का. शिवरामप्रति हार्दिक श्रद्धांजली

  •   
  •  
  •  
  •  
  •  
  •  

170 जनाले पढ्नु भयो ।

भारतीय कम्यूनिष्ट पार्टी (माले) रेड स्टारका पोलिट ब्युरो सदस्य तथा पुर्बी भारत राज्य कमिटीका सेक्रेटरी का. शिवरामको कोरोना संक्रमणबाट दुखद निधन भएको छ ।

३ मई २०२१ का दिनदेखि वहाँ भुवनेश्वरको किम्स हस्पिटलमा भर्ती हुनुहुन्थ्यो । २५ दिनसम्म कोरोनाका कारणले अस्पतालको आईसियुमा भेन्टीलेटरको सहारा जीवन मरणको संघर्ष गरिरहुनभएको थियो । का. शिवरामको २८ मई २०२१ को राती ११ः२० बजे मृत्युभएको पार्टीबाट जानकारी दिएको छ ।

का. शिवरामले लामो समयदेखि शोषित–पिडितका पक्षमा लामो समयदेखि संघर्षरत थिए । पूर्वी भारत राज्यको उडीसा र झारखण्डलाई कर्मभूमि बनाई काम गर्नुहुने मजदुर का. शिवरामले मजदुरहरुको हकहित तथा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयसँग सम्बन्धित संयुक्त आन्दोलनमा सक्रिय सहभागि र भूमिका खेल्दै आउनु भएको थियो । का. शिवरामको दुःखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले शोक समवेदना प्रकट गर्नुभएको छ । साथै का. शिवरामको निधनले श्रमजिवी जनताको पक्षमा चल्ने आन्दोलनलाई ठूलो धक्का पुगेको बताउनु भएको छ । यो अवस्थामा वहाँको पार्टी लगायत परिवारजनमा पर्न गएको शोकलाई क्रान्तिकारी भावनामा बदल्दै कम्युनिष्ट भविष्यको दिशामा अगाडि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

भाकपा (माले) रेड स्टारका पिविएमको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *