कुखुराको आक्रमणबाट प्रहरीको मृत्यु

काठमाडौं । फिलिपिन्समा कुखुराको आक्रमणबाट एक प्रहरीको मृत्यु भएको छ । अवैध भाले जुधाइ प्रतियोगिता भइरहेका बेला छापा मार्न पुगेको प्रहरीलाई भालेले आक्रमण गर्दा प्रहरी क्रिस्टिन बोलोकको मृत्यु भएको हो ।

भालेको खुट्टामा धारिलो ब्लेड जोडिएकाले उक्त ब्लेडले क्रिस्टिन गम्भीर घाइते भएका थिए। तिघ्राको नसामा चोट लाग्दा अत्यधिक रक्तश्राव भएको थियो।

फिलिपिन्सको उत्तरी सामर प्रान्तमा अवैध रुपमा ‘भाले जुधाई’ खेलको आयोजना गरिएको थियो। प्रहरीले छापा मार्दा त्यहाँ भालेहरु जुधिरहेका थिए ।

अवैध रुपमा भाले जुधाईको आयोजना गर्नेहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार