निम्न–पुँजीपतिको दृष्टिकोण लिनु र तिनीहरूकै दृष्टिकोणबाट मजदुर वर्गको पक्ष लिएर लड्नु स्वाभाविक थियो । यसरी, निम्न–पुँजीवादी समाजवादको उत्पत्ति भयो । फ्रान्समा मात्र होइन, तर बेलायतमा पनि यस सम्प्रदायका नेता सिस्मन्दि थिए । यस समाजवादी सम्प्रदायले आधुनिक उत्पादन–पद्धतिका अन्तरविरोधहरूको बडो गहन विश्लेषण ग¥यो । यसले अर्थशास्त्रीहरूको छलकपटपूर्ण व्याख्याको पोल खोलिदियो । यन्त्र र श्रमविभाजनका घातक परिणामहरू हुन्छन्, पुँजी र जमिन थोरै मानिसको हातमा केन्द्रित हुन्छ र अतिउत्पादन र संकटहरू बराबर हुन्छन् भन्ने कुरालाई यसले अकाट्य रूपमा प्रमाणित गरेर देखाइदियो । यसले कुन कुरालाई देखाइदियो भने निम्न–पुँजीपति र किसानहरू अनिवार्य रूपले टाट पल्टनेछ, सर्वहारा वर्गको खराब हालत हुनेछ, उत्पादनमा अराजकता फैलिनेछ, धनको वितरणमा ठूलो असमानता आउनेछ, राष्ट्रराष्ट्रको बीचमा एकले अर्काेलाई खतम पार्ने औद्योगिक युद्ध चल्नेछ, पुराना नैतिक बन्धन, पुराना पारिवारिक सम्बन्ध, पुराना जातिहरू सब खतम हुनेछन् । तर यस समाजवादी सम्प्रदायको मुख्य उद्देश्य उत्पादन र विनिमयका पुराना साधनहरूलाई र त्यसको साथै पुरानो सम्पत्ति सम्बन्ध र पुरानो समाजलाई पुनस्र्थापित गर्न ‘वा उत्पादन र विनिमयका आधुनिक साधनहरूलाई त्यही पुरानो सम्पत्ति सम्बन्धको ढाँचाभित्र, जुन ढाँचालाई उक्त साधनले ध्वस्त पारेको थियो, कोचेर राख्नु हो । यस मामिलामा यो प्रतिक्रियावादी र काल्पनिक दुवै हो । यसको मूल नारा होः उद्योगधन्दाको लागि कर्पाेरेट शिल्पसंघ, कृषिमा पितृसत्तात्मक सम्बन्ध । आखिरमा कठोर ऐतिहासिक तथ्यहरूले आत्म–धोखागिरीका सारा नशालु प्रभावलाई खतम पारेपछि, यसखाले समाजवादको सोचनीय ढंगले अन्त्य भयो ।

(ग) जर्मन, वा “सच्चा” समाजवाद फ्रान्सको समाजवादी र कम्युनिस्ट साहित्यको सत्ताधारी पुँजीपति वर्गको दबाब अन्तर्गत उत्पन्न भयो, र त्यो उक्त पुँजीवादी–सत्ता–विरोधी संघर्षको अभिव्यक्ति थियो । तर यस साहित्यलाई जर्मनीमा त्यस्तो समयमा ल्याइयो, जब त्यहाँको पुँजीपति वर्गले सामन्ती निरंकुशताको विरुद्ध आफ्नो संघर्ष थालेका मात्र थिए । जर्मन दार्शनिकहरू, दार्शनिक बन्न चाहनेहरू र साहित्कारहरूले उत्सकुतापूर्वक उक्त साहित्यलाई अपनाए, तर उनीहरूले कुन कुरालाई बिर्से भने उक्त लेखहरूलाई फ्रान्सबाट जर्मनीमा भित्र्याइँदा त्यसको साथमा फ्रान्सेली सामाजिक स्थिति पनि जर्मनीमा भित्रिएको थिएन । जर्मन सामाजिक अवस्थामा उक्त फ्रान्सेली साहित्यको कुनै तात्कालिक व्यावहारिक महत्व रहेन, तर त्यसको शुद्ध साहित्यिक महत्व मात्र रह्यो । यसैले, अठारौँ शताब्दीका जर्मन दार्शनिकहरूको निम्ति पहिलो फ्रान्सेली क्रान्तिका मागहरू सामान्य रूपमा “व्यावहारिक बुद्धि”को माग बाहेक केही बनेनन्र क्रान्तिकारी फ्रान्सेली पुँजीपति वर्गको संकल्पको अभिव्यक्ति, उनीहरूको दृष्टिमा, शुद्ध संकल्प, सामान्य रूपमा सच्चा मानवीय संकल्पको नियम मात्र बन्यो । नयाँ फ्रान्सेली विचारहरूलाई आफ्नो प्राचीन दार्शनिक धारासित मिल्दो पारिदिनु, वा आफ्नो दार्शनिक दृष्टिकोणलाई नछाडिकन फ्रान्सेली विचारहरूलाई ग्रहण गर्नु– योनै जर्मन साहित्यिकहरूको एकमात्र काम बन्यो । उक्त विचारहरूलाई त्यसरी नै अपनाइयो, जसरी कुनै विदेशी भाषालाई अपनाइन्छ, अर्थात अनुवादद्वारा अपनाइयो । इसाई महन्तहरूले कसरी प्राचीन असभ्य जातिका उत्कृष्ट धार्मिक ग्रन्थका पाण्डुलिपिहरूमाथि इसाई महात्माहरूका मूर्खतापूर्ण जीवनीहरू लेख्ने गर्दथे भन्ने सुविदित कुरा हो । जर्मन साहित्कारहरूले अपवित्र फ्रान्सेली ग्रन्थहरूमुनि आफ्नो दार्शनिक बकबास लेख्ने गर्दथे । उदाहरणका लागि, द्रव्यका आर्थिक कार्यहरूलाई लिएर गरिएको फ्रान्सेली आलोचनामुनि उनीहरूले “मानवताको विजातीयकरण” भनी लेखे र पुँजीवादी राज्य सम्बन्धी फ्रान्सेली आलोचनामुनि उनीहरूले लेखेः “निराकार सामान्यलाई सिंहासनबाट निकालियो ।” फ्रान्सेली ऐतिहासिकता आलोचनाको पछिल्तिर लेखिएका यस्ता दार्शनिक शब्दजाललाई उनीहरूले “कार्यको दर्शन”, “सच्चा समाजवाद”, “समाजवादसम्बन्धी जर्मन विज्ञान”, “समाजवादको दार्शनिक आधार” आदि नाउँ दिए । यसरी, फ्रान्सेली समाजवादी र कम्युनिस्ट साहित्यलाई पूरैसित नपुंसक बनाइयो । जर्मनको हातमा परेपछि त्यो एक वर्गद्वारा अर्काे वर्ग विरुद्ध संघर्षको अभिव्यक्ति बन्न छाड्यो, र यसैले उसले के ठान्यो भने उसले फ्रान्सेली एकांगीपनलाइ हटाइएको छ, उसले सच्चा खाँचोहरूको होइन कि सत्यका खाँचोहरूको प्रतिनिधित्व गरेको छ, सर्वहारा वर्गका हितहरूको होइन कि समान स्वभावका, सामान्य रूपमा मानिसका, कुनै वर्ग नपर्ने, यथार्थतामा नपाइने र दार्शनिक कल्पनाको रहस्यमय क्षेत्रमा मात्र रहने मानिसका हितहरूको प्रतिनिधित्व गरेको छ । यस जर्मन समाजवादले आफ्नो स्कुले ठिटाको कामलाई बडो श्रद्धा र गम्भीरताका साथ ग्रहण गरी आफ्नो खोक्रो ज्ञानको प्रशंसामा पुल बाँध्यो, तर यसै बीचमा विस्तार–विस्तार त्यसको बाल पण्डित्याइँ खत्तम भयो । सामन्ती कुलीनतन्त्र र निरंकुश राजतन्त्रको विरुद्ध जर्मन र खास गरी प्रशियाली पुँजीपति वर्गको संघर्ष, अर्थात्उदारवादी आन्दोलन झन्झन्बढ्यो । त्यसबाट प्राप्त हुन आएको चिरआकांक्षी मौकाको उपयोग गरी “सच्चा” समाजवादले राजनीतिक आन्दोलनको विरोधमा समाजवादी मागहरू अघि सा¥यो, उदारतावादविरुद्ध, प्रतिनिधित्वपूर्ण सरकारको विरुद्ध, पुँजीवादी प्रतियोगिता, पुँजीवादी प्रेस स्वतन्त्रता, पुँजीवादी कानुनी व्यवस्था, पुँजीवादी स्वतन्त्रता र समानता विरुद्धको परम्परागत निन्दाहरू ग¥यो, र उक्त पुँजीवादी आन्दोलनबाट कुनै लाभ छैन, बरु नोक्सानमात्र छ भनी जनतामा प्रचार ग¥यो । त्यसबेला फ्रान्सेली आलोचनाको नक्कल गर्ने जर्मन समाजवादले कुन कुरा बिस्र्याे भने उक्त आलोचना आधुनिक पुँजीवादी समाज र त्यस अनुरूपको आर्थिक जीवन–पद्धति र राजनीतिक ढाँचाको उत्पत्ति हो र यिनै चिजहरूलाई प्राप्त गर्नु जर्मनीको पुँजीवादी आन्दोलनको उद्देश्य रहेको छ । जर्मन समाजवादको उक्त भनाइ निरंकुश सरकारहरू र त्यसका अनुयायीहरू, पुरेत, प्रोफेसर, देहातका ठूलाठालु, अधिकारहरूका लागि खुंखार पुँजीपति वर्गको विरुद्ध जनतालाई भड्काउने साधन बन्यो । उक्त निरंकुश सरकारहरूले त्यस बेलासम्म जर्मन मजदुरवर्गका विद्रोहरू दबाउन कोर्रा र बन्दुकका तीता गोलीहरू दिएका थिए, र अब आएर जर्मन समाजवादमा उनीहरूले त्यसलाई दबाउनको निम्ति प्रयोग गर्ने गुलियो कुरा पाए । एकातिर यसरी यस “सच्चा” समाजवादले जर्मन पुँजीपतिवर्गको विरुद्ध लड्ने एउटा हतियार बनेर सरकारहरूको सेवा ग¥यो भने अर्कोतिर यसले प्रतिक्रियावादी स्वार्थको, गँवारहरूको स्वार्थको सोझै प्रतिनिधित्व ग¥यो । जर्मनीमा १६ औं शताब्दीदेखिन्निम्न–पुँजीपति वर्गले हमेसा विभिन्न रूपमा आफूलाई बचाइआएको छ र यो वर्ग विद्यमान स्थितिको सामाजिक आधार बनेको छ । यस वर्गलाई जोगाउनुको अर्थ जर्मनीको यथास्थितिलाई जोगाउनु हो । पुँजीपति वर्गको औद्योगिक र राजनीतिक प्रभुत्वले यसलाई आफ्नो निश्चित विनाशतिर लैजान्छ । एकातिर पुँजीको एकत्रीकरणबाट र अर्काेतिर क्रान्तिकारी सर्वहारावर्गको उत्थानबाट त्यसको अस्तित्व खतरामा पर्छ । “सच्चा” समाजवादले एउटै गोलीले दुइटा चरा मार्ने कोसिस ग¥यो । यो महामारीझैं फैलियो । जर्मन समाजवादीहरूले हाड र छालामात्र बाँकी रहेका आफ्ना “शाश्वत सत्यहरू” लाई शब्दहरूको अलंकारले सजाएको र अस्वास्थ्यकर भावुकताको सित्रा भरेको पातलो दार्शनिक जामा पहिराइदिए, र त्यसले गर्दा निम्न–पुँजीवादी तत्वहरूको बीचमा उनीहरूका मालसमानहरू गजब ढंगले बिके । र, आफ्नो तर्फबाट जर्मन समाजवादले झन्झन् बढी आफ्नो आवाजलाई निम्न–पुँजीवादी गँवारको प्रतिनिधित्व गर्ने आवाज भनी मान्यो । यसले जर्मन जातिलाई आदर्श जाति र जर्मन क्षुद्र गँवारलाई आदर्श मानिस भनी घोषणा ग¥यो । यस आदर्श मानिसको प्रत्येक बदमासी र नीच कामलाई यसले रहस्यमय, उच्च र समाजवादी संज्ञा दिई उसको सच्चा चरित्रको ठीक उल्टो चित्रण ग¥यो । यसले कम्युनिज्मलाई “पाशविक विनाशकारी” प्रबृत्ति भनी ठाडो विरोधसम्म पनि ग¥यो र सबै वर्ग संघर्षहरूप्रति औधी भत्र्सना र निष्पक्ष घृणा प्रकट ग¥यो । आज (१८४७) जर्मनीमा जति पनि समाजवादी र कम्युनिस्ट साहित्यको नामले प्रचार भइरहेको छ, त्यसमा एकाधलाई छोडी अरू सबै फोहोर र शक्तिहीन पार्ने साहित्यको क्षेत्रभित्र पर्छन् ।

२. अनुदारवादी वा पुँजीवादी समाजवाद पुँजीपति वर्गको एउटा अंग, पुँजीवादी समाजलाई कायम राख्ने उद्देश्यले, सामाजिक खराबीहरूलाई हटाउन इच्छुक छ । अर्थशास्त्री, परोपकारी, मानवतावादी, मजदुर वर्गको अवस्था सुधार्न चाहने सुधारक, परोपकारी कार्यका संगठनकर्ता, पशुरक्षा समाजका सदस्य, मद्यपान निरोधक, सबै किसिमका गुप्त सुधारकहरू सबै यही समूहमा पर्दछन् । अझ अर्काे कुरा, यस रूपको समाजवादलाई पूर्ण व्यवस्थामा विकसित गरिएको छ । प्रुधोंको “गरिबीको दर्शन” यस्तो एउटा दृष्टान्त हो । समाजवादी पुँजीपतिहरू आधुनिक समाज–व्यवस्थाका सबै फाइदाहरू लिन चाहन्छन्, तर त्यस अवस्थाबाट आवश्यकीयरूपले उत्पन्न हुने संघर्ष र खतराहरू चाँहदैनन् । उनीहरू वर्तमान समाज व्यवस्थाका क्रान्तिकारी र विध्वंसक तत्वहरूलाई पन्छाएर त्यस व्यवस्थालाई चाहन्छन् । उनीहरू सर्वहारा वर्ग बिनाको पुँजीपति वर्ग होस्भन्ने चाहन्छन्। पुँजीपति वर्ग स्वभावतः आफू सर्वश्रेष्ठ रहेको जगतलाई सर्वाेत्तम जगत ठान्छ, र पुँजीवादी समाजवादले पुँजीपति वर्गको यही धारणालाई विभिन्न थोरबहुत व्यवस्थित प्रणालीमा विकसित गर्छ । त्यसले कुन कुराको अपेक्षा राख्छ भने सर्वहारा वर्गले यस्तो प्रणालीलाई कार्यान्वित गरोस्र यसरी सामाजिक नौलो जेरुसलम (स्वर्ग– अ.) तर्फ सरासर लम्किऊन्, तर वास्तविक अर्थमा त्यसले के माग गर्छ भने सर्वहारा वर्ग विद्यमान समाजको सीमाभित्र रहोस् र त्यसले पुँजीपति वर्गको सम्बन्धमा आफ्ना सारा घिनलाग्दा विचारहरू फालेर पठाओस् । यस समाजवादको अर्काे एउटा यस्तो रूप छ, जुन बढी व्यावहारिक तर कम व्यवस्थित छ । यसले के देखाउँछ भने मात्र राजनीतिक सुधार मजदुहरूको निम्ति फाइदा छैन, तर जीवनका भौतिक अवस्थाहरूमा र आर्थिक सम्बन्धहरूमा हुने हेरफेरमात्र उनीहरूको निम्ति फाइदाजनक हुनसक्छ । यसरी प्रत्येक क्रान्तिकारी आन्दोलनलाई मजदुर वर्गको नजरबाट गिराउन खोज्छ । तर, त्यसको समझअनुसार, जीवनका भौतिक अवस्थाहरूमा हेरफेरको मतलब कदापि पनि पुँजीवादी उत्पादन सम्बन्धको उन्मूलन होइन, किनभने यस्तो उन्मूलन त क्रान्तिले मात्र गर्न सक्छ, तर त्यसको मतलब उक्त सम्बन्धहरूको अविच्छिन्न अस्तित्वमाथि आधारित प्रशासनिक सुधार हो, जुन सुधारले पुँजी र श्रमबीचको सम्बन्धमाथि कुनै रूपमा पनि प्रभाव पार्दैन तर, हद ग¥यो भने, पुँजीवाद सरकारको खर्चलाई कम पार्नेछ र त्यसको प्रशासनिक कार्यलाई सरल पार्नेछ । पुँजीवादी समाजवाद खालि अलंकारमात्र हो र यही अर्थमा मात्र यसको सच्चा अभिव्यञ्जना झल्किन्छ । मुक्त व्यापारः मजदुर वर्गको फाइदाका लागि । सुरक्षात्मक करः मजदुर वर्गको फाइदाका लागि । जेल सुधारः मजदुर वर्गको फइदाका लागि । यो नै पुँजीवादी समाजवादको अन्तिम उद्गार र एकमात्र गम्भीर अर्थ राख्ने उद्गार हो । त्यसलाई यस रूपमा राखे हुन्छः पुँजीपति मजदुर वर्गकै हितको खातिर पुँजीपति रहेको हुन्छ ।

३. आलोचनात्मक काल्पनिक समाजवाद र कम्युनिम्ज यहाँ हामी बाबेफ र अरूहरूको त्यस्तो साहित्यको चर्चा गर्दैनौं, जसले प्रत्येक ठूलो आधुनिक क्रान्तिमा हमेसा सर्वहारा वर्गको मागलाई समर्थन गरेको छ । जुन बेला सर्वत्र हलचल थियो, जुन बेला सामन्ती समाजलाई खतम पार्दै लगिएको थियो, त्यस बेला आफ्नो उद्देश्य प्राप्तिका लागि सर्वहारा वर्गले पहिलो ठाडो प्रयासहरू गरेका थिए, तर त्यस बेलाको सर्वहारा वर्गको अविकसित स्थितिले गर्दा र साथै त्यसको मुक्तिको लागि चाहिने आर्थिक अवस्थाहरूको सिर्जना गर्नुपरेको थियोर गर्न सक्दथ्यो । सर्वहारा वर्गका यी पहिला आन्दोलनसँगसँगै निस्केको क्रान्तिकारी साहित्यमा अनिवार्य रूपले प्रतिक्रियावादी चरित्र थियो । यसले सर्वव्यापी वैराग्यवाद र सबभन्दा भद्दा रूपको सामाजिक समानताको वकालत ग¥यो । सेन्ट साइमन, फ्यूरेर, ओवेन र अरूहरूका समाजवादी र कम्युनिस्ट विचार पद्धतिहरू सर्वहारा वर्ग र पुँजीपति वर्गबीच संघर्षको प्रारम्भिक अविकसित अवधिमा (हेर्नहोस् भाग १, पुँजीपति र मजदुर) पैदा भएका हुन् । साँचो भन्ने हो भने, यस प्रणालीको संस्थापकहरूले प्रचलित समाज–व्यवस्थामा वर्ग–वैरभाव र साथै विध्वंसक तत्वहरूको कारबाही देखेका छन् । तर, बाल्यावस्थामा रहेको सर्वहारा वर्ग, उनीहरूको दृष्टिमा, कुनै ऐतिहासिक तत्परता वा कुनै स्वतन्त्र राजनीतिक आन्दोलन नभएको वर्गको रूपमा देखापर्छ । वर्ग–वैरभावको विकास उद्योगको विकाससँगसँगै हुने हुनाले, त्यसबेलाको आर्थिक परिस्थितिमा उनीहरूले सर्वहारा वर्गको मुक्तिको लागि चाहिने भौतिक अवस्थाहरू पाउँदैनन् । तसर्थ, उनीहरू यस्तो एउटा नयाँ सामाजिक विज्ञान, यस्ता नयाँ सामाजिक नियमहरूको खोज गर्छन्, जसले उक्त अवस्थाहरूको सिर्जना गर्न सकोस् । आफूले आविष्कार गरको कारबाहीले ऐतिहासिक कारबाहीको स्थान लेऊन्, ऐतिहासिक रूपले सिर्जिने मुक्तिका अवस्थाहरूको ठाउँ काल्पनिक ठाउँ आफूले गरेको खास सामाजिक संगठनले लेऊन् र सर्वहारा वर्गको क्रमिक, स्वतःस्फुर्त वर्ग–संगठनले लेऊन् भन्ने उनीहरूको विचार थियो । उनीहरूको विचारमा, भावी इतिहासको अभिभारा उनीहरूको सामाजिक योजनाको प्रचार गर्नु र त्यसलाई व्यवहारमा उतार्नु थियो । आफ्नो योजनाको निर्माण गर्दा उनीहरूले मजदुर वर्गका हितहरूमा मुख्य ध्यान दिए, किनभने त्यो नै सबैभन्दा दुःखी वर्ग थियो । सबभन्दा दुःखी वर्ग हुनाको नाताले मात्र सर्वहारा वर्गको अस्तित्व उनीहरूको निम्ति रहेको हुन्छ । वर्ग संर्घषको अविकसित अवस्था र साथै उनीहरूको आफ्नै परिवेशको कारणले गर्दा, यस खालका समाजवादीहरू आफूलाई सारा वर्ग–वैरभावभन्दा माथि ठान्दछन्, उनीहरू समाजका हरेक सदस्यको सबभन्दा राम्रो स्थिति भएकाहरू समेतको अवस्था सुधार्न चाहन्छन्। त्यसैले उनीहरू स्वभावतः वर्गको भेदभाव नगरिकन पूरै समाजलाई अझ प्राथमिकताका रूपमा शासकवर्गलाई अनुरोध गर्छन्, किनभने उनीहरूको व्यवस्थाको सर्वोत्तम योजना नभेट्टाइरहन सक्लान् ? त्यसैले उनीहरू सारा राजनीतिक र खास गरी सारा क्रान्तिकारी कारबाहीलाई अस्वीकार गर्छन् । उनीहरू शान्तिपूर्ण उपायद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न चाहन्छन् र अनिवार्यत ः असफल हुने स–साना प्रयोगद्वारा र दृष्टान्तको बलद्वारा नौलो सामाजिक सिद्धान्त (नयकउभ)ि का लागि बाटो बनाउन खोज्छन् । सर्वहारा वर्ग ज्यादै अविकसित अवस्थामा रहँदा बनाइएको भावी समाजको यस्तो काल्पनिक चित्रमा उक्त वर्गको स्थितिबारे एउटा काल्पनिक धारणा पाइन्छ, र त्यो धारणा समाजको सामान्य पुनर्निर्माणको लागि त्यस वर्गको प्रारम्भिक भावनात्मक आकांक्षाको अनुरूप छ । तर यस समाजवादी र कम्युनिस्ट साहित्यमा एउटा आलोचनात्मक तत्व पनि छ । त्यसले विद्यमान समाजको प्रत्येक सिद्धान्तमाथि हमला गरेको छ । त्यसैले, त्यसमा मजदुरवर्गलाई प्रबुद्ध पार्नका लागि असाध्य बहुमूल्य सामग्रीहरू छन् । सहर र गाउँबीचको भेद खत्तम पार्नु, हटाउनु, ज्यालादारी श्रमको उन्मुलन गर्नु, राज्यको कामलाई उत्पादनको रेखदेख गर्ने काममा फेर्नु– यी व्यावहारिक उपायहरू त्यस साहित्यमा प्रस्तावित गरिएका छन् । यी सबै प्रस्तावहरूले त्यस वर्ग–वैरभावलाई हटाउनेतर्फ औँल्याएका छन् । जसले त्यस बेलामा भरखर–भरखर टाउको उठाउँदै थियो र जसलाई उक्त साहित्यमा त्यसको प्रारम्भिक अस्पष्ट र अविकसित रूपमा मात्र मान्यता दिइएको थियो । तसर्थ, ती प्रस्तावहरू शुद्ध काल्पनिक चरित्रका थिए । आलोचात्मक काल्पनिक समाजवाद र कम्युनिज्मको महत्व र ऐतिहासिक विकासबीच विपरीत सम्बन्ध रहेको छ । जति जति आधुनिक वर्ग संघर्षको विकास भई त्यसले निश्चित रूप लिन्छ, त्यति नै संघर्षबाट छुट्टै रहने, त्यसको काल्पनिक धारणा र त्यसमाथि गरिएका काल्पनिक हमलाहरूका सारा व्यावहारिक महत्व र सारा सैद्धान्तिक न्यायोचितता खत्तम हुन्छन् । त्यसैले यी प्रणालीहरूका संस्थापकहरू धेरै दृष्टिबाट क्रान्तिकारी भए तापनि उनीहरूका सर्वहारा वर्गका प्रगतिशील ऐतिहासिक विकासको विरुद्ध आफ्नो गुरुका मूल विचारहरूमा टाँसिएर रहन्छन् । तसर्थ, उनीहरू वर्गसंर्घषलाई हटाउन र वर्ग वैरभावलाई साम्य पार्न जोडतोडले प्रयास गर्छन् । उनीहरू अहिले पनि प्रयोगद्वारा आफ्नो सामाजिक कल्पनालाई सिद्ध गर्ने अलग अलग ‘कल्पना नगरहरू’ बसाल्ने ‘गृह–उपनिवेशहरू’का स्थापना गर्ने, सानो ‘इकारिया’– नयाँ जेरुसलमको सानो संस्करण – कायम गर्ने सपना देख्छन् । अनि हावामा महल खडा गर्ने आफ्नो योजना पूरा गर्ने उनीहरू पुँजीपतिहरूसित समर्थन र धन माग्न बाध्य हुन्छन् । बिस्तार–बिस्तार उनीहरूमाथि दुई फरक कतिमात्र रहन्छ भने यिनीहरूमा आफ्नो सामाजिक विज्ञानको चमत्कारपूर्ण प्रभावमाथि उन्मादपूर्ण अन्धविश्वास छ । तसर्थ, उनीहरू मजदुर वर्गको तर्फबाट हुने सारा राजनीतिक कारबाहीको घोर विरोध गर्छन् । उनीहरूको के भनाइ छ भने त्यस्तो कारबाही हुनको कारण नयाँ दिव्य सन्देशमा अविश्वास मात्र हुन सक्छ । बेलायतमा ओवेनपन्थीहरू चार्टिस्टहरूको विरोध गर्छन् र फ्रान्समा फ्युरेरपन्थीहरू सुधारपन्थीहरूको विरोध गर्छन् । चार विभिन्न विद्यमान विरोधी पार्टीहरूको सम्बन्धमा कम्युनिस्टहरूको स्थिति बेलायतमा चार्टिस्टहरू र अमेरिकामा भूमि–सुधारकहरू जस्ता विद्यमान मजदुर पार्टीहरूसित कम्युनिस्टहरूको सम्बन्धबारे भाग २ मा प्रष्ट गरिएको छ । कम्युनिस्टहरू मजदुर वर्गका तात्कालिक लक्ष्यहरूको प्राप्तिका लागि, त्यसका सामयिक हितहरूको सुरक्षाको लागि लड्छन् तर वर्तमान आन्दोलनमा उनीहरू उक्त आन्दोलनको भविष्यको प्रतिनिधित्व गर्छन् र त्यसप्रति ध्यान दिन्छन् । फ्रान्समा कम्युनिस्टहरू अनुदार र क्रान्तिकारी पुँजीपति वर्गका विरुद्ध सामाजिक जनवादीहरूलाई साथ दिन्छन् । तर फ्रान्सेली क्रान्तिको बेलादेखि चलिआएका परम्परागत शब्दाडम्बर र भ्रमहरूप्रति आलोचात्मक अडान लिने आफ्नो अधिकारलाई उनीहरू छोड्दैनन् । स्विट्जरल्यान्डमा कम्युनिस्टहरू रेडिकलहरूलाई समर्थन गर्छन् तर उक्त पार्टी विरोधी तत्वहरूबाट– फ्रान्सेली अर्थमा प्रजातान्त्रिक समाजवादीहरू र क्रान्तिकारी पुँजीपतिहरूबाट बनेको छ भन्ने तथ्यलाई उनीहरू भुल्दैनन् । पोल्याण्डमा कम्युनिस्टहरू त्यस पार्टीलाई समर्थन गर्छन्, जसले भूमि क्रान्तिलाई मुक्तिको प्राथमिक शर्त मानी त्यसमा बल दिन्छ र जसले १८४६ मा क्रेकोको विद्रोहको संगठन गरेको थियो । जर्मनीमा जब जब पुँजीपति वर्ग निरंकुश राजतन्त्र, सामन्तशाही र निम्न–पुँजीपति वर्गको विरुद्ध क्रान्तिकारी ढंगबाट संघर्ष गर्छ तब तब कम्युनिस्टहरू त्यससित लड्छन् । तर सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको शत्रुतापूर्ण विरोधबारे मजदुरहरूलाई सकेसम्म प्रस्टसित बुझाउने कामलाई कम्युनिस्टहरू एक क्षणका लागि पनि छाड्दैनन् जसले गर्दा पुँजीपति वर्गले आफ्नो प्रभुत्वको साथ अनिवार्यतः जुन सामाजिक र राजनीतिक अवस्थाहरू पैदा गर्छ, त्यसलाई जर्मन मजदुरहरूले पुँजीपति वर्गको विरुद्ध संघर्षलाई तुरुन्तै थाल्न सकियोस् । कम्युनिस्टहरू जर्मनीतर्फ मुख्य ध्यान दिन्छन्, किनभने त्यो देश पुँजीवादी क्रान्तिको संघारमा रहेको छ । यस क्रान्तिलाई सत्रौं शताब्दीको बेलायतको भन्दा र अठारौँ शताब्दीको फ्रान्सको भन्दा अधिक विकसित युरोपेली सभ्यता अन्तर्गत र निकै बढी विकसित सर्वहारा वर्ग भएका अवस्था अन्तर्गत कार्यान्वित गरिनेछ, र जर्मनीमा पुँजीवादी क्रान्ति तत्काल सुरु हुने सर्वहारा क्रान्तिको निम्ति भूमिका मात्र बन्नेछ । यी सबै आन्दोलनहरूमा कम्युनिस्टहरूले सम्पत्ति–सवाललाई प्रमुख सवालको रूपमा अघि सार्छन्, चाहे त्यस बेलासम्ममा त्यसको विकास धेरै होस्वा थोरै होस् । अन्त्यमा, उनीहरू सर्वत्र सबै देशका जनवादी पार्टीहरूको मेल र एकताको लागि प्रयास गर्छन् । कम्युनिस्टहरू आफ्ना विचार र उद्देश्यहरू लुकाउन खोज्दैनन् । उनीहरू खुल्लमखुल्ला के घोषणा गर्छन् भने सारा विद्यमान समाज–व्यवस्थालाई जबर्दस्त खत्तम पारेर मात्र उनीहरूको लक्ष्य प्राप्त गर्न सकिनेछ । शासक वर्गलाई कम्युनिस्ट क्रान्तिको डरले थर्कमान हुन दिइयोस् । सर्वहाराहरूको आफ्नो सिक्रीबाहेक गुम्ने भन्ने कुरो केही पनि छैन । जित्नका लागि उनीहरूको सामु संसार छ ।
(अनुवादकः कृष्णदास श्रेष्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *