कर्णालीमा संगठन सुदृढीकरण गर्ने राजमोको तयारी

गिरीप्रसाद बुढा, रुकुम ।

राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशले कर्णालीका जिल्लाहरुमा संगठन सदुढीकरण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश समितिको अनलाइन बैठकले प्रदेश अन्तरगतका जिल्लाहरूमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण गर्ने निर्णय गरेको हो ।

बैठकमा राजमोका महासचिव जनकराज शर्माले पार्टीको तत्कालीन नीति तथा कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । बैठकमा राजमो प्रदेश ईन्चार्ज रत्नविक्रम प्यासी र केन्द्रीय सदस्य देवजङ शाहीकोसमेत विशेष उपस्थिति रहेको थियो ।

प्रदेश समितिका अध्यक्ष भरत शाहीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा व्यापक रुपमा छलफल पछि संगठन निर्माणसँगै एमसीसी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यस्तै, राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी समसामयिक विषयहरुमा कर्णाली प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार