कार्की परिवारलाई रामेछाप सेवा समाजको सान्त्वना सहयोग

  •   
  •  
  •  
  •  
  •  
  •  

104 जनाले पढ्नु भयो ।

उद्धब मगर, दोहा कतार
दुबईमा कार्यरत अवस्थामा मृत्यु भएका रामेछापका रमेश कार्कीको परिवारलाई रामेछाप सेवा समाज दोहा कतारले सहयोग गरेको छ । समाजले मृतकका परिवारलाई २५ हजार पाँच सय रुपैयाँ सहयोग पठाएको हो ।

समाजका अध्यक्ष ललित कुमार तामाङको विशेष पहलकदमी र संस्थापक तथा संरक्षक उदब मगर तथा संस्थाका सक्रिय सदस्य राजन कुमार नेपालीले आर्थिक संकलन गरी हिमालय बैंकको खातामार्फत रकम पठाइएको हो ।

सात वर्षदेखि दुबईको एउटै कम्पनी ‘सेग्मे सेक्युरी गार्ड मिडल इष्ट’ मा कार्यरत रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं–७ सिम्लेका रमेश कार्कीको गत अगस्त १६ मा ‘आई कार्ड लेबर्स क्याम्प’ नजिकै शव फेला परेको थियो । साथमा मोबाइल, पर्स, सम्बन्धित देशको अधिकारीक परिचयपत्रसमेत नभएको अबस्थामा उनको शव फेला परेको थियो ।

वेवारिसे अबस्थामा फेला परेको शवबारे आबुधवि पुलिसले किन र कसरी हत्या भयो भन्ने विषयमा छानबिन गरिरहेको सोही कम्पनीमा कार्यरत सामाजिक अभियन्ता ऋतु लो तामाङले जानकारी दिनुभएको छ ।

मृतक रमेश कार्कीको बुबा पनि कोभिड–१९ कोरोना भाइरसको कारणले गत हप्ता मृत्यु भएको छ । श्रीमती कल्पना कार्की, समेत कोरोना भाइरसबाट पोजिटिभ देखिएकोले श्रीमती कार्कीको उपचार भइरहेको बताइएको छ ।

मृतकका १५ वर्षीय छोरा निराजन, दीर्घरोगी आमा र श्रीमती गरी तीन सदस्य रहेका र आर्थिक अवस्था कमजोर रहेको जानकारी आएकोले कार्की परिवारलाई रामेछाप सेवा समाज दोहा कतारले सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *