कार्यकर्ता विदाई कार्यक्रम सम्पन्न

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

909 जनाले पढ्नु भयो ।

रोपड ०२ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित रोपड नगर समितिले नगर सदस्य सन्तबहादुर पेमीलाई एक समारोह बीच विदाई गरिएको छ ।

नगर समिति सदस्य सन्तबहादुर पेमी थर्मल पावर प्लांट रोपड़बाट ३२ वर्षको जागीरबाट सेवा निवृत्त भएपछि मूल प्रवाह रोपड़ले नगर सचिव विष्णु गुरुङको सञ्चालनमा तथा भक्तबहादुर थापाको अध्यक्षतामा कार्यक्रम आयोजनगरि सम्मान सहित विदाई गरेको हो ।

विदाई समारोहमा प्रमुख अतिथि मुलप्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले सन्तबहादुर पेमीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नगर समितिले सम्मान पत्र दिएपछी वहाँलाई वधाई तथा शुभकामना दिने वक्ताहरुमा, केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, महिला क्षेत्रीय विभागकी मञ्जु थापा, जनजाति विभाग क्षेत्रका विलबहादुर गुरुङ, मूल प्रवाह नगरका शोभाराम सापकोटा, शकुन्तला थापा, टेकबहादुर थापा, राधिका सापकोटा, खुमबहादुर वैछावर र जगन्नाथ कडेल लगाएत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *