काेराेना

  •   
  •  
  •  
  •  
  •  
  •  

2663 जनाले पढ्नु भयो ।

निलिमा पुन

 

सँसार चाहार्दै आएछौ कोरोना आफ्नै बाटो जाउ

विश्व भ्रमणमा हिडेका तिमी विश्व नियाल्दै जाउ
बाँच्ने मनछ मलाई कोरोना मेरो हात नसमाउ
मानव विना सुनसान हुन्छ धर्ती अब धेरै नसताउ
कोरोना तिमी निर्दयीछौ आफ्नै बाटो जाउ
विश्व यात्रामा हिडेका तिमी आफ्नै यात्रामा रमाउ

बच्चा देखि वृधा सम्म कहालिन्छन्  झनै
तिम्रो नाम सुन्दा तर्सेर घरभित्रै लुक्छन सबै
धेरै भयो आफन्त भेट्न पाएको छैन मैले
कस्तो त्रास लिएर आयौ ढुक्क हुने कहिले
कोरोना तिमी निष्ठुरी बनी धेरैको ज्यान लियौ
बाच्नेहरुलाई पनि जीवनभर पिडा तिमीले दियौ

धनिगरिब भनेनौ तिमीले मान्छे भन्दात फरक नै भयौ
समान व्यवहार त देखायौ तिमीले तर दया कति देखाएनौ
आफ्ना कठोर नियतिलाई छर्लङ्ग तिमीले पारेयौ
रुन हुन्न भन्नेलाई पनि चिच्याएर रुने गरायौ
कोरोना तिमी अपराधीहौ आफ्नो बाटो जाउ
गर्नु विध्वंस गरायौ तिमीले अब धेरै नगराउ

मान्छे मात्र नभएको भए कस्लाई मार्थ्यौ खोइ ?
विचल्लीमा पारयौ तिमीले रुदै हिडछन् कोही
दुनियाँलाई घात गरि घरै रित्तो पारयौ
एकपछि अर्कोतर्फ सर्दैसर्दै गयौ
कोरोना तिमी घातीछौ आफ्नै बाटो जाउ
मान्छेहरुको सँगत छाडी आफ्नै यात्रामा रमाउ

संसारभरि फैलिएर किन दुख दिन्छौं
मानव बस्तीमा सल्किएर  केको बदला लिन्छौ
आकाशधर्ती सुनसान छ कस्तो पीडाछ अहिले
एकपटक पाउने चोला हो यो फर्कदैन कहिले
कोरोना तिमीलाई विन्ती छ आफ्नै बाटो जाउ
बाँच्न देउ मानवलाई अब धेरै नसताउ

कति विद्वान ढले यहाँ,कति डाक्टर ढले
सर्वसाधारणको हिसाबै छैन कति आपतमा परे
कोही ढले सडकमा कोही अस्पतालमा
कस्तो भाइस रहेछाै तिमी मार्छाै अकालमा
कोरोना तिमीले मानवजातीलाई आतंकितै पारयौ
तिमीलाई चिन्ने माहान व्यक्तिपनि तिमीले नै मार्यौ

मर्नुत एकदिन छदैछ हामीले गर्नु पनित धेरै बाँकीछ
जीवन रहेपो संसार बन्छ यहाँ गर्नेहरुको इतिहास साक्षीछ
रोदन,चीत्कार,पिडाहरु त छदैछ नि जीवनमा
विश्वास,आँट र साहस बोकी हिड्नुपर्छ मनमा
कोरोना तिमी जुन बाटो आयौ त्यही बाटो जाउ
बाँच्न देउ मानवलाई भो अब धेरै नसताउ
भो अब धेरै नसताउ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *