काका र फुचुंग्री (भाग ८)

फुचुंग्री :– माधव नेपालले नयाँ पार्टी घोषणा गरे पछि सूर्य थापा झनक्क भएछन नि ?

काका :– वलीको खेल बिगार्ने यिनै हुन् । अहिले त पानी बाराबार छ । जसलाई जे मन लाग्छ मनपरी बोलेका छन् ।

फुचुंग्री :– माधव नेपाल कपालको चाया र बामदेव छेपारो पो भनेछन् है आज त ?

काका :– वली भन्दा एक कदम अगाडि गएर समाजवादी नाम राखेछन् सायद त्यही रिसको झोकमा बोले होलान् ।

फुचुंग्री :– एमाले फुटेर कांग्रेसलाई फाईदा पुग्ने भयो हैन र काका ?

काका :– भाई फुटे गवार लुटे उखानै छ, यो पुँजीवादी प्रतिक्रियावादी राज्य व्यवस्थाको विशेषता नै हो । साम दाम दण्ड भेद अपनाउँछन् शक्ति र सत्ताको दाउमा ।

फुचुंग्री :– हिजो राति दुई रुपैयाँ पेट्रोलको मूल्य वृद्धि भएछ, सडक आन्दोलन गर्ने भन्छन् नि काका ?

काका :– खाने तेलको मूल्य दुई रुपैयाँ होइन दुई सय रुपैयाँ बढेको छ, सडक आन्दोलन गरेनन्, गरीब निमुखा दुःखी जनताको हितमा कोही बोल्दैनन् नानी, यिनीहरू अदृश्य शक्ति र व्यक्तिबाट सञ्चालित तत्वहरूले सडक आन्दोलन नगर्लान् भन्न सकिन्न । यसो त मूल्य वृद्धिको विरोध गलत होइन ।

फुचुंग्री :– मसालले कारबाही गरेका मान्छेहरूले कथित जागरण क्लबको नाउँमा एकोहोरो खनिएका छन् नि, किन होला काका ?

काका :– हिजो पार्टीबाट बाहिरिएकाले यो नाटक देखाइ सकेका हुन्, नयाँ त्यस्तो केही छैन । सत्यतथ्य बिनाको बकबास कसैले पत्याउँदैनन् ।

फुचुंग्री :– काका ! मसाल र राजमोले जे जति राम्रा लेखे बोले पनि विरोध गर्नै पर्ने कस्तो अनौठो रोग लागेछ यि स्वोघोषित जागरण वालालाई हैं ?

काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार