का.माओले सृजेको चीन र वर्तमान

  •   
  •  
  •  
  •  
  •  
  •  

911 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

रुस, क्यानाडा, अमेरीका पछि विश्वको चौथो ठुलो देश चीन जसले विश्वमा ९६,४१,१४ बर्ग किलोमिटर भूमि ओगटेको छ । उत्तरबाट दक्षिण तर्फ रुस, मंगोलिया, उत्तर कोरीया, वियतनाम, लाओस, मैनमार, भारत, भुटान, नेपाल, अफगानिस्तान, ताजिकिस्तान, किर्गिस्तान र कजाखिस्तान । उत्तर–पूर्वमा जापान र दक्षिण कोरिया लगायतका देशहरुको छिमेकि देश चीनले आज संसारलाई हल्लाएको छ ।

सबै भन्दा पुरानो यहाँको शिया राजबशं, सुई राजबशं पछि तंग राजबशं १२७१ मा, मंगोल १३६८ मा, मिगं राजबंश १६६४ सम्म राजगरेको भन्निन्छ । मञ्चुहरुले पनि १९११ सम्म राज गरे । देशमा बिकाश भएन शासकहरुको हालि मोहालीमा र ऐयासिको परिणाम देश जापानि साम्राज्यावादको उपनेबेसिक र अतिक्रमणमा दाबियो ।

यति ठुलो देशमा पनि एकात्मक शासन प्रणालीद्वारा क्रान्ति पछि देशलाई सम्पन्न र शक्तिशालि बनाईयो । यद्धापि क.माओको निधन पछि देशले समाजवादी बाटो छोप्न सकिन र उनको निधन लगतै त्यहाँ प्रतिक्रान्ति भयो । माओको सपना देशलाई समाजवाद र सम्यवादमा पुराउँने थियो । तर बिस्तारै देशले साम्राज्यावादी बाटो छोप्दै गयो ।

तर पनि देशले आर्थिक उन्नति गर्दै गयो टेक्नोलोजिको क्षेत्रमा उत्पादनले विश्वलाई चकित पार्यो । चीन अहिले विश्वको शक्तिशाली देशको दर्जामा पुगेको छ । चाईनिज प्रोडक्शले आज विश्व बजारको रुप लिएको छ । देशमा यसरी बिकाश हुनुमा कामरेड माओको नै योगदान मान्नु पर्छ । उनले हिम्मत नदेखाएको भए चीन आज कतै जापानको शहर बन्थ्यो कि, तर का.माओले देशमा नयाँ जनवादी ब्यबस्था ल्याईदिएकाले देशको चौतर्फिय बिकाश हुन पुग्यो ।

संसार भरीलाई अध्ययन गर्दा १८औँ शताब्दि पछिको ईतिहासलाई मुल्यांकन गर्दा १८४८ मा कम्युनिष्ट पार्टिको घोषणा–पत्र प्रकाशित भएपछि त्यो बर्गसंघर्षको फार्मुला विस्व ब्यापि रुपमा फैलियो र संसारमा एकप्रकारको उथल पुथल मचियो । जर्मन, फ्रान्स, ल्यालटिन अमेरिका आदि देशहरुमा यसले ठुलो प्रभाव पार्यो तर रुसमा का.ब्लादिमिर ईल्याईच उल्यानोवले त्यो माक्र्सवादी फार्मुला (शिद्धान्त)लाई ब्यबहारिक रुपमा नै पुष्टी गरेर देखाए पछि झन संसारका मजदुर, शोषित पिडित बर्ग वा मुक्तिकामि जनताले आफ्नो मूल बाटो माने । विश्वमा बर्गसंघर्षको आस्था पलायो । गरिब वर्गहरुले त्यो हथियारलाई आफ्नो हक हितको रक्षाको लागि राष्ट्रियता र जनतन्त्रको लागि मुक्तिकामिहरुले स्वतन्त्रताको लागि अपनाए । रुसमा सम्पन्न भएको १९१७ को महान समाजवादी क्रान्तिले गर्दा त्यो देशको बिकाश नागरिकको रक्षा शुरक्षा र गास बास कपासको ज्ञारन्टीले गर्दा कमेरा बर्गलाई प्रेरित गर्यो ।

यहि समाजवादी क्रान्तिले चिनियाँ जनतालाई पनि प्रेणा दियो, जो जापानिहरुको अतिक्रमणमा परेका र देशिय सामन्तवादहरुको दमनमा थिए । उनीहरुमा रुसको क्रान्तिले झकझोर पार्याे । उनीहरुले बिदेशी अतिक्रमण र सामन्ति दमनबाट उम्किन बर्ग संघर्षको हथियारलाई नै रोजे ।
चिनिया क्रान्तिका दुत १८९३ दिसमबर २६ मा जन्मियका माओ त्सेतुङ्ग बने । उनले साम्राज्यावादी उपनेबेश र सामन्ति उत्पिडनलाई खतम पार्ने योजना विद्यार्थी कालदेखि नै सुरु गरे । उनले भन्छन् “क्रान्ति गर्नुछ भने क्रान्तिकारी बाटो छोपे कै हुँनुपर्छ” त्यस्तै उनको ब्यबहारले पनि उक्त भनाईलाई पुष्टि गरेको छ ।

हुनान प्रान्तको शाओसान भन्ने एउटा गाउँमा गरीब किसान परिवारमा जन्मेका माओलाई आफ्नो बाले एउटा सफल हाकिम भएको देख्न चाहान्थे, उस्तै आमाले आफ्नो छोरालाई बुद्धको अनुवाई भए हुन्थ्यो भन्थिन् । तर त्यो बेलाको चीनको अबस्थाले माओलाई क्रान्तिकारी बनायो । हामीले जस्तो सोच्छौं त्यो बेलाको परिस्थितिले पनि निर्धाति गर्ने गर्छ । देशको जरजर अबस्थामा आफ्नो शुरक्षा महशुस गर्नु पनि मुर्खता नै हो । यदि देश नै नरहे आफु कसरी शुरक्षित हुन्छौँ ? चीनको त्यो बेलाको अबस्थाले माओलाई सोंच्न बाध्य बनायो । त्यो बेला डा.सनयात सैनको नेतृत्वमा राष्ट्रिय स्तरको संघर्ष उठिरहेको थियो । सन १९११ को क्रान्तिकारी घटना सन १९१९ में ४ को आन्दोलनका घटनाहरुले चिनियाँ युवाहरुमा आपार देशभक्तिका भावना जगायो । उनीहरुमा प्रजातान्त्रिक भावना जगायो । युवा विद्यार्थी माओ पनि उक्त घटनाबाट अछुतो रहन सकेनन् ।

उनले त्यो बेलाको कन्फुशियस पाठ्याक्रमलाई रुचाउँदैनथे र उनी आफ्नो चाहाना अनुसारको पढाईका लागि शहर जाने निर्णय गरे । शहरमा उनी बिभिन्न खाले क्रातिकारी गुप्त संगठनहरुको सम्पर्कमा रहेर अध्यायन गर्न थाले । उनले चिनियाँ समाजलाई नयाँ बाटोमा डोराउँन चाहान्थे । तर त्यसका लागि सनयात सेनका बिचारहरु प्रायप्त छैनन् भन्ने कुराको निष्कर्षमा पुगे । माओलाई आफ्नो आमा र बाबाको भन्दा देशको र लाखौँ करोडौं आफुजस्तै जनता किसान मजदुरहरुको चीन्ता थियो । जो त्यहाँका जनताले दिउसोमा देखेको सपना थियो ।

का.माओले आफु जस्तै थुप्रै सहयोगिहरुसँग मिलेर सन १९२१ मा युवा अबस्था करिव २८ बर्षको छँदा नै चिनिया कम्युनिष्ट पार्टीको एउटा सस्थापक मध्यका बने । उनलाई हुँनान् प्रान्तमै पार्टिले खटायो ।

किसानहरुलाई मजदुर वर्गको सहयोगी न बनाउँदै चिनियाँ समाजलाई परिवर्तनको बाटोमा डोराउन कठिन महशुस गरे पछि उनले भने “चिनिया समाजका आफ्नै बिशेषताहरु छन्, तसर्थ मजदुरहरुको क्रान्तिद्वारा साम्राज्यावादी चङ्गुलबाट मुक्तगर्न सकिन्छ भन्नु भन्दा पनि अधिकांस शोषित पिडित किसान मजदुरलाई जगाएर बर्ग चेतना दिएर मजदुर किसानको एकताका आधारमा दिर्घाकालिन सशस्त्र संघर्षद्वारा कृषि क्रान्ति सम्पन्न पार्नु पर्दछ । यहि बाटोबाट हामीहरु समाजवादमा पुग्न सक्दछौँ ।” चुनयी सम्मेलनले माओका बिचार र बर्ग दिशालाई स्वीकार गर्दै उनलाई पार्टीको नेता छान्यो ।

माओले च्याङकाई सेकको गलत धारणालाई वा नीतिको कडा आलोचना गरे उनले अन्य अवसरवाद र शंसोधनवादी बिचारधाराको ब्यापक भण्डाफोर गरेर पार्टीलाई नयाँ र माक्र्सवाद–लेनिनवादी बाटोमा डोराउन सफल भए । तर उनले जापानी साम्राज्यावादको बिरुद्धमा राष्ट्रिय हितका लागि च्याङकाई सेकसँग पनि संयुक्त मोर्चाको कार्यादिशा अपनाएका थिए । तर पनि च्याङकाई सेकले माओका बिचारलाई मानेन, जनतामा ब्यापक राष्ट्रिय प्रेमी बिचारधाराले च्याङकाई सेकका गलत नीतिले गर्दा देश साम्राज्यावादको गुलाम बन्न सक्ने कुरामा सचेत पार्दै गए । परिणाम च्याङकाई सेक जनताबाट एकलियो भने माओका सहि बिचारधाराले जनताको ब्यापक समर्थन पायो र पार्टिले बिजय हासिल गर्दै गयो ।

सन १९४० मा उनले नौलो जनवादको रेखांकित गरे, उनले एउटा पुस्तक लेखेर यो पुष्तकमा उनले “अन्तरबिरोधको दार्शनिक ब्याख्या गर्दै जनताका बिचका अन्तरबिरोध र वैरीसँगको अन्तर बिरोधलाई छुट्टाएर समाधान गर्नु पर्ने बताए ।

उनको बिचारमा त्यो बेलाको अबस्थानुसार त्यहाँ समाजवादी क्रान्ति गर्न सम्भव थिएन र समाजवादी क्रान्ति गर्न कै लागि नौलो जनवादी क्रान्ती सम्पन्न (मुलतः कृषि क्रान्ती) गर्नु पर्ने बताए । उनले नौलो जनवादी क्रान्तिको बाटोबाट नै चिनियाँ समाजलाई समाजवाद तर्फ डोराउँन सकिन्छ भनेर नयाँ जनवादी ब्यबस्थाको बारेमा खाका तैयार पारेका थिए । आफ्नो जनयुद्धलाई नौलो जनवादी क्रान्ति तिर लक्षित पारेर सुरु गरेका थिए ।

माक्र्सवाद–लेनिनवाद अन्तरगत रहेर नयाँ जनवादी क्रान्तिबाट नै चिनियाँ समाजलाई समाजवाद तीर तान्न सकिन्छ भन्दै न्युनतम् लक्ष्य नयाँ जनवाद र अधिकतम समाजवाद र साम्यवादलाई बनाए । उनले त्यहि मार्गबाट लामो र दिर्घाकालिन शसस्त्र जनयुद्धबाट चिनियाँ कम्युनिष्ट पार्टिले लामो सयमसम्म संघर्ष गरेपछि सन १९४९ मा साम्राज्यावाद र देशिय सामन्तवादको बिरुद्धमा विजय हासिल गरे र नयाँ चीनको निर्माण गरेका थिए ।

का.माओ त्सेतुङ्गले युद्धकालमा जनतासँगको आफ्ना नेता र कार्यकर्ताको ब्यबहार अत्यान्तै बिनम्र र दुश्मनहरुका बिरुद्ध कडा सम्झौता हिन संघर्षको हुनुपर्छ भनेका थिए । त्यस्तै आठोटा नियमहरु पनि ब्यबहारमा लागु गर्न अरायका छन् ।

१. घरबाट हिंड्दा ढोकाहरु जस्ताको त्यस्तै मिलाई देउ ।
२. आफु सुतेको गुन्द्रि बेरेर फिर्ता देउ ।
३. मानिसहरुसँग दयालु र बिनम्र ब्यबहार गर र आफुले सकेको बेलामा उनको मदत गर ।
४. पैँचो लिएका सबै सरसमान फिर्ता गर ।
५. कतिपय अबस्थामा आफुबाट अन्जानमा बिग्रिएका भत्किएका सबै चिच दुरुस्तै पार
६. किसानहरुसँग लिएका सबै सरसमानमा लेनदेनका ब्यबहारमा ईमान्दार हउ ।
७. किनेका सबै समानको सुपथ मुल्य तिर, बल जफ्ति एउटा सियो समेत नेलेउ ।
८. सरसफाईमा ध्यान देउ खासगरी चर्पिहरु मानिसहरु घरदेखि टाडा राख, महिलाहरुसँग छाडा ब्यबहार नगर । आदी अनुसाशनका नियमहरुलाई ब्यबहारमा उतार्नै पर्ने बताएका थिए ।

हालाकी जनवादी क्रान्ति पछि बिभिन्न घरेलु समस्याले गर्दा क. माओले सन १९६६ मा साँस्कृतिक क्रान्ति शुरु गर्नु पर्याे । जो उनको मृत्यु ९ सेप्टेमवर सन १९७६ सम्म चल्यो ।

भन्निन्छ “उहि तरवार, सहि मानिसको हातमा छ भने उसको भर हुन्छ गलत मानिसको हातमा त्यहि तलवार गयो भने त्यसको डर हुन्छ ।” त्यस्तै माओको निधन पछि सत्ता मौका प्रस्तहरुको हातमा गयो र त्यहाँ पनि प्रतिक्रान्ति भयो । परिणाम कयौँ क्रान्तिकारीहरुलाई झेलमा थुनियो ।

आज त्यो चीनले पुँजिवादी बिकास पछि समाजवादी बाटो छोप्नु पर्नेमा साम्राज्यावादी बाटो पहिलाउँदै जाँदा संसार भरीका क्रान्तिकारीहरुलाई दुःख लाग्नु स्वाभाबिक नै हो । तर चीनले जुन सुकै बाटो छोपे पनि का. माओका बिचारधाराको हर्ष हुँने छैन अजय रहनेछ । लाखौँ करोडौं कमेरा बर्गले उनीबाट सदै प्रेणालिने छन् । यहि उनको लागि सच्चा श्रद्धाञ्जली पनि हुनेछ ।
१५ डिसेम्बर २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *