केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष राणा पत्नी शोकमा

413 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बिक्रम सिंह राणा पत्नी शोकमा पर्नु भएको छ । राणाकी धर्म पत्नी बसुन्धरा रानी राणाको डेंगू विमारीका कारण निधन भएको विक्रमसिंह राणाले जानकारी दिनुभएको छ ।

यसै बीच महासचिव ठाकुर खनालले केन्द्रीय समितिको तर्फबाट बसुन्धरा रानी राणाप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको साथै राणा परिवारमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

खनालले लेख्नुभएको छ :

“२१ अक्टोबर २०२१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बिक्रम सिंहराणाकी धर्मपत्नी बसुन्धरा रानी राणाको ५६ वर्षको उमेरमा भएको दुःखद निधनले अत्यन्तै मर्माहत बनाएको छ । मूल प्रभाव अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति वसुन्धरा रानी राणाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल राणा परिवार र सम्पूर्ण परिजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।”

अन्तिम दाहसंस्कार

बसुन्धरा रानी राणाको २२ नोभेम्बरका दिन करनाल दयानन्द कलोनी मडलटाउनस्थित शिवपुरी शमसान भूमिमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार पूर्व मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले संगठनको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो ।

राणा निवास स्थानबाट शिवपुरी समशान भूमिसम्म शव यात्रा गरिएको थियो । शव यात्रामा पश्चिमोत्तर क्षेत्रीय समितिका कोषाध्यक्ष तिलक पाण्डे, करनाल नगर समितिका अध्यक्ष रामबहादुर विक लगायत एकता समाजका नेता कार्यकर्ताहरु र राणाका आफन्तजनको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *