काभ्रेका राजनीतिक दलहरू ओली शासन विरुद्ध

  •   
  •  
  •  
  •  
  •  
  •  

137 जनाले पढ्नु भयो ।

धुलिखेल । काभ्रेका पाँच राजनीतिक दलहरू ओली शासन विरुद्ध उभिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मूल्यमान्यता, पद्धति र जनअधिकारको विरुद्ध गएको निस्कर्षका साथ उनीहरू ओली शासन विरुद्ध उभिएका हुन् ।

मङ्गलबार जारी प्रेसवक्तव्यमा उनीहरूले ओली सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई खल्बलाएको आरोप लगाएका छन् । “राज्य संयन्त्रहरू कति दबाब र प्रभावमा छन् भन्ने कुरा प्रधानमन्त्री ओलीका असहिष्णुतापूर्ण, बढ्दो कुशासन तथा दण्डहीनता, राजनीतिको अपराधीकरण एवम् निर्वाचन आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्ता निकायमा पछिल्ला गतिविधिले प्रष्ट गर्दछ” उनीहरूले भनेका छन् ।

मुलुकलाई अनिश्चयपूर्ण भविष्यतर्फ धकेल्ने ओलीको प्रपञ्च विरुद्ध आफूहरू उभिएको बताउँदै उनीहरूले यस्तो आवाजप्रति एक्यबद्धता जनाउन आम जनतासित अपिल गरेका छन् ।

प्रेसवक्तव्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष सुवर्णविक्रम थापा, नेपाली काङ्ग्रेसका सभापति मधु आचार्य, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष रुकु चौलागाईं, नेकपा (एमाले) का अध्यक्ष टोकबहादुर वाइबा र जनता–समाजवादी पार्टीका अध्यक्ष शिशिर भण्डारीलको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *