कुवेतमा नेपाली युवाको हृदयघातबाट मृत्यु

खुम रायामाझी, कुवेत ।

कुवेतमा एक नेपाली युवा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका छन् । तनहुँ जिल्ला स्थायी घर भएका बिष्णु बिश्वकर्मा (सुनार) गत कात्तिक २५ गते (नोभेम्बर १० तारिख) मंगलबार दिउँसो सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको मृतकका साथी तथा लोकपप गायक बिबी मल्लले जानकारी दिनु भएको छ।

मल्लका अनुसार सुनार राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष साथै विभिन्न संस्थाहरुमा क्रियाशिल रहेका व्यक्ति हुन् । ३४ वषीय सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा कार्यरत रहेका थिए ।

हामीलाई प्राप्त जानकारी अनुसार मृतक बिष्णु बिश्वकर्मा कात्तिक २४ गते सोमबार बेलुका फर्वानिया भन्ने स्थानमा साथीको कोठामा गएर वास बसेको र अर्को दिन मध्यान्ह १२ बजे त्यहि कोठामा मृत अवस्थामा भेटिएका थिए ।

उनको मृत्युको कारण हृदयघातबाट भएको अस्पतालले पुष्टि गरिसकेको छ । मृतक बिष्णुका श्रीमतीसहित १ छोरा १ छोरी र निजकी आमा तनहुँको शुक्लागण्डकी नगरपालिका खैरेनीटारमा बसोवास गर्दै आइरहेका छन् भने उनका बुवाको १ वर्ष पहिला निधन भएको मल्लले वताउनुभयो ।

घटना बारे कुवेतस्थित नेपाली राजदूतावासले कानुनी प्रक्रिया शुरु गरेको र परिवारसँग समन्वय गरेर मृतकको शव छिट्टै नेपाल पठाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार