काका र फूचुंग्री (भाग– ७)

  •   
  •  
  •  
  •  
  •  
  •  

957 जनाले पढ्नु भयो ।

फुचुंग्री :– काका ! यि प्रचण्ड माधव ओली कम्युनिस्ट हुन र ?

काका :– पार्टी एकताको नाउँमा दुई अध्यक्षिय प्रणाली देखाएपछि यिनीहरू सच्चा कम्युनिस्ट होइनन् भन्ने प्रमाणित भयो, किनकी यो दुई अध्यक्ष प्रणाली लेलिनवादी संगठनात्मक प्रणालीको विरुद्ध थियो, जनताले ढिलो थाहा पाए ।

फुचुंग्री :– प्रचण्डको जनयुद्ध के थियो त ?

काका :– राजाबाट नेपाललाई भारतले आफ्नो राज्य बनाउने अभिलाषा पूरा नहुने देखेपछि आर्थिक, भौतिक, नैतिक सहयोग गरेर प्रचण्डलाई उपयोग गरि कथित जनयुद्ध सुरु गराइयो भन्ने कुरा मिडियामा सार्वजिक आइसके ।

फुचुंग्री :– एमाले त झापा विद्रोहबाट आएको कसरी कम्युनिस्ट होइन भन्न सकिन्छ र ?

काका :– ठोस परिस्थितिको ठोस विश्लेषण नगरि चीनमा पानी पर्दा नेपालमा छाता ओढेर सुरु गरेका उग्रबादी अवसरवादी हुन् ।

फुचुंग्री :– मोहन बैद्य, बिप्लब जीहरु त क्रान्तिकारी कम्युनिस्ट हौं भन्छन् नि ?

काका :– जातिय संघीय नारा लिएर हिंडेका, भारतको इशारामा  कथित जनयुद्ध लडेका प्रचण्डकै अनुयायी हुन्, पद तथा कुर्सीको कुरा नमिलेर अलग अलग भएका अवसरवादी हुन, कुरो स्पष्ट छ नानी ।

फुचुंग्री :– काका ! अफगानी राष्ट्रपति देश छोडेर भागेछन् है ?

काका :– अमेरिकी डलरको भरमा टिकेका थिए, तालिबानी बिद्रोही जनताको अगाडि टिक्न सकेनन् । तालिबानी बिद्रोहीसँग देशभक्तिको अपार माया देखिन्छ । ज्यानको बाजी लगाएर काबुल कब्जा गरे ।

फुचुंग्री :– नेपालमा पनि मोहनविक्रम मसालले क्रान्ति गरेन अब हामीले तालिबानी बिद्रोही जस्तै काठमाडौं कब्जा गर्ने भन्छन्, कि फुट्परस्त कथित जागरण वाला झुण्डले ?

काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *