केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाबाट निधन

नयाँ दिल्ली । केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ । बुधवार, उनले ६५ वर्षको उमेरमा नयाँ दिल्ली स्थित एमस अस्पतालमा अन्तिम सास लिएका हुन् । केही दिन अघि उनी कोरोना संक्रमित भएका थिए ।

उनले ट्वीट गरेर भनेका थिए, आज, “अनुसन्धानले कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको छ । मेरो अवस्था ठीक छ । डाक्टरहरूको सल्लाह लिदै गत केही दिनमा मसँग सम्पर्क राखेका सबै व्यक्तिहरूलाई उनीहरूको स्वास्थ्यमा ध्यान दिन र कुनै लक्ष्ण देखाप¥यो भने जाँच्न म अनुरोध गर्दछु ।”

हालसम्म भारतमा कोरोना केसहरू बढ्दो छ । बुधबार, यहाँ ८३,३४७ नयाँ संक्रमित भेटिएका छन् । यसरी देशमा संक्रमितहरुको कुल संख्या ५६ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार