कहाँ जाउली सेखुली, यहीँ देखुली : चित्र बहादुर केसी

  •   
  •  
  •  
  •  
  •  
  •  

2670 जनाले पढ्नु भयो ।

धर्मराज शर्मा

कोट्टयाम केरला, ८ अगस्ट । कम्यूनिष्ट पार्टीमा काम गरेको यो ६ दशक भन्दा लामो अवधिमा पार्टीमा कैयौं टुटफूट वेहोर्दै आएता पनि पार्टीको गरिमा र राजनीतिलाई कतै आँच आउन दिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत केरला राज्य स्तरिय भर्चुअल प्रशिक्षणमा सो धारणा राख्नुभएको हो ।

“दक्षिण भारतमा वर्तमान अवस्थामा केही महत्वाकांक्षी व्यक्तिहरुले पार्टीको आर्थिक र सम्पत्ती हिनामिना पार्ने उदेश्यले नै मूल प्रवाहको नाममा समानन्तर गतिविधि गरिहेका छन् । त्यसका साथसाथै नेतृत्वमा रहेका व्यक्तिहरुको चरित्र हत्याको राजनीति अपनाउँदै आइरहेका छन् ।” केसीले बताउनु भयो– “त्यस प्रकारका गतिविधि र व्यक्तिको चरित्र हत्याको राजनीतिको देहवासन हुन वेर लाग्दैन ।” नेपालमा कुनै पनि ठाउँमा दैया नचलेपछि अब भारत प्रवासमा भ्रमछर्न सकिन्छ कि भन्ने उदेश्यद्धारा नै निश्कासित व्यक्तिहरुले गतिविधि गर्ने कोशिस गरेको केसी बताउनु भयो ।

अवसरवादीहरुले आफ्नो राजनीतिक अवसर पुरा गर्नका लागि विभिन्न हत्कण्डाहरु अपनाउँछन्, यतिवेला उनीहरुले अपनाएको हत्कण्डा राजनीतिक नभएर व्यक्तिको चरित्र हत्या मै सिमित रहेको केसीको भनाई थियो । यस्ता प्रकारका चरित्र हत्याको राजनीतिले केही समय पार्टीको छवि धुमिल्याने कोशिस गरेता पनि उनीहरु आफैको राजनीतिकबाट समाप्त भएर जान्छन् “कहाँ जाउली सेखुली, यहीँ देखुली” केसीले भन्नु भयो ।

त्यस्तै अर्का अतिथि धनवीर पुन मगरले समय समयमा देखिने संगठन विरोधी तत्वहरुले संगठनमाथि हमाला गर्दै आएता पनि उनीहरुको हमला भुत्ते भइसकेको बताउनु भयो । संगठनका सम्पूर्ण स्तरका नेता कार्यकर्ताहरुको एकमना एकता र पहलले संगठनबाट निश्कासित व्यक्तिहरुको गतिविधिलाई खुम्च्याउँदै लगेको बताउनु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सहसचिब तथा नगर अध्यक्ष धर्मराज शर्माको सञ्चालन र नगर समितिका पुर्व सचिब चोबनाथ शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुप्रति एकमिनेट मौनधारण पश्चात कोचिन नगर समितिका अध्यक्ष जुगराज राहु मगरले शब्दबाट स्वागत गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा कोचिन नगर समिति सचिव जनक विसी र कोट्टयाम नगर समितिका कोषाध्यक्ष टिकाराम सुवेदीले बेलाबेलामा कार्यक्रमहरु आयोजना गर्नुपर्ने सुझाव सहित आयोजक तथा उपस्थित सबैलाई धन्यबाद दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *