काका र फुचुंग्री (भाग- १०)

  •   
  •  
  •  
  •  
  •  
  •  

689 जनाले पढ्नु भयो ।

फुचुंग्री :– एमसीसी भनेको के हो र काका ?

काका :– साम्राज्यवादी देश अमेरिकाले गरीब राष्ट्रलाई आफ्नो सुरक्षा र स्वार्थ को सर्त सहित केही रकम आफ्नै नियन्त्रणमा दिने अनुदान लगानी हो नानी ।

फुचुंग्री :– नेपालमा किन चर्को बिरोध भइरहेको छ त ?

काका :– नेपाली शासकहरूले लम्पसारबादी मगन्ते भिकारी नीति अपनाएर मुलुकलाई गरिबीको दल दलमा फसाएका छन् तर जनताले आफ्नो प्यारो मातृभूमिलाई साम्राज्यवादी चलखेल गर्ने फुटबल मैदान हुन दिदैनन् । शरीरमा एक थोपा रगत रहुञ्जेल त्यस्ता साम्राज्यवादी गिद्धे नजरको कडा विरोध गर्छन र गरिरहेका पनि छन् ।

फुचुंग्री :– यसपालिको तीजमा त महिलाहरुले पनि गीत र नृत्यबाट एमसीसीको चर्को बिरोध गरे नि हैन काका ?

काका :– देश बनाउने र बचाउनेमा नेपाली सचेत र जागरुक महिलाहरु अग्रपंतिमा मोर्चाबन्दी गर्ने गरेको क्रान्तिकारी इतिहास छ । हिजोको एमसीसी विरोध कार्यक्रममा कयौँ सयौं महिलाहरु आफ्नो घरको काम धन्दा छोडेर बाहिर निस्किएको ज्वलन्त उदाहरण छ त ।

फुचुंग्री :– काका ! ओलिको प्रतिगमनको विरोध प्रमुख हो कि एमसीसीको विरोध ?

काका :– जतिबेला जुन खतरा सामने आउँछ त्यसको विरोध प्रमुख हो, ओलिको प्रतिगमन कमद विरुद्धको आन्दोलनले विजयी पाइसकेको छ । अबको प्रमुख विरोध एमसीसीको हो नानी ।

फुचुंग्री :– आफूले आफैलाई क्रान्तिकारी हौं भन्ने कथित जागरण क्लबका हनुमानहरुले त कांग्रेसको विरोध प्रमुख हो एमसीसीको होइन भन्छन् त, के हो काका यस्तो ?

काका :– मसालले तिनीहरूलाई साधारण सदस्य समेत नरहने गरी पार्टी निष्कासन गरेकाले मानसिक सन्तुलन गुमाएका छन् मसालले जे जे गरे पनि विरोध गर्ने पूर्वाग्रही सोंचले काम गरेको छ । मनपरी बोलेका छन् । बहुलाएका छन्, छट्पटिएका छन् । बगरमा पल्टिएको माछा झैं फटफटिएका छन् ।

फुचुंग्री :– केही दिन पछि माओ विचारधाराको पनि विरोध गर्ने हुन कि काका ?

काका :– उफ् ! के के सोध्छे यो फुचुंग्री पनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *