कार्यकर्ता विदाई समारोह सम्पन्न

खिमराज चालिसे

चंडिगढ, २८ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड़ नगर समितिले आफ्ना कार्यकर्ता चिरंजीवी भुसाल तथा धन कुमारी भुसाललाई एक समारोह विच विदाई गरेको छ ।

पंजाबको रोपड स्थित पिएसपिसीएल थर्मल प्लान्टबाट ३० अप्रेल २०२०को सेवानिवृत्त चिंरजीवी भुसाल मूल प्रवाहको रोपड़ नगर समितिको संस्थापक सदस्यसम्म हुनुहुन्छ । वहाँले सन् १९९० देखि मूल प्रवाहको नगर स्तरिय विभिन्न जिम्मेदारी निभाउँदै आउनु भएको थियो ।

वहाँ अर्घाखाँची निवासी भई हाल रुपन्देही जिल्लाको वुटवल नयाँ मिलमा बसाइ सर्नु भएको छ । जागीरबाट सेवानिवृत्त चिंरजीवी भुसालले स्वदेशमा राजमोमा आवद्ध भएर काम गर्ने प्रतिवद्धता गर्नुभएको छ । वहाँलाई मूल प्रवाह रोपड़ नगर समितिले स–सम्मानित स्मृति चिन्ह भेंट गरि विदाई गरेको हो ।

नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षता तथा टेक बहादुर थापाको सञ्चालनमा सम्पन्न विदाई कार्यक्रममा चिरंजीवी भुसाल र धन कुमारी भुसाल लगाएत मूल प्रवाहका विभिन्न अतिथिहरुको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरुप्रति एकमिनट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर समितिका मदन थापाले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

केन्द्रीय सदस्य प्रेम सापकोटा र क्षेत्रीय सदस्य मञ्जु थापाले फुलको हार पहिनाई चिरंजीवी भुसाल र धन कुमारी भुसाललाई सम्मान प्रकट गर्नुभएको थियो । क्षेत्रीय सदस्य छविलाल सापकोटा र विलबहादुर गुरुङले स्मृति चिन्ह भेंट गर्नुभएको थियो ।

प्रेम सापकोटा, मंजु थापा, छविलाल सापकोटा, विलबहादुर गुरुङ, तारा बहादुर थापा, भिम कार्की, प्रतिक्षा थापा, सोभाराम सापकोटा, दुर्गा लामिछाने, लक्ष्मी गुरुङ र भक्त बहादुर थापा लगाएतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार