का. कृष्ण पौडेलद्वारा व्यक्त विचारबारे

  •   
  •  
  •  
  •  
  •  
  •  

110 जनाले पढ्नु भयो ।

मनोज भट्ट ##

एउटा सञ्चार माध्यममा का. कृष्ण पौडेलले अन्तर्वार्तामार्फत् राजनैतिक रूपमा व्यक्त गरेका विचारले कतिपय भ्रम उत्पन्न हुने देखिएकाले त्यसबारे स्पष्ट पार्ने उद्देश्यले यो लेख तयार पारिएको छ ।

अन्तर्वार्तामा का. कृष्ण पौडेलले आठौँ महाधिवेशनमा फरक विचार प्रस्तुत गरेकोमा महाधिवेशनमा त्यसभन्दा अगाडि र पछाडि नेतृत्वले खेदो खन्न सुरु गरेको बताउनुभएको छ । के वास्तविकता त्यस्तै हो त ? तर तथ्यमा जाने हो भने त्यसमा उहाँले भने जस्तो सत्यता देखिँदैन ।

कार्तिकको अन्तिम सातादेखि नेपालभित्र र प्रवासमा ती दस्तावेजउपर छलफल गर्न फोरम/भेला सञ्चालित भए । ती भेलामा बिना कुनै भेदभाव दुई वटै पक्षका कामरेड सहभागी भए । स्वयम् कृष्ण सरसमेत नेपाल र प्रवासका कैयौँ भेला सहभागी हुनुभएको थियो ।

२०७५ सालको साउनमा बसेको केन्द्रीय समितिको वैठकले महाधिवेशनको तयारीसम्बन्धी सम्पूर्ण योजनाका बारेमा छलफल गरी महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको थियो । त्यही बैठकमा दुई वटा दस्तावेज प्रस्तुत भएका थिए । केन्द्रीय समितिको तर्फबाट बहुमतको र केन्द्रीय समितिका केही सदस्यहरूबाट अल्पमतको दस्तावेजमा प्रस्तुत भएको थियो । ती दस्तावेजमाथि झन्डै १५ दिनजति छलफल भएको थियो । कात्तिकको दोस्रो सातासम्म दुई वटै पक्षका दस्तावेज प्रकाशित भए । कार्तिकको अन्तिम सातादेखि नेपालभित्र र प्रवासमा ती दस्तावेजउपर छलफल गर्न फोरम/भेला सञ्चालित भए । ती भेलामा बिना कुनै भेदभाव दुई वटै पक्षका कामरेड सहभागी भए । स्वयम् कृष्ण सरसमेत नेपाल र प्रवासका कैयौँ भेला सहभागी हुनुभएको थियो । सहभागी दुई वटै पक्षका प्रतिनिधिलाई भेलामा आफ्नो विचार राख्ने सवालमा उपलब्ध गराइएको समय पनि समान नै थियो । मतका आधारमा कुनै भेदभाव गरिएन । त्यसपछि दुईदुई पटक फोरम पुस्तक प्रकाशन भयो । प्रकाशित पुस्तकमा दुई वटै पक्षका विचारलाई समान रूपले महत्त्व दिएर स्थान दिइएको छ । महाधिवेशनका लागि प्रतिनिधि चयन वा मनोनयन गर्दासमेत विचारलाई आधार बनाइएको छैन, थिएन । यसरी जनवादी प्रकारले छलफलको वातावरण मिलाइएको थियो ।

महाधिवेशनको हलमा प्रवेश गरिसकेपछि पनि जनवादी केन्द्रीयताको आधारमा मैत्रीपूर्ण रूपमा छलफल भयो । दस्तावेजको प्रस्तुतिदेखि लिएर छलफलमा समेत दुुइटै पक्षलाई बराबर नै समय उपलब्ध गराइएको छ । यी सबै विवरणबाट पार्टीभित्र प्रस्तुत भिन्न विचारलाई कति महत्त्वका साथ पार्टीले अगाडि बढाएको थियो भन्ने कुरा प्रस्ट हुन्छ ।

महाधिवेशनले कसको राजनीति पारित गर्ने वा अस्वीकृत गर्ने कुरा त्यहाँ उपस्थित प्रतिनिधिको बहुमतले निर्धारण गर्ने विषय हो । महाधिवेशनमा बहुमतले प्रस्तुत गरेको राजनीतिक लाइनको पक्षमा अत्यधिक बहुमत प्रतिनिधि खडा भए । त्यस्तो अवस्थामा बहुमतको राजनीति लाइन पारित हुनु स्वाभाविक नै थियो र छ । अल्पमतको पक्षमा बहुमत प्रतिनिधि उभिएको भए अल्पमतकै राजनीतिक लाइन पारित हुन्थ्यो ।

विवाद समाधानको प्रक्रिया कि त सहमति कि बहुमतीय आधारमा टुङ्ग्याउने विश्वव्यापी प्रचलन रहेको छ । बहुमतीय आधारमा राजनीतिक लाइन टुङ्गिएपछि आफ्ना मतभेदलाई अर्काे महाधिवेशनसम्म थाती राख्ने वा आवश्यकतानुसार पार्टीमा उठाइराख्ने स्वतन्त्रतासहित पारित लाइनलाई कार्यन्वयनमा जानुपर्ने आवश्यकता हुन्छ ।

नयाँ नेतृत्व चयनको सवालमा पनि केन्द्रीय समितिको निर्वाचनमा उम्मेदवार खडा हुन इच्छुक प्रतिनिधिलाई पर्याप्त समय उपलब्ध गराइएको छ । पुरानो केन्द्रीय समितिबाट प्रस्तुत प्यानलमा भएका कुनै पनि उम्मेदवार कमरेडका विरुद्ध कसैको उम्मेदवारी नपरी प्यानलका सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

विवाद समाधानको प्रक्रिया कि त सहमति कि बहुमतीय आधारमा टुङ्ग्याउने विश्वव्यापी प्रचलन रहेको छ । बहुमतीय आधारमा राजनीतिक लाइन टुङ्गिएपछि आफ्ना मतभेदलाई अर्काे महाधिवेशनसम्म थाती राख्ने वा आवश्यकतानुसार पार्टीमा उठाइराख्ने स्वतन्त्रतासहित पारित लाइनलाई कार्यन्वयनमा जानुपर्ने आवश्यकता हुन्छ ।

माथिका सबै विवरणबाट फरकमत राखेका कारण महाधिवेशनमा वा त्यसको अघिपछि कसैलाई नेतृत्वले खेदो गरेको कुरा निराधार आरोप मात्रै भएन र ?

अन्तर्वार्तामा पार्टी महाधिवेशनले पारित गरेका दस्तावेज आफ्नो प्रतिकूल भएका विभिन्न पृष्ठमा प्याराका प्यारा तथा लाइनका लाइन हटाएर नेतृत्वले अनुशासनको उल्लङ्घन गरेर २०४२ सालमा मध्यपन्थी नेतृत्वले गरेको गल्तीको पुनरावृत्ति गर्ने कार्य गरेको भनेर आरोपित गरिएको छ ।

२०४२ सालमा भएको पाँचौँ महाधिवेशन तथा २०७६ सालमा भएको आठौँ महाधिवेशनको अवस्था नै एकदम फरक छ । पाँचौ महाधिवेशनमा का. मोहनविक्रम सिंहले प्रस्तुत गरेका दस्तावेज पारित भए तर नेतृत्व मध्यपन्थी निर्वाचित भयो । मध्यपन्थी नेतृत्वले आफ्ना प्रतिकूलका तर महाधिवेशनले पारित गरेका दस्तावेज आफ्ना दृष्टिकोणअनुसार संशोधन गर्ने, हटाउने वा थप्ने कार्य गरेका थिए । त्यसरी मध्यपन्थी नेतृत्वद्वारा हटाइएका ती विचार पार्टीका आधारभूत नीति तथा आम कार्यदिशासँग सम्बन्धित थिए । त्यसैले तत्कालीन अवस्थामा हाम्रो नेतृत्व मध्यपन्थी नेतृत्वले दस्तावेजमा गरेको संशोधनका विरुद्ध हुनु स्वाभाविक न्यायोचित र तर्कसम्मत थियो । पार्टीको सर्वोच्च संस्था महाधिवेशनले पारित गरेका आधारभूत नीतिलाई बदल्ने अधिकार केन्द्रीय समितिलाई हुँदैन । त्यसैले महाधिवेशनले पारित गरेको आम कार्यदिशा र आधारभूत लाइनको रक्षाका लागि हाम्रो नेतृत्वले सङ्घर्ष गर्नुपर्यो ।

महाधिवेशनका दस्तावेज प्रकाशन भएर आएपछि अनाधीकृत संशोधन गरिएको भन्ने प्रश्न उठेपछि त्यसबारेमा छानबिन गर्न एउटा आयोग बनेको थियो । त्यही आयोगले का. कृष्ण पौडेलसहितको उपस्थिति रहेको बैठकमा सामान्य प्रुफबाहेक अन्य कुरामा संशोधन नभएको प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसमा स्वयम् कृष्ण सरको पनि मन्जुरी थियो । कुनै फरकमत प्रस्तुत भएको थिएन ।

आठौँ महाधिवेशनले त बहुमतको राजनीतिक लाइनलाई अत्यधिक बहुमतका साथ पारित गरेको थियो । जसको राजनीतिक लाइन पारित भएको छ, त्यही लाइनका प्रस्तोताहरू नै प्रमुख नेतृत्वमा चयन भएका थिए र अहिले पनि कायम छन् । त्यस्तो अवस्थामा महाधिवेशनले बहुमतबाट पारित गरेको लाइनलाई बहुमत पक्षधरकै नेतृत्वले हटाएर वा संशोधन गरे होला भनेर अनुमान नै गर्न मिल्ने कुरा भएन । त्यो आरोप मिल्दो तर्कसङ्गत भएन, बहुमतले पारित गरेको दस्तावेजले बहुमतको नेतृत्वका लागि नीतिगत रूपमा प्रतिकूलता पैदा गर्ने प्रश्न भएन । त्यस्तोमा संशोधन गर्नुपर्ने आवश्यकता नै पर्दैन ।

महाधिवेशनमा प्रस्तुत गरिएका मस्यौदा दस्तावेजमाथि प्रतिनिधि वा समूहगत रूपमा हुने छलफलफबाट आउने कतिपय सुझावलाई केन्द्रले स्वीकार पनि गर्दछ । त्यस आधारमा दस्तावेज प्रकाशन गर्दा त्यसअनुरूप मूल राजनीतिक ट्रेन्डको आधारभूत भावनामा प्रतिकूल असर नपारेर परिमार्जन गरी प्रकाशन गर्ने गरिन्छ । महाधिवेशनका दस्तावेज प्रकाशनमा पठाउनुपूर्व मस्यौदालाई अन्तिम रूप दिन कृष्ण सरपक्षीय प्रतिनिधिसहितको सहभागिताबाट कार्यदल पनि बनाएको थियो । कार्यदलले सबै दस्तावेजमा भएका परिमार्जन वा संशोधन प्रस्ताव वा सुझाव, जसलाई केन्द्रले स्वीकृत गरेको छ वा हाउसले पारित गरेको विषयलाई दस्तावेजमा सामेल गर्ने गरी अन्तिम रूप दिएर प्रेसमा पठाएको थियो । महाधिवेशनका दस्तावेज प्रकाशन भएर आएपछि अनाधीकृत संशोधन गरिएको भन्ने प्रश्न उठेपछि त्यसबारेमा छानबिन गर्न एउटा आयोग बनेको थियो । त्यही आयोगले का. कृष्ण पौडेलसहितको उपस्थिति रहेको बैठकमा सामान्य प्रुफबाहेक अन्य कुरामा संशोधन नभएको प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसमा स्वयम् कृष्ण सरको पनि मन्जुरी थियो । कुनै फरकमत प्रस्तुत भएको थिएन ।

फरक वा भिन्न विचार राखेका कारण नेतृत्वले कारवाही गर्ने गरेको भ्रमलाई लगातार तीव्रता दिने काम भइरहेको छ । कृष्ण सरले पनि आफ्नो अन्तर्वार्तामा त्यो सिलसिलालाई निरन्तरता दिनुभएको छ । पार्टीभित्र फरक वा भिन्नमत राखेका कारणले होइन, विधान, परम्परा, प्रथा पार्टीको निर्णय पद्धतिले नगर्नू भनेको काम गरेमा वा गर्नु भनेको काम नगरेमा कारबाही हुने गर्दछ । त्यो दुनियाँभरिका सबै राजनीतिक दल, समूह, सङ्गठनले गर्ने गर्दछन् । अनुशासनविहीनतालाई फरक वा भिन्नमतको च्यादर ओढाएर न्यायोचित ठह¥याउने कार्य नै गलत छ । यदि कुनै सदस्यले भिन्नमत राखेका कारण त्यो सदस्य विधान, नियम, पद्धति, परम्पराभन्दा माथि हुने र निजले गर्ने अनुशासनविहीनतालाई उन्मुक्ति दिन मिल्दैन ।

का. कृष्ण पौडेलजीको उदाहरण स्वयम् हाम्रो अगाडि छ । उहाँले आफैले दुई वर्षसम्म केन्द्रीय समितिमा थुनिएर बसेको अन्तर्वार्तामा बताउनुभएको छ । त्यस दौरान उहाँले लगातार बैठकमा आफ्ना विचार उठाउँदै आएको, पार्टीमा सङ्घर्ष गर्दै आएको पनि बताउनुभएको छ । यदि पार्टीले भिन्न विचार उठाएको वा प्रस्तुत गरेको आधारमा कारबाही गर्ने भए त सुरुमा नै गर्दथ्यो । दुई वर्षसम्म उहाँले स्वीकार गरेजस्तै केन्द्रीय समितिमा कसरी बस्न सक्नुहुन्थ्यो ? उहाँलाई आफू बसेको समिति वा त्यो समितिभन्दा माथिल्लो निकाय महाधिवेशन, राष्ट्रिय सम्मेलन, राष्ट्रिय परिषद्मा वा पार्टीले अनुमति दिएको अवस्थामा पूरै पार्टीपङ्क्तिभित्र आफ्ना विचार प्रवाहित गर्न पाउने वा ती विचारलाई पार्टीको आधिकारिक विचार बनाउन सम्बन्धित तहका सदस्य वा प्रतिनिधिको स्वीकृति लिने अधिकार तथा स्वतन्त्रता हुन्छ र छ । तर पार्टीले निर्णय गरेकोमा बाहेकका अवस्थामा ती विचारलाई आफूखुशी अनाधीकृत रूपमा पार्टीको तल्लो तहसम्म पठाउने वा सार्वजनिक गर्ने वा ती विचारका पक्षमा अनाधीकृत रूपमा भेला वा गुटबन्दी गर्ने अधिकार वा स्वतन्त्रता त उहाँलाई मात्र होइन, कसैलाई पनि छैन । कृृष्ण सरले हुँदै नभएको अधिकार प्रयोग गरेर आफ्ना विचार पार्टीमा प्रवाहित गर्ने, ती विचारहरूलाई प्रकाशन गरी प्रचार प्रसार गर्नेलगायतका अनुशासनविहीन कार्य गर्नुभयो ।

उहाँलाई भएको कारबाही विचार वा मतको आधारमा होइन, अनुशासनको गम्भीर उल्लङ्घन गरेका कारण भएको हो । तर उहाँले आफ्नो अनुशासनविहीनतालई फरकमत वा विचारको आवरणमा लुकाएर न्यायोचित ठहर्याउने असफल प्रयास गरिरहनुभएको छ, जसको कुन अर्थ छैन ।

अन्तर्वार्तामा “पार्टीमा प्रस्तुत दस्तावेज पार्टीलाई जानकारी गराएर तलसम्म लगेको” स्वीकार्नुभएको छ । यस्ता कुरा जानकारी गराएर लैजान पाइँदैन, पार्टीको अनुमति वा निर्णयबाट मात्र लैजान सकिन्छ वा पाइन्छ । त्यस्तो निर्णय नभई उहाँले तलसम्म मात्र होइन, दस्तावेज नै सार्वजनिक गर्नुभयो ।

अन्तर्वार्तामा कृष्ण सरले “राजनीतिक गर्ने मान्छे त्यत्तिकै बस्न नसक्ने, नयाँ पार्टी निर्माण गर्ने” कुरा बताउनुभएको छ । उहाँले निर्माण गर्ने “नयाँ पार्टी” मा के त्यस प्रकारको छुट, स्वतन्त्रता वा अधिकार पार्टीसदस्यलाई दिन सक्नुहोला ?

राजनीतिक प्रजातन्त्रवादी पार्टीमा त्यस प्रकारको छुट हुन्छ । सामाजिक प्रजातन्त्रवादी पार्टीहरू त एक प्रकारले भन्ने हो भने गुट वा मण्डलीको महासङ्घ नै हुने गर्दछन् । नेपालको हकमा नेका, एमाले, माओवादीलगायतका पार्टी त्यसका ज्वलन्त उदाहरण हुन । कृष्ण सरले सामाजिक प्रजातन्त्रवादी प्रकारको “पार्टी” खोल्नु भयो भने त त्यस प्रकारको स्वतन्त्रता वा अधिकार पार्टी सदस्यलाई दिन सक्नुहोला । तर उहाँको दाबी त “क्रान्तिकारी” पार्टी निर्माण गर्ने छ । त्यस्तो पार्टीको सदस्यलाई त्यस प्रकारको स्वतन्त्रता दिन सक्नुहोला र ? त्यसैले उहाँलाई भएको कारबाही विचार वा मतको आधारमा होइन, अनुशासनको गम्भीर उल्लङ्घन गरेका कारण भएको हो । तर उहाँले आफ्नो अनुशासनविहीनतालई फरकमत वा विचारको आवरणमा लुकाएर न्यायोचित ठहर्याउने असफल प्रयास गरिरहनुभएको छ, जसको कुन अर्थ छैन ।

पार्टीमा हुने बारम्बारको फुटका लागि कृष्ण सरले पार्टीको मुख्य नेतृत्वलाई दोष लगाउनुभएको छ । यस्तो दोष प्रायः पार्टीबाट निस्केर जाने वा विचलित हुनेहरूले लगाउँदै आएको कुरामा हामी व्यवहारमा भुक्तभोगी छौँ । पार्टीबाट अलग भइसकेपछि फुटेर जानेहरूले अपनाएको गलत तथा गैरक्रान्तिकारी राजनीतिका सम्बन्धमा कोही अनभिज्ञ छैन । कतिपयले त कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेर वर्ग विरोधी, अझ त्यसमा पनि विखण्डनकारीको क्याम्पमा पनि पुगेका छन । पार्टीफुट वा एकीकरणको सैद्धान्तिक वा विश्व अनुभवको पक्षलाई हेर्दा माक्र्स, लेनिन, माओको कालमा कैयौँ प्रकारले पार्टीफुटका घटना भएको पाइन्छन् । फुटहरू अप्रिय राजनीतिक घटना भए पनि हामीले मुख्यतया ध्यान दिने कुरा भनेको ती फुट केका लागि भएका थिए ?

लेनिनको कार्यकालमा बोल्सेभिक र मेन्सेभिकको बिच पार्टीफुट भयो । केही वर्षपछि पुनः एकीकरण पनि भयो । एकीकृत पार्टीमा रहेका विभिन्न गुटलाई लेनिनले पुनः पार्टीबाट निस्कासित गरे, जसले पार्टीमा फुटको स्थिति पैदा भयो । यी फुटहरू त लेनिनकै पालामा भएका हुन् । त्यसका लागि हामीले लेनिनलाई दोषी बनाउन मिल्छ कि मिल्दैन ? ती फुटमा लेनिनको पक्षको भूमिका गैरक्रान्तिकारी थियो । क्रान्तिलाई अगाडि बढाउन वा माक्र्सवादको रक्षाका लागि ती फुट तत्कालीन अवस्थाको ऐतिहासिक उपज थियो । त्यसैले पार्टीफुटप्रति द्वन्दवादी दृष्टिकोण अपनाउन सके मात्रसही निष्कर्षमा पुग्न सक्ने छौँ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत कैयौँ पटक फुट हुने गरेका छन् । सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनमा ख्रुस्चेभले शान्तिपूर्ण सङ्क्रमणको आधुनिक संशोधनवादीको बाटो समातेपछि त्यसका विरुद्ध माओले क्रान्तिकारी सिद्धान्तको रक्षाका लागि विद्रोहको झन्डा उठाएका थिए । त्यसको परिणाम के भयो ? रुस र चीन दुई राष्ट्रमाझको आपसी सम्बन्धमा कटुता पैदा भयो । रुसले चीनलाई गर्दे आएको कैयौँ सहयोग रोक्यो । चीनमा कार्यरत विभिन्न विज्ञताप्राप्त रुसीलाई रुस सरकारले चीनबाट फिर्ता बोलायो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन दुई धारमा विभाजित भयो । त्यसको असर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि प¥यो । फुट त भयो, अप्रिय घट्ना नै थियो । तर त्यो फुटलाई कसरी हेर्ने ? त्यसको दोष माओलाई दिन मिल्छ त ? मिल्दैन । त्यसको निक्र्याेल भनेको माओले उठाएको विद्रोको झन्डा वा ख्रुस्चेभले प्रस्तुत गरेको शान्तिपूर्ण सङ्क्रमणको नीतिमध्ये कसलाई ठिक मान्ने ? यदि त्यो फुटलाई गलत मान्ने वा त्यसको दोष माओलाई दिने हो भने हामीलाई सशस्त्र सङ्घर्षको अनिवार्यतालाई अस्वीकार गर्ने विन्दुमा पुर्याइदिन्छ । त्यो विन्दुमा पुगेपछि क्रान्तिकारी र संशोधनवादीका बिच कुनै अन्तर बाँकी रहँदैन ।

का. रामसिंहले पार्टीफुटका लागि मोहनविक्रम सिंहलाई दोषी वा आरोपित गर्नुहुन्थ्यो । का. रामसिंहले सिद्धान्त र राजनीतिमा सम्झौता गर्दागर्दै पनि उहाँले बनाएको एकीकृत नामको पार्टी कति पटक टुक्रियो ? हामी सबैलाई थाहा नभएको कुरा होइन ।

संसदीय व्यवस्थामा शान्तिपूर्ण जनसङ्घर्षबाट वा संसदमा बहुमत ल्याएर नयाँ जनवाद स्थापना हुन सक्दछ भन्ने मान्यतामा पार्टीलाई विश्वास छैन । सशस्त्र सङ्घर्ष तथा सर्वहारा वर्गको अधिनायकत्वको अनिवार्यतालाई पार्टीले स्वीकार गर्दछ । त्यसलाई अस्वीकार गरेको छैन । नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्न वर्तमान अवस्थामा सही कार्यनीति अपनाउनुपर्दछ । त्यसबाट पार्टीले आफ्नो ध्यान हटाएको पनि छैन ।

कृष्ण सरले पार्टीले दक्षिणपन्थी संसदीय कार्यदिशा अपनाएको आरोप लगाउनुभएको छ । त्यो आरोपमा पनि कुनै सत्यता छैन । पार्टीको आम कार्यदिशा नयाँ जनवादी क्रान्ति नै हो र हुनुपर्दछ । वर्तमान चरणमा सङ्घर्षको स्वरूप के हुने ? शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष ? त्यसबारेमा कृष्ण सरपक्षीय समूहले समेत अहिले सङ्घर्षको प्रधानस्वरूप सशस्त्र सङ्घर्ष हो भन्न सक्नुभएको छैन । अहिले सङ्घर्षको प्रधान स्वरूप शान्तिपूर्ण जनसङ्घर्ष नै हो । त्यस्तो अवस्थामा शान्तिपूर्ण आन्दोलनमा के गरी बल पुग्छ ? त्यसको आधारमा आवश्यकतानुसार संसदीय वा स्थानीय चुनावको उपयोग वा बहिष्कारको नीति पार्टीले अपनाएको छ । संसदीय व्यवस्थामा शान्तिपूर्ण जनसङ्घर्षबाट वा संसदमा बहुमत ल्याएर नयाँ जनवाद स्थापना हुन सक्दछ भन्ने मान्यतामा पार्टीलाई विश्वास छैन । सशस्त्र सङ्घर्ष तथा सर्वहारा वर्गको अधिनायकत्वको अनिवार्यतालाई पार्टीले स्वीकार गर्दछ । त्यसलाई अस्वीकार गरेको छैन । नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्न वर्तमान अवस्थामा सही कार्यनीति अपनाउनुपर्दछ । त्यसबाट पार्टीले आफ्नो ध्यान हटाएको पनि छैन ।

नयाँ जनवादी क्रान्ति पार्टीको रणनीति हो । त्यसको पक्षमा आधार तयार पार्नु भनेको वाम सङ्कीर्णतावादीले जस्तो रणनीतिलाई कार्यनीति बनाउनु पनि होइन । तत्काल जनगणतन्त्रमा जान नसकिने हाम्रो मुलुक धरातलीय यथार्थलाई ध्यानमा राख्दै कार्यनीतिक रूपले मात्र हामीले वर्तमान बुर्जुवा गणतन्त्रलाई स्वीकार गरेका छौँ । कार्यनीतिक रूपले बुर्जुवा गणतन्त्रलाई स्वीकार गर्नु संसदवादी कार्यदिशा कसरी हुन्छ ? यसलाई संसदवादी कार्यदिशा बताएर सामन्तवादी, फासीवादी कोणबाट वर्तमान उपलब्धिमाथि हुने प्रहारप्रति उपेक्षाको नीति अपनाउनु हो । त्यस प्रकारको नीतिले न जनगणतन्त्र जान सकिने छ । वर्तमान उपलब्धिको रक्षा नै हुने परिणाम प्रतिगमनको सेवा हुने छ । त्यसैले कार्यनीतिक रूपले बुर्जुवा गणतन्त्रलाई समर्थन गर्नु संशोधनवादी नीति नभएर क्रान्तिको आधार तयार पार्न अपनाएको क्रान्तिकारी नीति नै हो ।

पार्टीनेतृत्वप्रति घृणा द्वैष फैलाउने, गालीगलौज गर्ने परम्परालाई अगाडि बढाउने गलत कार्यबाट कृष्ण सर पनि अछुतो रहन सक्नुभएन । अन्तर्वार्तामा मोहनविक्रम सिंह “सामन्ती परिवार” बाट आएका कारण उहाँमा “सामन्तवादी प्रवृत्ति” छ, जसले बारम्बार पार्टीफुट भइरहन्छ भनेर पार्टी नेतृत्वप्रति द्वैष, घृणा र भ्रम फैलाउन खोज्नुभएको छ । त्यसबारे पनि केही स्पष्टताको आवश्यकता छ ।

‘हामी अरू जस्तै पार्टी छोडेर वा फुटाएर बेग्लै पार्टी बनाएर वा अन्य वामदलमा विलीन हुन्नौँ’ भन्दै आउनु भएको थियो । तर कृष्ण सर ! आखिर “खास्टोले छोपेको बिरालोले म्याउँ गरिछोड्यो” ।

माक्र्सवादी दर्शन सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । तर कोही सर्वहारा हुँदैमा त्यो स्वतः माक्र्सवादी हुँदैन । माक्र्सवादी सिद्धान्तका आधारमा कुनै पनि वर्गको विश्वदृष्टिकोण कम्युनिस्टको अर्थात् माक्र्सवादी बन्न सक्दछ । सर्वहारा वर्ग वा अन्य वर्गलाई माक्र्सवादी सिद्धान्तमा प्रशिक्षित गरेर उसको विश्वदृष्टिकोण परिवर्तन गर्न सकिन्छ । यदि सर्वहारा वर्गबाहेककाले कम्युनिस्ट पार्टीको नेतृत्व गर्न सक्दैन भन्ने सोचाइ राख्ने हो भने कार्ल माक्र्स, लेनिन, एङ्गेल्स बुर्जुवा, धनीवर्गबाट आएका थिए । माओले निम्नमध्यम किसान परिवारमा जन्म लिए पनि पछि उनको परिवार धनी किसानमा परिणत भएको थियो । स्टालिन मात्र विशुद्ध मजदुर परिवारबाट आएका थिए । कार्ल माक्र्स र एङ्गेल्सले बुर्जुवा वा धनीवर्गमा जन्मेहुर्के पनि माक्र्सवादको निर्माण त्यसको विकास र रक्षाका लागि खेलेको भूमिका र लेनिन पनि बुर्जुवा परिवारबाट आए पनि माक्र्सवादलाई साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा थप विकसित गर्दै त्यसको रुसी भूमिमा सफलतापूर्वक प्रयोग र कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका खेल्नुभयो । योबाट प्रष्ट हुन्छ, मान्छे कुन वर्गबाट आएको छ भन्दा पनि सर्वहारा दृष्टिकोणबाट ऊ कति दिक्षित तथा त्यसप्रति कति समर्पित छ भन्ने कुराले अर्थ राख्दछ ।

लगातार कृष्ण सरले भन्दै र जोड दिदै आएको कुरा यहाँ प्रस्तुत गरेर लेख टुङ्ग्याउन चाहन्छु । ‘हामी अरू जस्तै पार्टी छोडेर वा फुटाएर बेग्लै पार्टी बनाएर वा अन्य वामदलमा विलीन हुन्नौँ’ भन्दै आउनु भएको थियो । तर कृष्ण सर ! आखिर “खास्टोले छोपेको बिरालोले म्याउँ गरिछोड्यो” । अन्तर्वार्तामा नयाँ पार्टी बनाएर जाने घोषणा त गरिहाल्नुभयो, पार्टी फुटाएर नयाँ पार्टी खोल्न नपाएको कारण नै तपाईंले आफू दुई वर्ष थुनिनुपरेको आक्रोश पोखेको जोसुकैले बुझेका छन् । पार्टी फुटाएर बेग्लै पार्टी बनाउनका लागि नै तपाईंहरूले लगातार फुटपरस्त गतिविधि सञ्चालन गर्नुका साथै पार्टीको अनुशासनलाई खुल्ला तथा छद्म रूपले उल्लङ्घन गर्नेहरूको पक्ष लिने तथा त्यस्तालाई पार्टी पुनस्र्थापित गर्ने र त्यसबाट झन् अराजकताको स्थिति पैदा गराउन तपाईंले लगातार चिनियाँ कम्युनिस्ट पार्टीमा चाउएन लाईले खेलेको भूमिका खेलिरहनुभयो । सधैँ चाउएन लाईको भूमिकामा रहेर पार्टी लगातार फुटका लागि वातावरण बनाउने कार्य गर्नुभयो । तपार्इंले “तिर्खा लाग्यो भन्दै हुनुहुन्थ्यो तर खाँदै हुनुहन्थ्यो सातु” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *